म्याग्दीमा ८ महिनामा आउनेभन्दा जाने धेरै

अमृत बास्कुने, म्याग्दी
चालु आर्थिक वर्षको पछिल्लो आठ महिनाको अवधिमा बेनी नगरपालिका क्षेत्रबाट बसाइ सरेर आउनेभन्दा जानेको संख्या बढी देखिएको छ ।

बेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धोलकराज ढकालका अनुसार दुई सय ४२ जनाले बसाइ सरेर बेनी छाड्दै गर्दा एक सय ३२ जना मात्रै बेनी नगरपालिका भित्र बसाइ सरेर आएका छन् । बेनी नगरपालिका क्षेत्र भित्रको घटनादर्ताको तथ्याङ्क बारेमा जानकारी गराउँदै उहाँले भन्नुभयो पछिल्लो ८ महिनाको अवधिमा दुई सय ४७ ले नगरपालिका भित्र विवाह गरेका छन् । एक सय ८४ जनाको मृत्यु भएको नगरपालिका क्षेत्रमा ३९ जोडीले सम्बन्ध बिच्छेद गरेका छन् ।

पुरुष बच्चा जन्मदर उच्च भएको तथ्याङ्क अस्पतालमा देखिने भए पनि नगरपालिका क्षेत्रमा भको जन्मदर्तामा भने दुई सय १४ बालक र दुई सय २३ बालिकाको जन्मदर्ता चालु आर्थिक वर्षको ८ महिनामा गरिएको छ । बेनी नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो दुई चौमासीकमा चार हजार सात जनालाई कुल तीन करोड ६९ लाख ५६ हजार रुपियाँ सामाजिक सुरक्षा भत्ता वापत वितरण गरेको छ ।

बेनी नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को दोश्रो चौमासीकमा भए गरेका विकास निर्माण तथा सेवा प्रवाह विषयक प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाइको आयोजना क्रममा उक्त कुरा उहाँले बताउनुभएको हो । ढकालले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत पाँच सय २० जना बेरोजगार व्यक्ति सूचिकरण गरिएको बताउनुभयो ।

त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत १८ वटा योजना मध्ये १५ वटाको सम्झौता भै कार्यान्वयनमा पुगेको बताउनुभयो । चालु आवको ८ महिनाको अवधिमा सूचिकृत बेरोजगार ६५ जनालाई रोजगारमा सम्लग्न गराइएको समेत बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *