३० जनाले लिए बेकरी तालिम


आदर्श अनलाइन, म्याग्दी

हिमाली जिल्ला म्याग्दीको पश्चिम भेकमा पर्ने मालिका गाउँपालिकाको केन्द्र दरवाङमा स्थानीयलाई उद्यमी बनाउनका थालिएको बेकरी तालिम औपचारीक समापन भएको हो ।

आफै स्वरोजगार बन्दै उद्यमी बन्न सकुन भनेर आयोजना गरिएको बेकरी तालिम शनिबार सकिएको हो । सिटिईभिटी र सम्मानित रोजगारका लागि सिप परियोजनाको आर्थिक सहयोगमा तालिम शुरु भएको थियो । मुस्ताङको थासाङ गाउँपालिका–३ को धवलागिरि प्राविधिक शिक्षालयको आयोजना तथा मालिका गाउँपालिका–६, दरबाङको समन्वय र व्यवस्थापनमा सिपमूलक बेकरीसम्बन्धी तालिम सञ्चालन गरिएको थियो ।

धवलागिरि प्राविधिक शिक्षालयका संयोजक खड्क सुब्बाले यस पटको तालिम फलदायी भएको बताउँदै आउँदो दिनमा दरबाङ क्षेत्रमा अन्य तालिमहरु समेत सञ्चालन गरिने जानकारी दिनुभयो ।

दरबाङ होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष अमृत सापकोटाले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतारेर उद्यमी बन्न सहभागिलाई आग्रह गर्नुभएको थियो । आगामी १२ दिनसम्म सञ्चालन भएको तालिममा मालिका गाउँपालिकाका ३० जनाले सहभागिता थियो । धवलागिरि प्राविधिक शिक्षालयका प्रशिक्षक राजु लामाले तालिमको सहजीकरण गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *