गण्डकीमा थपिए ७४ संक्रमित

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशमा थप ७४ जनामा कोरोना पुष्टि भएको छ । कास्कीमा ६६ जनासहित प्रदेशका ३ जिल्लामा ७४ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कास्कीका ६६ बाहेक लमजुङका ५ र तनहुँका ३ जनामा कोरोना पुष्टि भएको हो । कास्कीका ६६ मध्ये ४० जना प्रहरी छन् । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२ सय ८० पुगेको छ ।

तीमध्ये १९ सय ३५ संक्रमित निको भएका छन् भने ३१ जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *