लभ्ली हिल कि डर्टी हिल ?

अमृत बास्कुने, म्याग्दी
लभ्ली हिलमा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । पर्यठकको आकार्षण बढ्दै गएपछि लभ्ली हिल वरपर फोहोरको ढङ्गुर थुप्रिदै गएको छ । सदरमुकाम बेनीदेखि नजिकै रहेको पर्यटकीय महत्वको स्थल लभ्ली हीलमा फोहोर व्यवस्थापन हुन नसक्दा पर्यटकहरुले फोहोर पनि अवलोकन गरेर फर्कने गरेका छन् ।

बेनीदेखि आधा घण्टा सिडी चडेरे पैदल यात्रामा पुगिने लभ्ली हिल पछिल्लो समय दृष्यावलोकनका लागि एवम् सामाजिक सञ्जालका लागि फोटो तथा भिडियो खिच्नका लागि निकै आकर्षक गन्तव्य नै हो । युवायुवतीहरु टिकटकका लागि भिडीयो तथा फेसबुका लागि फोटो खिच्ने पुग्ने त्यही गन्तव्यमा अहिले फोहोर थुप्रदा सुन्दरताको नै मजाक उडाए जस्तो देखिने गरेको छ ।

चारै तिर छरिएका चाउचाउ तथा बिस्कुटका खाली प्याकेट, पानी तथा चिसो पेय पदार्थका बोत्तल मात्रै होइन मदिरा खाली सिसिले पनि सुन्दरतालाई कुरुप बनाएको छ । चुरोटका ठुटा तथा सुर्ति तथा गुठ्खाका खाली खोल पनि लभ्लीहिलमा यत्रतत्र देखिन्छ ।

लभ्ली हिलमा पुग्नु भएका बेनी बजारका हरि छन्त्यालले फोहोर व्यवस्थापन उचित तबरले गरेको खण्डमा सुन्दतालाई अझै निखार मिल्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘खाने कुरा खाए पछि त्यसलाई व्यवस्थापन गर्ने काम कुनै पनि ठाउँमा पुग्नेहरुको हो यदि उनीहरुले गरेनन् भने पनि त्यसको उचित संरक्षण र सम्बद्र्धन व्यवस्थापनले गर्नु पर्ने हुन्छ ।’

लभ्ली हिललाई पार्क शैलीमा निर्माण प्रयास भएको भए पनि त्यसलाई थप व्यवस्थीत गर्नका लागि भने अरु कुनै समिति तथा उपसमितिहरु नबन्दा जिम्मेवारी कस्ले लिने भन्ने दुविधाले गर्दा पनि फोहोर थुप्रदै गएको बताइन्छ । भ्रमणका लागि पुग्नेहरुले खानेकुरा खाए पछि त्यसबाट निस्कने फोहोरको व्यवस्थापन आफै गर्न पर्छ भन्ने हेक्का राखेर उचित स्थलमा विषर्जन गरीदिएमा सुन्दरतामा निखार पक्कै आउने थियो ।

बेनी नगरपालिका–२ मा पर्ने लभ्ली हिलसँगै रहेका अगुवा कृषक चन्द्रबहादुर कार्कीले आन्तरीक तथा बाह्य पर्यटकहरु लभ्ली हिल आउने र खानेकुरा खाए पछि त्यसको फोहोर जथाभावि फाल्दा समस्या भएको बताउनुभयो । कहिलेकाँही म आफै पनि यहाँ सरसफाइका लागि प्रयास त गर्छु तर एक्लै गर्न अलिक गाह्रो हुने भएकाले समस्या भएको छ उहाँले थप्नुभयो ।

लभ्ली हिल संरक्षणका लागि नगरपालिकाबाट चालु आर्थिक वर्षमा १५ लाख रुपियाँ छुट्याएको बेनी नगरपालिका–२ का अध्यक्ष यामबहादुर क्षेत्रीले बताउनुभयो । लभ्ली हिललाई व्यवस्थीत गर्ने र सुन्दर बनाउने लक्ष्य सहित गठन भएको लभ्लीहिल संरक्षण समितिले सक्रिय तबरले राम्रो संग काम गर्न नसकेको हुँदा पनि फोहोर व्यवस्थापन हुन सकेको छैन । लभ्लीहीलमै होटल सञ्चालन गर्नका लागि जग्गा भाडामा नगरपालिकाले दिए पछि बनेको संरचनामा पनि अहिले व्यवसाय समेत चल्न नसक्दा समस्या भएको उहाँले बताउनुभयो ।

होटल सञ्चालन भएको खण्डमा होटलकै व्यवस्थापकलाई नै फोहोर व्यवस्थापन गर्न पनि लगाउने प्रयास गरिएको अध्यक्ष क्षेत्रीले बताउनुभयो । फोहोर व्यवस्थापन गर्न केही कठिन भएको भए पनि त्यसलाई थप योजना बनाएर संरक्षण गर्नुका साथै थप योजना बनाएर अगाडी बढ्ने तयारी गरीएको उहाँले बताउनुभयो ।

लभ्ली हिल संरक्षणका लागि त्यही क्षेत्रमा शुल्क उठाउने र त्यही स्थानको संरक्षण सम्बद्र्धन गर्नका लागि बेनी नगरपालिकालाई आग्रह गर्दा नगरपालिकाबाट सुनुवाई नहुँदा समस्या भएको स्थानीय बताउछन् । वडा अध्यक्ष क्षेत्रीले पनि वडाले आफैले कुनै राजश्व संकलन गरेर वडाकै बिकास गर्न खोज्दा पनि कानुनी समस्याले गर्दा नमिल्ने हुँदा लभ्ली हिल सदरमुकाम नजिकै रहेको निकै आकर्षक गन्तव्य हुँदाहुदै पनि त्यसको उचित प्रयोग समेत हुन नसकेको बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *