पर्वतमा ९ लाख ५८ हजार नगदसहित ८ जुवाडे पक्राउ

आदर्श अनलाइन, पोखरा
पर्वतमा जुवातास खेलिरहेकाे अवस्थामा आठ जना पक्राउ परेका छन् । पर्वतकाे कुश्मा नौ लाख ५८ हजार सात सय ४१ रुपैया सहित आठ जना  पक्राउ परेको पर्वत प्रहरीले  जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक राजेन्द्र अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पर्वतकाे कुश्मा ७ खरेयास्थित गोविन्द अधिकारीको घरबाट  नियन्त्रणमा लिएकाे हो ।

जुवा तथा सट्टाबाजी  मुद्धामा आइतबार  मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *