रुप्सेमा लडेर एक जनाको मृत्यु

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा रहेको रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर लड्दा एक जनाको मृत्यु भएको छ ।

शनिबार बिहान बेनी–जोमसोम–कोरला कालिगण्डकी करिडोर सडक आयोजना अन्तरगत पर्ने बेनी–जोमसोम सडकमा पर्ने विश्व चर्चित पर्यटकीय स्थल रुप्से झरनामा दृष्यावलोकन गर्न पुगेकाका काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१ चपली बस्ने ५६ वर्षीय केशव भण्डारीको रुप्से झरना नजिक चिप्लिएर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक किरण लामाका अनुसार झरना अवलोकन गर्दा ढुङ्गाबाट चिप्लिएर खस्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए । घाइतेको उपचारका लागि बेनी अस्पतालमा ल्याउने क्रममा अस्पताल आइपुग्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *