पर्वतको फलेबासमा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु, तीन घाइते

फाइल तस्बिर

डम्मर बुढा मगर, बागलुङ
पर्वतमा पहिरोले घर पुुरिँदा एक बालिकाको मृत्यु भएको छ ।

फलेबास नगरपालिका वडा नम्बर ४ मुडिकुवामा स्थानीय नविन विकको घर पहिरोले पुरिँदा उनकी दुई वर्षीय छोरी निकीता विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी प्रमुख विश्वराज अधिकारीले जानकारी दिनुभयो ।

पहिरोमा बगाई बेपत्ता भएकी विकको शव घरभन्दा ढेड सय मिटर तल फेला परेको अधिकारीले जानकारी दिनुभयो ।

पहिरोमा ४ जना परेकोमा अन्य तीन जनलाई गाउँलेले घाईते अवस्थामा उद्धार गरेको उहाँको भनाई छ । अन्य क्षतिको विवरण आउन बाँकी रहेको अधिकारीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *