म्याग्दीमा अनेरास्ववियुको सम्मान कार्यक्रम, कुलपती खुल्ला प्रतिस्पर्धाबाट आउनुपर्छ : प्रवक्ता पौडेल


आदर्श अनलाइन, म्याग्दी

नेपालमा भएका विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुँदा त्यसको शैक्षिक गुणस्तर सोचेजस्तो कायम हुन नसकेको हुनाले खुल्ला प्रतिस्पर्धाबाट आउनु पर्ने अनेरास्ववियुका केन्द्रीय सचिव एवम् प्रवक्ता प्रकाश पौडेलले बताउनु भएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) म्याग्दीले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै पौडेलले देशमा भएका दर्जन बढी विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने हुँदा विश्वविद्यालयले सोचे अनुरुपको गति लिन नसकेकोले खुल्ला प्रतिस्पर्धाबाट आएका दक्ष कुलपतिले त्यसलाई अगाडी बढाउनु पर्छ पौडेलले भन्नुभयो ।

देशका कर्णधार रहेका विद्यार्थीहरुलाई सकारात्मक र फरक सोच सहित अगाडी बढ्न पर्ने उहाँको भनाई थियो । देशको मुख्य व्यक्तिले विश्वविद्यालयको कुलपतिको काम गर्नु नमिल्दो र समय दिनै नपाउने क्षेत्र भएकोले प्रधानमन्त्रीले कुलपति पद आफै सँग बोकेर राख्न नहुने उहाँको भनाई थियो ।

विगतमा भए गरेका आन्दोलनहरुबाट प्राप्त उपलब्धीलाई रक्षा गर्दै आगामी दिनमा थप प्रगतिकालागि विद्यार्थी आन्दोलित हुनु पर्ने उहाँको धारणा थियो । विगतमा भएको पिसिएल लेभललाई माफिया सँगको सहकार्यमा हटाइएको आरोप लगाउँदै पौडेलले भन्नुभयो–‘उच्च शिक्षा अध्ययनका लागि देशमै ३०÷४० लाख लगानी गर्नु पर्ने भए पछि युवा विद्यार्थीहरु बिदेशीन बाध्य हुने गरेको हो ।’

स्नातक तहमा इन्जिनियरीङ, मेडिकल जस्ता विषय अध्ययनका लागि निकै महंगो शुल्क बुझाउनु पर्ने भएपछि त्यही शुल्कमा बिदेश पुगेर उतै कमाउने सोच सहित विद्यार्थीहरु बिदेशीने गरेको उहाँको भनाई थियो ।

एउटा फरक प्रसंगमा प्रहरीको सिआइबीले गिरफ्तार गरेका कांग्रेस सांसद सुनिल शर्माको काठमाडौं र पूर्वमा भएको मेडिकल कलेजले विद्यार्थीलाई पटकपटक लुटेको बताउनु भयो । उहाँले भन्नुभयो –‘पोखराको मणिपाल कलेज र शुनिल शर्माको दुई वटा कलेजले बिद्यार्थी संग अबैेध शुल्क उठाउँदा अनेरास्ववियुले आन्दोलन गरेको बखत अहिलेकै गठबन्धन वाला सरकारले जोगाएको थियो ।’ हाम्रो आन्दोलनले मणिपाल कलेजबाट अशुली भएको अबैध शुल्क फिर्ता गराइएको भए पनि शर्माको कलेजबाट फिर्ता गराउन खोज्दा कांग्रेस माओवादी सम्मीलित सरकारले शर्मालाई जोगाएर अमेरिका भगाएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट १८ हजार ड्रोन भित्रिएको भन्ने छ, हामी त्यसलाई खोज्दै छौं, त्यो कुन ब्यापारीले बेच्दै छ । पौडेलले भन्नुभयो विभिन्न सामग्रीको आवरणमा सुन तस्करी भएको छ, त्यसैले तस्करीको जालोबाट मुलुकलाई मुक्त गर्नका लागि एमालेले आन्दोलन गरेको हो, सदनमा बिरोध गरेको हो । नेपाललाई सरकारको रबैयाले तस्करीको ट्रान्जीट बनाउन खोजेको छ, हामी कुनै हालतमा त्यो हुन दिदैनौं । तस्करको कोही आफ्नो हुँदैन त्यसैले तस्करीको जालो चिर्नका लागि एमाले र अनेरास्ववियुको भूमिका महत्वपूर्ण छ ।

नेकपा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर केसीले समाज रुपान्तरणको जिम्मा विद्यार्थीकै काँधमा रहेको बताउनुभयो । उहाँले बेथीति अन्त्य गर्दै अग्रगमनका साथ सुखी नेपाली समद्ध नेपाल बनाउनका लागि विद्यार्थीको भूमिका रहने बताउनुभयो ।

एमाले उपाध्यक्ष बालकृष्ण सुवेदीले युवाहरु विदेश पलायन हुने क्रम बढ्दै जानु भनेको सरकार प्रति जनताको बिश्वास घट्नु रहेको धारणा राख्नु भयो । उहाँले भन्नुभयो –अवसर र चुनाती दुवै छ तर जनताले सरकार प्रति आशा गर्ने आधार तयार गर्न सकेन र त विदेशीने क्रम बढ्यो !

एमाले म्याग्दीका उप–सचिव थमसरा पुनले नेकपा एमालेका २२ जनसंगठनहरु मध्ये म्याग्दीमा मजबुत र सक्रिय रहेको अनेरास्ववियु रहेको बताउनुभयो । जनसंगठन समन्वय संयोजक समेत रहुनुभएकी उहाँले अनेरास्ववियुले सकारात्मक कार्य थाल्ने र त्यसलाइ नतिजा सम्म पु¥याउने काम गरेको बताउनुभयो ।

अनेरास्ववियु गण्डकी प्रदेश अध्यक्ष आरके पोखरेलले सरकारले सुन तस्करी र सुन लुकाएर जनतालाई रुवाउने गरेको आरोप लगाउनु भयो । हरेक अप्ठेरोमा अखिलले काम गर्ने बताउँदै सरकारलाई अप्ठेरो पर्दा अखिल सहयोगका लागि मजबुत पिल्लर बनेर खडा हुने समेत धारणा राख्नुभएको थियो । ‘विपत्तीमा साहारा, विभेदमा बिद्रोह म अखिल’ भन्ने नारा गण्डकी प्रदेशबाट शुरु भएको र त्यो नारा म्याग्दीकै नेता प्रकाश पौडेलको पालामा थालनी भएर अहिले देशैभर त्यो नाराले सार्थकता पाएको बताउँदै बिपत्तीको अहिलेको अवस्थामा सबै अखिल खट्नु पर्ने बताउनुभयो ।

अनेरास्ववियु म्याग्दी इन्चार्ज रोशन कुँबर, म्याग्दीका उपाध्यक्ष सुनिता बेल्बासे, सचिव खुम बहादुर किसान, अध्यक्ष मिलन खत्री लगायतले बोल्नुभएको थियो ।
उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई सम्मान

अनेरास्ववियु म्याग्दीले माध्यमिक शिक्षा परीक्षा(एसइइ)–२०७९ मा सहभागी भएर उत्कृष्ट ग्रेड सहित उत्तिर्ण हुन सफल विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

अनेरास्ववियुले साधारण तर्फ उत्कृष्ट ग्रेड ल्याउन सफल प्रकाश माध्यमिक विद्यालयका समिर सुवेदी, न्यू वेष्ट प्वाइन्ट आवासिय माध्यमिक विद्यालयका दिक्षीत जिसी, विहानी हमाल र प्रकाश माविका सज्जन पौडेललाई सम्मान गरेको हो । त्यस्तै प्राविधिक धार तर्फ मुक्तिमार्ग माध्यमिक विद्यालय घारका आस्था कार्की, मंगला माध्यमिक विद्यालयका बाबियाचौरका विक्की सुवेदी र गलेश्वर माध्यमिक विद्यालयकापुस्कल केसीलाई सम्मान गरेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *