आदर्श अनलाइन, बागलुङ
स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार बिहान गण्डकी प्रदेशमा थप १५ जना कोरोना संक्रमित थपिएको जनाएको छ । निर्देशनालयले बिहान पर्वत, स्याङजा , लमजुङ र नवलपुरका १० पुरुष तथा ५ महिलामा सङक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
संक्रमण पुष्टि हुनेमा पर्वतको कुश्मामा नेपाल आर्मीमा कार्यरत ३५ वर्षीय पुरुष तथा कुश्मा १ की ५७ वर्षीया महिला , स्याङजा फेदीखोलाका २१ वर्षीय पुरुष, लमजुङ मध्येनेपाल ६ का ४२ वर्षीय पुरुष एवं नवलपुर वुलिङटार र हुप्सेकोटका २४ वर्ष देखि ५८ वर्ष उमेर समुहका ७ पुरुष तथा एक ३७ वर्षीया स्वास्थ्य स्वयंसेविका सहित ३३ देखि ५६ वर्ष उमेर समुहका ४ महिला रहेको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना सङक्रमितको सँख्या ३ हजार ३ सय ५१ पुगेको छ ।