म्याग्दीकाे दुधे खोलामा आएको बाढीले घर र गोठ बगायो

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीकाे बेनी नगरपालिका वडा नम्बर ३ दुधेखोलामा आएको बाढीले एक घर र गोठ बगाएको छ । गय राती आएको भिषण वर्षा पछि खोलामा आएको बाढीले दुधेखोलाका स्थानीय जित रोका मगरको घर र गोठ बगाएको उद्धारमा खटिएका युवा छवि आचार्यले जानकारी दिनुभयो ।

वर्षा पछि एक्कासी खोलामा ठूलो बाढी आएको स्थानीयले बताएका छन् । राती एकबजेको समयमा खोलामा बाढी आएको स्थानीयले बताएको आचार्यले बताउनुभयो । खोलामा आएको बाढीका कारण चुत्रेनीमा म्याग्दीखोला समेत केही थुनिएको देखिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *