स्कुटरको ठक्करबाट मृत्यु

आदर्श अनलाइन, पोखरा
पोखरा महानगरपालिका–१७, बरालफिडमा गए राति स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

स्याङ्जाको फेदीखोला गाउँपालिका–४ घर भई पोखराको विरौटा बस्ने ५० वर्षीय खेमबहादुर गुरुङको मृत्यु भएको हो । स्कुटरको ठक्करबाट घाइते भएका गुरुङलाई सामान्य उपचारपश्चात् घर लगिएको थियो ।

घर लग्नासाथ अचेत भएपछि उनलाई उपचारको लागि गण्डकी मेडिकल कलेज लगियो । अस्पताल पुर्‍याउनासाथ डाक्टरले राति करिब १२ बजे मृत घोषणा गरेका थिए ।

आइतबार साँझ करिब साढे ७ बजे छोरेपाटनबाट विरौटातर्फ जाँदै गरेको ग ९ प ७५०९ नम्बरको स्कुटरले पैदलयात्री गुरुङलाई ठक्कर दिएको थियो । ठक्कर दिने स्कुटर र चालकलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *