आदर्श अनलाइन, बागलुङ
स्याङ्जा जिल्ला सुन्तलामा प्रख्यात जिल्ला हो । उत्पादित सुन्तला सिजनमा त बजारमा नै पुगेको हुन्छ तर बेमौसममा भने यहाँको सुन्तला टिकाउन निकै समस्या छ । स्याङ्जा जिल्लामा उत्पादित सुन्तला, आलु र अन्य कृषि उपजको बेमौसममा बजारीकरण गर्नका लागि यहाँका सहकारी र पालिका मिलेर वृहत सित भण्डारणको योजना कार्यान्वयनमा ल्याएका छन् । सित भण्डारण निर्माणछि किसानले कृषि उपजको राम्रो मुल्य पाउने अपेक्षा समेत रहेको छ ।
कृषि उपजको उचित तापक्रममा भण्डारण गरी बजारीकरण गर्नका लागि स्याङ्जा जिल्लाको पुतली बजार नगरपालिकामा बृहत सित भण्डारण गृह निर्माण गरिएको छ । जिल्लाको पुतली बजार नगरपालिका–११ मा जिल्लाका १०४ क्रियाशिल सहकारी, तीन नगरपालिका र सहकारी विभाग मिलेर स्थापना गरेको स्याङ्जा सित भण्डार सहकारी संघ मार्फत शित भण्डारण गृह निर्माण गरिएको छ ।
दुई हजार ५०० मेट्रिक टन कृषि उपज भण्डारण गर्न सकिने गरी शित भण्डार निर्माणमा जुटेको सहकारीले अहिले एक हजार २५० मेट्रिक टन क्षमताको सित भण्डार निर्माण सम्पनन गरेको छ । तिश भण्डारणले पूर्णता पाउन रु. २४ लागत लाग्ने अनुमान गरिएको छ । पुतली बजार नगरपालिका–११ जैसीडाँडामा १३ रोपनी जग्गा खरिद गरेर सित भण्डार निर्माण थालिएको हो । अहिले दुई ब्लकमा विभाजन गरेको सित भण्डारको पहिलो ब्लक निर्माण भएर सुन्तला राख्ने तयारीमा जुटेको छ । सित भण्डारमा राखिएका सुन्तला चैत वैशाखमा महङ्गो मुल्य तिरेर विक्रि गर्न सकिन्छ ।
मुख्यतया सुन्तलाको बेमौसममा बजारीकरण गर्ने मुख्य उद्देश्यले २०६९ सालमा स्याङ्जा सित भण्डार सहकारी संस्था स्थापना गरिएको सहकारीले अहिले आएर शित भण्डारण निर्माण गर्ने योजनाले सान्र्दभिकता पाउन थालेको स्याङ्जा सित भण्डार सहकारी संस्थाका सञ्चालक तथा जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपती पौडेलले जानकारी दिनुभयो ।
“स्याङ्जाको जिल्लामा उत्पादन भएका फलफूल तथा कृषि उपजको बेमौसमी बजारका लागि हामीले वृहत रुपमा सित भण्डारण निर्माणमा लागेका हौं” पौडेलले भन्नुभयो “दूई ब्लक मा निर्माण थालेको सित भण्डारण मध्ये एक ब्लक निर्माण गरेका छौं, यही सिजनका सुन्तला भण्डारण गरेर सित भण्डारको परिक्षण गर्ने योजना रहेको छ ।” स्याङ्जामा चैत्र वैशाखमा भारत, चिन लगायतबाट समेत सुन्तला आउने भएकाले सित भण्डारण निर्माण पछि आफ्नै गाउँको सुन्तला चैत्र वैशाखमा मात्रै खान पाइने हैन बाहिरी जिल्लाबाट हुँने सुन्तला आयातलाई समेत रोक्न सकिन्छ ।
सितभण्डारण सहकारीमा जिल्लाको पुतली बजार नगरपालिका, भीरकोट नगरपालिका र गल्याङ नगरपालिकाको समेत लगानी रहेको छ । स्याङ्जाका चार पालिकाले समेत किसानहरुको उत्पादनलाई उचित मुल्यमा बिक्रि गर्नका सित भण्डार निर्माणमा साथ दिएका हुन् । सित भण्डारमा भीर कोटनगरपालिकाको २५ लाख, पुतली बजार नगरपालिकाको ४० लाख र गल्याङ नगरपालिकाको ५ लाख लगानी भइसकेको छ । यस्तै सित भण्डारका लागि सहकारीहरुको एक करोड २८ लाख २५ हजार लगानी भइसकेको छ । सित भण्डारणका लागि सहकारी विभाग संग कुल लागतको ६० प्रतिशत अनुदानको समेत सम्झौता भएर साझेदारी कार्यक्रम अन्र्तगत निर्माण भइरहेको हो ।
पुतलीबजार नगरपालिका सुन्तलाको शहर भएको र सुन्तलाको सुपजोन समेत घोषण भइसकेको हुँदा किसानलाई राहत दिनका लागि सित भण्डारणमा साझेदारी गरेको पुतलीबजार नगरपालिकाका नगर प्रमुख सिता कुमारी क्षेत्रीले जानकारी दिनुभयो । भण्डारणमा आलु, किबी र एबोकाडो समेत राख्न सकिने नगर प्रमुख क्षेत्रीले बताउनुभयो ।