गण्डकी प्रदेशमा थप एक कोरोना संक्रमितको मृत्यृ

आदर्श अनलाइन, बागलुङ

काेराेना संक्रमणबाट गण्डकी प्रदेशमा थप एक जनाकाे मृत्यु भएकाे छ ।

स्याङ्जा पुतलीबजार वडा नम्बर १ का ८५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण पश्चिमान्चल क्षेत्रिय अस्पतालमा मृत्यु भएको हाे ।

भदौ २४ गते अस्पतालमा भर्ना भई आइसियु कक्षमा उपाचारत उनको शनिबार बिहान साढे ६ बजे  मृत्यृ भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । उनी प्रतिष्ठानमा उपचारका क्रममा मृत्यृ हुनेमा १० औँ संक्रमित हुन् ।

यो सहित गण्डकीमा मृतकको संख्या २३ पुगेको छ । कास्कीका ७, गोरखाका ४, तनहुँ, नवलपुर र स्याङ्जाका ३/३, म्याग्दी, लमजुङ र बागलुङका १/१ संक्रमितको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *