पत्रकार महासंघ म्याग्दीको साताैँ साधारण सभा, सबैको सहकार्यले विकास सम्भव : मन्त्री पुन

आदर्श अनलाइन, म्याग्दी
गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले सबै पक्षको सहकार्यले मात्रै समाजमा सकरात्मक परिवर्तन र विकास सम्भव हुने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको सातौँ साधारणसभा तथा छैटौँ अधिवेशनको शुक्रवार बेनीमा उद्घाटन गर्दै मन्त्री पुनले सो कुरा बताउनुभएको हो । उहाँले सरकार, सरोकारवाला, सञ्चार क्षेत्र, राजनीतिक दल र नागरिक स्तरबाट समेत सकरात्मक सहकार्य र समन्वय हुन सकेमा मात्रै समाजमा सकरात्मक विकास सम्भव रहेको बताउनुभयो ।

‘‘ हामीले समृद्ध प्रदेश सुखी नागरिक बनाउन बनाउने संकल्प गरेका छौँ, त्यसका लागि आबश्यक नीति निर्माण र योजना तर्जुमा पनि भैरहेका छन्, काम गर्ने क्रममा केहि अप्ठ्याराहरु पनि छन्, तिनलाई हल गर्न सबै क्षेत्रको रचनात्मक सहकार्य जरुरीछ ’’–मन्त्री पुनले भन्नुभयो । मन्त्री पुनले गण्डकी प्रदेश सरकारले नागरिकलाई रोजगार सिर्जना गर्न र आत्मनिर्भर गराउनका लागि शिपमुलक तालिम सञ्चालन गर्न स्थानीय तहहरुलाई माग पठाउन भनिएपनि सबै स्थानीय तहबाट आवेदन संकलन र आबश्यकताको पहिचान गरि माग पठाउन ढिलाइ गरेको गुनासो गर्नुभयो ।

मन्त्री पुनले सञ्चार जगतको विकास र प्रवद्र्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै पत्रकार र सञ्चारकर्मीहरुले समेत समाजमा पार्ने प्रभाब र असरलाई मध्यनजर राखेर कलम चलाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमामा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले स्थानीय स्तरका सञ्चार माध्ययमको प्रवद्र्धन र विकासका लागि स्थानीय तहहरुले भरपुर रुपमा आफ्ना विकास र सूचनाहरुलाई स्थानीय स्तरकै सञ्चार माध्ययममा प्रकाशन तथा प्रशारण गराउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमा महासंघका गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेल , नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष रमेश पौडेल र महासंघका प्रदेश महासचिब गणेश पौडेलले म्याग्दीमा सञ्चार क्षेत्रको संस्थागत विकास र पत्रकारिताको प्रवद्र्धनका लागि स्थानीय र प्रदेश सरकारहरुले चासो दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा म्याग्दीका जिल्ला सचिब हरिकृष्ण श्रेष्ठ, कार्यालय सदस्य बालकृष्ण सुवेदी, नेपाली काँग्रेस म्याग्दीका उपसभापती माधव प्रसाद रेग्मी र राप्रपा म्याग्दीका अध्यक्ष बिरबहादुर थापाले महासंघ म्याग्दीको जग्गा प्राप्तीमा दलहरुको तर्फबाट उचित सहजीकरण गरिएकोमा जोड दिँदै भवन निर्माण योजनामा समेत आबश्यक सहकार्य गर्ने प्रद्धिवद्धता जनाउनुभएको थियो ।

कार्यक्रममा धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुन र प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले अन्य क्षेत्रको तुलनामा म्याग्दीको पत्रकारिता प्रसंसनीय र विश्वसनिय रहेकोमा जोड दिँदै पत्रकारितालाई थप बलियो, मर्यादित र प्रभाबकारी बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का, गण्डकी प्रदेश सदस्य सन्तोष गौतम, म्याग्दीकालि एफएम रेडियो व्यवस्थापन उपसमितिका संयोजक सुविन श्रेष्ठ, प्रेस संगठन म्याग्दीका संयोजक कमल खत्री, प्रेस युनियन म्याग्दीका अध्यक्ष राकेश शर्का लगायतले मन्तव्य राख्नुभएको थियो ।

महासंघका जिल्ला अध्यक्ष तारानाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ठाकुर प्रसाद आचार्यले स्वागत र सचिब गोरखनाथ सुवेदीले सञ्चालन गर्नुभएको थियो । महासंघले सो अवसरमा संस्थागत विकासमा सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको थियो भने सभामा कोषाध्यक्ष हरिकृष्ण गौतमले आर्थिक र सचिब सुवेदीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *