गण्डकी प्रदेशमा थपिए २१ जनामा कोरोना संक्रमित

आदर्श अनलाइन, बागलुङ

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा मंगलबार ४ जिल्लाका २१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना पुष्टि हुनेमा नवलपुरका ११, कास्कीका ६, तनहुँका २, स्याङ्जा र गोरखाका १/१ जना छन् । योसहित प्रदेशमा कोरोना संक्रमितको संख्या ४२ सय ६४ पुगेको छ ।

नवलपुरका संक्रमित कावासोती, गैंडाकोट र मध्यविन्दु नगरपालिकाका हुन् ।

कास्कीका संक्रमित सबै पोखरा महानगरपालिका, स्याङ्जाका भीरकोट नगरपालिका, तनहुँका व्यास नगरपालिका र देवघाट गाउँपालिकाका र गोरखाका संक्रमित सिरानचोक गाउँपालिकाका हुन् ।

संक्रमितमध्ये ३ हजार ४७ जना निको भएको निर्देशनालयले जनाएको छ । ३६ संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कास्कीका १०, नवलपुरका ८, गोरखाका ७, तनहुँका ५, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *