गण्डकीमा संक्रमितको संख्या ४ हजार नाघ्यो, सक्रिय संक्रमित ११३९

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ । शनिबार बिहान ३ जिल्लाका १७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ हजार ३ पुगेको छ ।

शनिबार बिहान कास्कीका १०, गोरखाका ५ र तनहुँका २ जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसहित गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या ११ सय ३९ पुगेको छ ।

कुल संक्रमितमध्ये २८ सय ३१ जना निको भएका छन् भने ३३ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका १०, गोरखा र नवलपुरका ६/६, तनहुँका ५, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *