कोरोना कहरबीच धौलागिरीमा लक्ष्यभन्दा बढी राजश्व संकलन

आदर्श अनलाइन, बागलुङ
आन्तरिक राजश्व कार्यालय बागलुङमा कोरोना कहरका बीच राजश्व संकलनमा वृद्धि भएको छ । आन्तरिक राजश्व कार्यालयले गत आथिक वर्ष २०७६/०७७ लक्ष्य भन्दा बढी ९९ करोड ९७ लाख ८ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।आर्थिक वर्ष २०७६/०७७ अनुमान गरेको राजश्व भन्दा बढी राजश्व संकलन भएको आन्तरिक राजश्व कार्यालय बागलुङका प्रमुख हेमराज शर्माले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा ९६ करोड ५४ लाख ९२ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य रहेकोमा लक्ष्य भन्दा ३ करोड ४२ लाख १६ हजार बढी राजश्व संकलन भएको उहाँले बताउनुभयो । कोरोना संकटका बीच उद्योग तथा व्यवसाय धरासायी बन्दै गइरहेको सन्र्दभमा राजश्व संकलनमा कमी आइरहेको सन्र्दभमा कार्यालयले भने लक्ष्य भन्दा बढी राजश्व संकलन हुनु महत्वपूर्ण सफलता भएको उहाँको भनाई छ । आर्थिक वर्ष २०७६/०७७ मा मुल्य अभिवृद्धि कर ३० करोड ३३ लाख ७ हजार, आयकर ६७ करोड २० लाख ७१ हजार र अन्त शुल्क २ करोड ४० लाख ५७ हजार संकलन भएको छ । ‘कोरोना संकटका कारण अपेक्षित राजश्व संकलन हुनेमा हामी पनि सशंकित थियौ’ कार्यालय प्रमुख शर्माले भने ‘मानव जीवनकै यस्तो कठिन संकटमा समेत राज्यलाई समयमै कर तिर्नुपर्दछ भन्ने व्यवसायीको सकरात्मक भावना देखियो ।’

कार्यालयका अनुसार आर्थिक वर्ष २०७५/०७६ सालमा ६८ करोड १८ लाख २० हजार रुपैयाँ संकलन भएकोमा आर्थिक वर्ष २०७६/०७७ मा ४६ प्रतिशतले राजश्वमा वृद्धि भएको हो । आर्थिक वर्ष २०७६÷०७७ मा कार्यालयले ३ हजार ८ सय ६९ व्यवसायी पान नम्बर, १३ हजार ९ सय ८० व्यक्तिगत पान नम्बर, २ सय ५४ भ्याट, ४ सय ७८ अन्य पान नम्बरको गरी करको दायरा विस्तार गरिएको छ । यस अवधिमा रहेको बेरुजु रकम ४ करोड ९५ लाख मध्ये ४ करोड ५० लाख बेरुजु संपरीक्षण गरी ९० प्रतिशत बेरुजु फछ्र्योट गरेको आन्तरिक राजश्व कार्यालय प्रमुख शर्माले बताउनुभयो । गत आर्थिक वर्षमा कार्यालयको सेवा क्षेत्र भित्रको जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ गरी १४ स्थानमा करदाता शिक्षा प्रदान गरिएको ८९ वटा पसलको अनुगमन गरी करको दायरामा ल्याइएको छ । जसबाट १ लाख ३५ हजार जरिवाना गरिएको छ ।

आन्तरिक राजश्व कार्यालय बागलुङले २०७७ साउन १ गते देखि वार्षिक २० लाख सम्मको कारोवार र २ लाख सम्मको आय हुने करदाताले बुझाउने कर बै‌क तथा अनलाइनकाट कर चुक्ता गर्न सकिने व्यवस्था गरिएको छ । यस व्यवस्थाले थोरै रकम कर चुत्ता गर्न धेरै कम खर्च गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *