संक्रमितकाे सम्पर्कमा आएका पर्वतका ३ जनामा कोरोना

आदर्श अनलाइन, बागलुङ
स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार थप ३  जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

निर्देशनालयले  पर्वत कुश्मा नगरपालिका १९ , २० र ३३ वर्षका पुरुषमा  कोरोना भाइरस देखिएको जानकारी दिएको हो । कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ३ हजार ४ सय ८२  पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *