पर्वतमा श्रीमती हत्या अभियोगमा एक जना पक्राउ

आदर्श अनलाइन, पर्वत
पर्वतमा श्रीमती हत्याकाे अभियोगमा एक जना पक्राउ परेका छन् ।

पर्वतकाे जलजला गाउँपालिका-४ धुलेपालसिङ बस्ने ३३ वर्षीय रामबहादुर परियारले ३४ वर्षीया श्रीमती सन्तु जलारीको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

रामबहादुर आफैँले सोही ठाउँस्थित धुलेपालसिङको जंगलमा घरायसी झगडाको कारण श्रीमतीको हत्या गरेको भनी प्रहरी चौकी वारिबेनीमा जानकारी गरापछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएकाे छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *