श्रीमती र छोराले बञ्चरो प्रहार गर्दा एक जना गम्भीर घाइते

आदर्श अनलाइन, पर्वत
पर्वतमा श्रीमती र छोराले गरेको बञ्चरो प्रहारबाट एक जना गम्भीर घाइते भएका छन ।

कुस्मा नगरपालिका वडा नम्बर ९ कटुवाचौपारीको मलामी डाँडाका अन्दाजी ५५/६० वर्षीय विष्णु सुनारकी श्रीमती बिजुला सुनार र उनका १५ वर्षीय छोरा सचिन सुनारले बन्चरो प्रहार उनी गम्भीर घाइते भएको कटुवाचौपारीका वडाध्यक्ष कृष्णप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

वडाध्यक्ष लामिछानेका अनुसार विष्णुमाथि आक्रमण गरेकी श्रीमती बिजुला र छोरा पनि सामान्य घाइते भएका कारण घटनामा संलग्न तीनै जना घाइतेलाई एउटै एम्बुलेन्समा राखेर पर्वत अस्पतालमा लगिएको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाका अनुसार घाइते विष्णु अहिले सामान्य बोल्ने अवस्थामा छन् भने घटनामा संलग्न बिजुली र सचिनको अवस्था सामान्य रहेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले घटनामा संलग्न ३ जना नै अस्पतालमा भर्ना भएको र अहिले उनीहरूको उपचारको काम भइरहेकोले घटना किन र कसरी भयो भन्नेबारे केही पनि नखुलेको बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *