स्थानीय उत्पादनलाई जोड दिँदै चार स्थानीय तहले ल्याए नीति कार्यक्रम तथा बजेट


अमृत बास्कुने, म्याग्दी

हिमाली जिल्ला म्याग्दीको छ वटा स्थानीय तह मध्ये चार वटाले शुक्रबार नीति तथा कार्यक्रम एवम् बजेट ल्याएका छन् । स्थानीय उत्पादनलाई जोड दिएका पालिकाहरुले स्थानीय उत्पादनको ब्राण्डीङ गर्ने सम्मको योजना अगाडी सारेका छन् ।

शुक्रबार शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार ः स्वच्छ समृद्ध बेनी नगर भन्ने मुल नाराका साथ बेनी नगरपालिकाका प्रमुख सुरत केसीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भए पछि उपप्रमुख ज्योति लामिछानेले कुल ७२ करोड ७८ लाख १३ हजार रुपियाँ आर्थिक वर्ष २०८१÷०८२ का लागि बजेट प्रस्ताब गर्नु भएको थियो । नगरसभाको १५ औं अधिवेशनले उपप्रमुखले प्रस्तुत गर्नुभएको बजेट पारित गरेको थियो । कुल बजेटको ६९ प्रतिशत चालु र ३१ प्रतिशत पूजीगत तर्फ बजेट बिनियोजन गरेको छ ।

बेनी नगरपालिकाले वडा विशेष उत्पादनको अवधारणा अगाडी सारेको छ । नगरपालिकाको १ नम्बर वडामा तेलहन तथा तरकारी खेतीलाई प्राथमिकता दिने भएको छ । त्यस्तै २ नम्बर वडामा केरा, चिया र तरकारी बाली ३ नम्बर वडामा सुन्तला, आलु र किबी खेती, ४ नम्बर वडामा सुन्तला तथा तरकारी खेती, ५ नम्बर वडामा खाद्यान्नबाली एवम् तरकारी खेतीलाई प्राथमिकता दिने भएको छ । त्यसैगरी ६ नम्बर वडामा दुध उत्पादन तथा गोलभेडा खेती, ७ नम्बरमा मासु तथा दुध उत्पादन, ८ नम्बरमा कुखुरा तथा अण्डा, ९ नम्बरमा टिमुर, सुन्तला र केरा खेती एवम् १० नम्बर वडामा आलु खेती र सागको बिउ उत्पादनका साथै सुन्तला खेतीलाई प्रोत्साहन दिने भएको छ । विद्यालय तहबातै बालबालिकालाई सिकाउनु पर्छ भन्ने हेतुले विद्यालयमा कृषि कार्यक्रम पनि आगामी आर्थिक वर्षमा सञ्चालन हुने भएको छ ।

त्यस्तै पशु उत्पादनमा बृद्धि आर्थिक उपार्जन सहितको समृद्धि हासिल गर्नका लागि पशु नश्ल सुधार, आहार व्यवस्थापन, उत्पादनका आधारमा अनुदान, पशु स्वास्थ्य शिविर जस्ता कार्यक्रम सञ्चालन हुने छन् । बेनी नगरपालिकाले एक वडा एक पर्यटन परियोजना अन्तरगत १० वटै वडामा पर्यटकिय परियोजना सञ्चालन गर्ने र समृद्ध पर्यटकीय बेनी नगरको परिकल्पनालाई सार्थक दिइने छ ।

त्यसैगरी मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भए पछि उपाध्यक्ष प्रेम कुमारी क्षेत्रीले ४९ करोड ९ लाख ३१ हजार आठ सय रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ । गाउँपालिकाले आन्तरीक श्रोत तर्फ एक करोड ८० लाख, ढुंगा गिटी, बालुवा बिक्रीबाट २८ लाख २० हजार राजश्व संकलन अनुमान गरेको छ । त्यस्तै घर जग्गा रजिष्ट्रेसन, नेपाल सरकारको राजश्व बाँडफाँड, वन रोयल्टी, पर्वतारोहण रोयल्टी, गण्डकी प्रदेश सरकारको राजश्व बाँडफाँड एवम् संघिय सरकारको ससर्त अनुदान लगायतबाट आम्दानी हुने प्रक्षेपण गरेको छ ।

मंगला गाउँपालिकाले योग्य, क्षमतावान नागरिक उत्पादनका लागि गुणस्तर तथा सिपयुक्त शिक्षामा सबैको पहुँचको अवधारणा अनुरुप राज्यले अंगिकार गरेको निःशुल्क एवम् अनिवार्य आधारभुत शिक्षा र निःशुल्क माध्यमिक शिक्षा शुनिश्चित गर्न विद्यालयको भौतिक पूर्वाधार, स्वास्थ्य तथा सरसफाइको सुविधा र आधारभुत खानेपानीको प्रत्याभुत गर्ने भएको छ । विद्यालयमा दिवा खाजाको व्यवस्था गर्दै विद्यालयमा भर्ना हुने, सिक्ने र टिक्ने वातावारण सिजर्ना गर्ने नीति लिएको छ । स्वास्थ्य बिमा कार्यक्रमलाई सबै गरमा लागु गरी आर्थिक अवस्था कमजोर भएका परिवार र ग बर्गका अपाङ्गता भएका व्यक्तिको निःशुल्क बिमा गर्ने भएको छ । त्यस्तै जेष्ठनागरिक, असक्त, अपाङ्गता भएका व्यक्ति र दिर्घ रोगीलाई घरमै पुगेर स्वास्थ्य चेकजाँच तथा उपचारको व्यवस्था मिलाउने भएको छ । हिंसामुक्त गाउँपालिका घोषाणाका लागि प्रयास गर्ने तथा जातिय तथा लैंगिक बिभेदलाई न्यूनिकरण गर्दै समतामूलक समाज निर्माणमा जोड दिने गाउँपालिकाले नीति लिएको छ ।

मालिका गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुनले चालु तर्फ ३१ करोड पाँच लाख ५५ हजार र पुजिगत तर्फ १६ करोड ६८ लाख ८५ हजार गरी ४७ करोड ७४ लाख ४० हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ । मगर समुदायको बाहुल्यता रहेको गाउँपालिकाले आगामी आर्थिक वर्षमा स्थानीय मदिरा (लोक्कल रक्सी)लाई ब्राण्डीङ गर्नका लागि १४ लाख रुपियाँ बिनियोजन गरेको उपाध्यक्षले जानकारी दिनुभयो । बजेट भन्दा पहिला अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भएको थियो ।

लैङ्गीक समानता र सामाजिक िसमावेशीकरण सम्बन्धी नीति लिएर गाउँपालिका अगाडी बढ्ने अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले जेष्ठ नगारिक परिचयपत्र वडा स्तरमै उपलब्ध गराउने, गर्भवती महिलाको लागि आमा सुरक्षा कार्यक्रम र नवजात शिशुको लाििग पोषण कार्यक्रम सञ्चालन गर्ने छ ।

त्यस्तै नागरिकहरुलाई मृगौला, मुटु, उच्च रक्तचाप, मधुमेह जस्ता रोगको निःशुल्क जाँच र उपचारको प्रवन्ध मिलाउने । गाउँपालिका भित्र परम्परागत औषधिजन्य वनस्पतीको संरक्षण र खेती प्रवद्र्धन गर्ने गाउँपालिकाले योजना बनाएको छ । आधुनिक प्रविधिको प्रयोग गरी स्थानीय रुपमा उत्पादित मदिराको गुणस्तर बृद्धि गर्दै ब्राण्डीङ गर्न आवश्यक कानुनी व्यवस्था गरी कार्यान्वयन गर्ने गाउँपालिकाले आगामी आर्थिक वर्षमा योजना लिएको छ ।

धवलागिरी गाउँपालिकाले भने यो समाचार तयार पार्दा अपरान्ह साढे ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गनर्न थालेको छ । नीति तथा कार्यक्रम पारित भए पछि बजेट प्रस्तु गरिने गाउँपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *