कालीगण्डकी दोहनमा सम्लग्न चार एक्साभेटरमा सिल लगाईयो


आदर्श अनलाइन, बागलुङ

पर्वत खण्डमा भइरहेको अबैध कालीगण्डकी दोहोनलाई लिएर जिल्ला अनुगमन समिति पर्वतले बल्ल चासो देखाएको छ ।

कालिगण्डकी नदिमा दोहन भैरहेको विषय पटक–पटक मिडियामा आइसकेपछि जिल्ला अनुगमन समितिले अनुगमन थालेको छ ।

समितिले दोहोन भइरहेको विभिन्न स्थानको स्थलगत अनुगमन गर्दे दोहनमा सम्लग्न स्काभेटलाई सिल समेत गर्न लगाएको छ । कुश्मा नगरपालिका र जलजला गाउँपालिकाका विभिन्न ठाउँमा अनुगमन गरेको थियो । अनुगमन गर्दा विभिन्न ठाउँमा दोहन भैरहेको भेटिएको छ ।

अबैँध रुपमा भैरहेको दोहनलाई नियन्त्रण गर्न र कानुन बमोजिम कारबाही गर्नका लागी अनुगमन गरिएको हो । असार, साउन र भदौँ गरि तीन महिना नेपाल सरकारले कुनै पनि प्राकृतिक श्रोत र साधनलाई दोहन गर्न पाईदैन । तीन महिना खोला नालामा डोजर लगाउन बन्देज भएपनि खुलेआम कालिगण्डकी नदी दोहन भैरहेको छ ।

नदीजन्य तथा खानिजजन्य पदार्थ जिल्ला अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख बिष्णुराम बि.क., सह– संयोजक एवं प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, सदस्य सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बम, सदस्य प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकी लगायत समितिको टोलीले कुश्मा नगरपालिका र जलजला गाउँपालिका अन्तर्गत कालीगण्डकी नदी किनारमा अनुगमन निरीक्षण गरी अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन् कार्यमा प्रयोग भएका चार स्काभेटर र एक ट्याक्टरलाई सिल गरिएको छ ।

गिटी, बालुवाको ठेक्का पट्टा गर्नका लागि अधिकार स्थानीय तहलार्ई दिईएको भएपनि सर्वोच्च अदालतले कालीगण्डकीमा ठेक्का लगाउन रोक लगाएपछि झनै दोहोन मौलाएको छ । कालीगण्डकी दोहोन दिनरात भइरहदा सरोकारवाला निकाय मौन रहेको जनताको गुनासोपछि जिल्ला अनुगमन समिति अनुगमनमा निस्केको छ ।

अनुगमन समितिले कुश्मा नगरपालिका–१ स्थित राजाको बगरमा दोहनकार्यमा सम्लग्न रहेको दुई स्काभेटर, जलजला गाउँपालिका–८ खनियाँघाटमा एक थान स्काभेटर र जलजला गाउँपालिकाको लस्तीमा एक ट्याक्टरलाई सिल गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *