म्याग्दीमा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु, ३ जना बेपत्ता

आदर्श अनलाइल, म्याग्दी
म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज (मंगलबार) बिहान पहिरोले घर बगाउँदा दुुई जनाको मत्यु भएको छ । पहिरोमा परी तीन जना बेपत्ता भएका छन् ।

घामबहादुर विक र गोठे विकको घर पहिराले पुरिएको हो । घटनास्थलमा पुगेका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ ।
गोठे र उनकी श्रीमती गोरी विक पहिरोमा परेर घाइते भएका छन् ।

घमबहादुर, उनकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका छन् । स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन् ।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडेको जानकारी दिए । घटनास्थल तामिङगाउँ रुमको फेदीमा पर्छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट करिब तीन घण्टा पैदलयात्रापछि घटनास्थलमा पुग्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *