बागलुङ र पर्वत जोड्ने बन्जी जम्प औपचारीक रुपमा सुरु

आदर्श अनलाइन, पर्वत
बिश्वकै अग्लो स्विङ र दोस्रो अग्लो बन्जी जम्प एक सहासिक खेल कालीगण्डकीको खोंच पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल माथि औपाचरीक रुपमा सुरु भएको छ । गत बैशाखमा यसलाई औपचारीकता दिने भने पनि कोरोना कहरका कारण सकिएको थिएन । अहिले स्वास्थ्य सावधानी अपनाएर संचालनमा ल्याइएको हो ।

पर्यटन र सहासिक खेल स्वदेशमा सम्भव गराउने सोचले स्थापना भएको बन्जी जम्प,स्वीङ र स्काइ साइक्लीङलाई औपचारीक रुपमा संचालन गरिएको छ । ६ बर्षको अथकप्रयास र परिक्षण पछि संचालक युवराज जोशीले पहिलो बन्जी जम्प गर्दै यसलाई औपचारीकता दिएका हुन् । ५२५ मिटर लामो झोलुङ्गे पुलको बिचमा कालीगण्डकी नदिको ठिक माथी बन्जी र स्वीङको लागि जम्प गर्ने प्लाटफर्मको निर्माण गरिएको छ ।

खोला देखि पुलको उचाई २२८ मिटर अर्थात ७४८ फिट छ । द क्लिफ प्रालिले यसलाई संचालनमा ल्याएको हो । यो गुलेलीको शैलीमा निर्माण गरिएको छ । चट्टान आरोहण लगायत साहसिक खेलमा प्रयोग हुने उच्च गुणस्तरको डोरिको प्रयोग गरिएको र दक्ष प्राबिधिकबाट डिजाइन गरि निर्माण गरिएको पिङ नेपालकै नमुना पिङ हो । काठमाडौ, चितवन, पोखरा,बुटवल लगायतका ठाउँहरुबाट यहाँ आउनेहरुको ओहिरो छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *