आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । म्याग्दीका १, कास्कीका ६, स्याङ्जाका १, तनहुँका १ र रुपन्देहीका २ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
संक्रमणबाट म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९ की ५२ वर्षीया महिला, कास्कीको पोखरा महानगर पालिका वडा नम्बर १७ का ८४ वर्षीय पुरुष, वडा नम्बर १६ की ६० वर्षीया महिला, वडा नम्बर ६ का ५२ वर्षीय पुरुष, वडा नम्बर २१ का ८० वर्षीय पुरुष, वडा नम्बर ६ की ३२ वर्षीया महिला, वडा नम्बर ८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै तनहुँको व्यास नगरपालिका वडा नम्बर १ की ५७ वर्षीया महिला, रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नम्बर ११ की ५५ वर्षीया महिला र रुपन्देही जिल्लाकै सैनामैना नगरपालिका वडा नम्बर १ का ४० वर्षीय पुरुष मृत्यु भएको बताइएको छ ।
मृत्यु भएका सबैको पोखरा स्थित विभिन्न अस्पताल तथा गण्डकीका विभिन्न जिल्लाका अस्पतालमा मृत्यु भएको निर्देशनालयले प्रेस विज्ञप्ती मार्फत जानकारी गरएको छ । यो सँगै गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या २८७ पुगेको छ ।