मालिका गाउँपालिकामा घरमा सुत्केरी हुनेको शून्य संख्या

आदर्श सञ्चार, म्याग्दी
म्याग्दीको मालिका गाउँपालिकामा चालु आर्थिक वर्षको पहिलो आठ महिनामा घरमा सुत्केरी हुनेको संख्या शून्य भएको छ । नेपाल सरकारको नीति अनुसार नै घरमा सुत्केरी हुनेको संख्या शून्य बनाउने अभियानमै रहेको समयमा मालिका गाउँपालिकामा चालु आर्थिक वर्षमा हाल सम्म कोही पनि महिला घरमा सुत्केरी भएका छैनन् ।

मालिका गाउँपालिकाकी स्वास्थ्य शाखा प्रमुख सन्तु केसीका अनुसार पछिल्लो तीन वर्षको अवधिमा मेहनत गरेर घरमै सुत्केरी हुनेको संख्या जिरो पारिएको हो । हाल सम्मको अवस्था र स्वास्थ्यचौकीहरुको मेहनतले नै अधिकांश वर्थिङ सेन्टरमा जन्माउने वा सुविधा सम्पन्न अस्पतालमै सुत्केरी हुने बढाइएको हो । पछिल्लो दुई वर्ष हेर्दा घरमै सुत्केरी हुनेको संख्या १८ देखि ९ र अहिले शून्य पारिएको हो ।

आर्थिक वर्ष २०७९/०८० मा मालिका गाउँपालिका भित्र एक सय ९५ जना सुत्केरी हुँदा १८ जना महिला घरमै सुत्केरी भएका थिए । त्यस्तै आर्थिक वर्ष २०८०/०८१ मा एक सय ३३ जना सुत्केरी हुँदा ९ जनाले घरमै बच्चा जन्माएका थिए । चालु आर्थिक वर्षको हाल सम्ममा मालिका गाउँपालिका भित्र ७८ जना सुत्केरी हुँदै सबै जना सुविधासम्पन्न अस्पताल तथा सम्पन्न वर्थिङ सेन्टरमा जन्माएका छन् ।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले स्वास्थ्य नागरिकको अधिकार रहेको र मातृ तथा नवजात शिशुको बाच्न पाउने अधिकारको प्रत्याभुति पनि भएकोले यसलाई प्राथमिकतामा राखिएको हो । हाल कुनै पनि मान्यतामा हरेक क्षेत्रमा रहेका गर्भवतीलाई स्वास्थ्य संस्थामा नियमित चेकजाँच गर्ने तथा स्वास्थ्य संस्थामै सुत्केरी गराउन प्रोत्साहन पनि दिने गरिएको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *