डम्मर बुढा मगर, बागलुङ ।
गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकीमा संक्रमितको संख्या ७६७ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक विनोद विन्दु शर्माले प्रेस विज्ञप्ती जारी गर्दै प्रदेशमा थप १४ जना संक्रमित थपिएका जानकारी दिनुभयो ।
संक्रमित हुनेमा तनहुँको म्याग्दे गाउँपालिकाका ९ जना र नवलपुरको विनय त्रिवेणी ५ जना रहेका छन् ।