घुम्ती शिविरबाट धौलागिरीका पत्रकार प्रत्यक्ष लाभान्वित

आदर्श अनलाइन, बागलुङ
सूचना तथा प्रसारण विभागले नेपाल पत्रकार महासंघ बागलुङ शाखासँगको समन्वयमा कोरोना भयावह पछि बागलुङ पहिलो पटक घुम्ती शिविर सञ्चालन गरेको छ । शिविरमा करिब १ सय पत्रकार र सञ्चार प्रतिष्ठानले प्रत्यक्ष लाभ लिएका छन् ।

गत मंगलबारदेखि सञ्चालित शिविरमा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण, नवीकरण, अनलाइन दर्ता, नवीकरण, पत्रपत्रिकाको स्थायी दर्ता लगायत सेवा प्रदान गरिएको सूचना विभागका शाखा अधिकृत सुमन भट्टराइले जानकारी दिनुभयो । उहाँका अनुसार, शिविरमा ८० जनाले प्रेस प्रतिनिधि (रातो कार्ड) लिएका छन् भने ६ जनाको नविकरण भएको छ । ११ वटा नयाँ अनलाइन दर्ता र एक पत्रिकाको स्थायी दर्ता भएको छ । शिविरमा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका अलावा कास्कीबाट समेत पत्रकार आएका थिए ।

शिविरले साविक धौलागिरीका पत्रकार र सञ्चार प्रतिष्ठान पत्रकारलाई उल्लेख्य लाभ प्राप्त भएको नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले बताउनुभयो । शिविरमा प्रदान गरिएको प्रेस प्रतिनिधि कार्डले सिंहदरबार प्रवेश मात्र नभई पत्रकारको न्युनतम पारिश्रमिक कार्यान्वयन र पत्रकार वीमा कार्यक्रममा पनि ठुलो सहयोग पुग्ने अध्यक्ष शिरीषको भनाई छ ।
जिल्ला तहमा यो खालको शिविर पहिलोपटक शिविर सञ्चालन भएको बिभागका निर्देशक सुमन बज्राचार्यले बताउनुभयो ।

सरकारले गत मङ्सिरमा प्रेस प्रतिनिधि प्रमाणपत्रका लागि काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य गर्न जिल्लास्थित हुलाक कार्यालयबाटै प्रेस पास लिन पाउने निर्णय गरेको थियो । यद्यपि, यसको प्रक्रियागत झञ्झटका कारण आउन सक्ने जटिलतालाई ध्यानमा राखेर सञ्चार प्रतिष्ठान र श्रमजीवी पत्रकारले स्थानीयस्तरमै सेवा प्रदान गर्ने अभिप्रायले घुम्ती शिविर सञ्चालन गरिएको निर्देशक बज्राचार्यले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *