श्रीमान बोकेर दौडिदा विष्णु अधिकारी भइन् प्रथम

आदर्श अनलाइन, तनहुँ

श्रीमान बोकेर दौडिदा विष्णु अधिकारी प्रथम भएकी छन् । देवघाट गाउँपालिकाले आयोजना गरेको श्रीमतीले श्रीमान बोकेर दौडने प्रतियोगितामा विष्णु अधिकारी र पदम अधिकारीको जोडी १४ जोडीलाई पछि पार्दै प्रथम भएको हो । सोमबार देवघाट स्थित कालिका माध्यामिक विद्यालयको प्रांगणमा श्रीमतीले श्रीमान बोकेर दौडने प्रतियोगिता भएको थियो ।

त्यस्तंै प्रतियोगितामा गंगा गुरुङ र नवीन गुरुङको जोडी दितीय भएको छ भने सीता लामिछाने क्षेत्री र बमबहादुर क्षेत्रीको जोडीले तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगिता प्रथम, दितीय र तृतीय हुने जोडीले ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

नारी दिवसको अवसर पारी गरिएको प्रतियोगिताले महिला पनि पुरुष सरह हुन सक्छन् भन्ने उदेस्यका साथ श्रीमतीले श्रीमान बोकेर दौडने प्रतियोगिता गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताए ।

‘यस्तो खालको प्रतियोगिता कमै हुने गरेको र महिला पनि पुरुषसरह हुन्छन भन्ने उदेस्यका साथ संदेस दिनलाई श्रीमतीले श्रीमान बोकेर दौडने प्रतियोगिता गरिएको हो,’ उनले भने । दौड प्रतियोगिता एक सय मीटरको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *