आदर्श अनलाइन, पोखरा
पोखराको जीएमसी हस्पिटलमा उपचाररत एक पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।
कोरोना सङ्क्रमण भई हस्पिटलमा उपचाररत तनहुँ जिल्ला, ब्यास नगरपालिका- ३ का ६५ बर्षीय पुरुषको उपचारका क्रममा गए राति मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
निर्देशनालयका अनुसार असोज २५ गते अस्पतालमा भर्ना भएका पुरुषमा मधुमेह र उच्च रक्तचाप सम्बन्धि समस्या रहेको थियो । यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।