कोरोना संक्रमणबाट पर्वतमा एक महिलाको मृत्यु

आदर्श अनलाइन, पर्वत
पर्वतमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । पर्वतको कुस्मा नगरपालिका वडा नं ५ मा होमआइसोलेसनमा रहेकी ४८ वर्षीया महिलाको आइतबार साझ मृत्यु भएको हो ।

उपचारका लागि पोखरा स्थित मेट्रोसिटी अस्पतालमा पुगेकी ती महिलालाई असोज ३० गते कोरोना पुष्टि भएको थियो ।

अस्पतालले होमआइसोलेसनमा राख्न आइतबार बिहान मात्रै घर पठाएको बुझिएको छ । मृतकको शब ब्यबस्थापनका लागि आज बिहान ७ बजे डिसीसिएमसीको बैठक बसिरहेको छ। शव ब्यवस्थापन र संक्रमित महिलाको सबै जानकारी लिने काम भईरहेको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभयो ।

अस्पतालमा गम्भीर अबस्थामा रहेकी संक्रमित महिलालाई होम आइसोलेसनमा पठाइएका बारेमा पनि बैठकमा छलफल चलेको उहाँले बताउनुभयो । मृत्युको आधिकारीक रुपमा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले भने जानकारी गराइसकेको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *