नेपालमा पछिल्लो पल्ट सार्वजनिक भएको एक तथ्यांकअनुसार दैनिक १६ जनाले आत्महत्या गर्छन्। नेपालमा एउटा भनाइ छ– आत्महत्या कसैले रोकेर रोकिँदैन’ तर मानसिक रोग विशेषज्ञहरु यो भनाइसँग सहमत हुन सक्दैनन् । उनीहरुको तर्क छ–आत्महत्या रोक्न सकिन्छ ।
मानसिक रोग विशेषज्ञ डा. बासु कार्कीले समयमा उचित सजगता अपनाएर मानसिक रोग विशेषज्ञकहाँ उपचार गरेमा आत्महत्या हुनबाट जोगाउन सकिने बताउँनुहुन्छ। “पछिल्लो समय विश्वमा नै आत्महत्या एउटा चुनौतीको रुपमा देखिएको छ,” उहाँले भन्नुभयो, “प्रत्येक आत्महत्याले एक सय ३५ व्यक्तिहरुलाई प्रभाव पार्दछ ।”
उहाँले पछिल्लो समय मानिसको मृत्युको प्रमुख कारण आत्महत्या पनि भएकाले यसको रोगथाम हरेक समुदाय र अन्य सम्बद्ध निकायको दायित्व रहेको समेत बताउँनुभयो ।
त्यसैगरी, आत्महत्याको प्रयास पुरुषको तुलनामा महिलाले बढी गर्ने मानसिक रोग अस्पतालका निर्देशक डा। मोहनराज श्रेष्ठले बताउनुभयो । “पछिल्लो समय मातृ मृत्युदर १६ प्रतिशत आत्महत्याले हुने गरेको समेत पाइएको छ,” उहाँले भन्नुभयो, “पछिल्लो समय विश्वमा नै बालबालिका तथा किशोर किशोरीहले आत्महत्या क्रम बढ्दो रहेको देखिन्छ ।”
नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५–०७६ मा पाँच हजार सात सय ५४ जनाले आत्महत्याबाट ज्यान गुमाएका छन् भने आर्थिक वर्ष २०७४–०७५ मा पाँच हजार तीन सय ४६ जनाले ज्यान गुमाएका छन् । जसमा प्रतिवर्ष ३.७ देखि १०.३ प्रति एक लाखमा आत्महत्या भएको देखिन्छ । आत्महत्या सबैभन्दा बढी झुन्डिएर गरेको देखिन्छ भने दोस्रोमा विष सेवनबाट आत्महत्या गरेको देखिन्छ ।
मानसिक रोग विशेषज्ञ डा। रितेश थापाले ९५ प्रतिशत आत्महत्या मानसिक रोगका कारण हुने गरेको बताउनुभयो । तनाव, बेरोजगारी, कलह झै–झगडा ,पारीवारिक असंवेदनशीलत, दीर्घरोगी, लागुपदार्थ दुव्र्यसनी, परिवारको अन्य सदस्यहरुले आत्महत्या गरेमा, विगतमा आत्महत्याको प्रयास गरेमा, निरन्तरको असफलता, आफ्नो समाजबाट अलग्गिएको आदि मानिसहरु आत्महत्याको उच्च जोखिममा रहने मानसिक रोग विशेषज्ञ डा। रितेश थापाले बताउनुभयो ।
विश्व स्वास्थ्य संगठनका अनुसार हरेक तीन सेकेन्डमा एक जनाले आत्महत्याको प्रयास गर्ने र प्रत्येक ४० सेकेन्डमा एकजनाले आत्महत्या गर्ने गरेको देखिन्छ भने एक आत्महत्या हुँदा २५ व्यक्तिले आत्महत्याको प्रयास गरिरहेका हुन्छन् र धेरै व्यक्तिहरुले आत्महत्यालाई गम्भीर रुपमा सोचिरहेको हुनेसमेत संगठनले जनाएको छ ।
विश्वमा १५ देखि २९ वर्ष उमेर समूहका व्यक्तिले आत्महत्या मृत्युको दोस्रो प्रमुख कारण रहेको छ । भने नेपालको विभिन्न तथ्यांक हेर्दा प्रजनन् उमेरका महिलाको मृत्युको प्रमुख कारण आत्महत्या रहेको पाइएको छ ।
मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १८५ मा आत्महत्या गर्न दुरुत्साहन दिन नहुने उल्लेख छ । सोहि दफाको १ ले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउनु हुँदैन ।
आत्महत्या किन गर्छन् ?
आत्महत्याको प्रयास गर्नेहरुमध्ये झन्डै ९५ प्रतिशत मानसिक रोगले ग्रस्त भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ । संगठनले मानसिक रोग भन्नाले पूरै विक्षिप्त, जथाभावी गरेर हिड्ने मात्र नभई शारिरीक रुपमा पूरै स्वस्थ्य तर आफू र वरिपरीको वातावरणसँग मेलमिलाप नभई भित्रभित्रै पिडित हुनुलाई व्याख्या गरेको छ । तीमध्ये अस्वभाविक रुपमा उदास भइरहने उदासिन मनोरोग ९डिप्रेशन० आत्माहत्याको प्रमुख ९करिब ८० प्रतिशत० कारण रहेको मनोचिकित्सकहरु बताउँछन् ।
त्यस्तै, सिजोफ्रेनिया वृद्धावस्थामा मस्तिष्क खिइने रोग डिमेन्सिया, रक्सी तथा अन्य लागुपदार्थ दुव्र्यसन, व्यक्तित्वको गडबडी आदि पनि महत्वपूर्ण कारण आत्महत्या बढ्दो क्रममा रहेको बताइन्छ ।
आत्महत्याको जोखिमका चिन्हहरु
आत्महत्याबारे कुराकानी गर्ने, मृत्युबारे सोचिरहने, मर्ने उपायहरुबारे जानकारी खोज्ने
मृत्युको इच्छा राख्ने वा मृत्यु हुनसक्ने खालका काममा अकारण जोखिम उठाउने
आफू बेकार, असाहय, वा निराश भएको भाव व्यक्त गर्ने
आफ्नो साथीहरुसँग नबुझ्दो प्रकारमा विदाइ वा माफि माग्ने
दुखी भइरहको मान्छे अचानक शान्त वा खुसी हुने
पहिलेका रुचीहरुप्रतिको इच्छा हराउनु
आफ्ना कामकाज हिसाब किताब, प्रिय बस्तुहरु विस्तारमा फछ्र्यौैट गर्नु आदि हुन् ।
“माथिका कुनै पनि लक्षण आत्महत्या गर्ने मानिसमा देखिने हुन्छ, तर हामीले वास्ता गरेका हुँदैनौ,” मनोविद् गोपाल ढकाल भन्नुहुन्छ, “अझ पछिल्लो समय कतिपय मिडियाले लेख्ने विषयमा संवेदनशील भएर समाचार नलेख्दा लेखेको समाचारले मानिसलाई आत्माहत्याको अवस्थामा पु¥याएकोसमेत देखिन्छ । त्यसैले कसैको बारेमा लेख्नुभन्दा अघि राम्रोसँग बुझेर मात्र लेख्नुपर्ने हुन्छ ।”
कसरी सकिन्छ आत्महत्या रोकथाम गर्न ?
१। आत्महत्या कसैले रोकेर रोकिन्न भन्ने अन्धविश्वास हो । समयमा उचित सजगतासँगै कदम उपचारमा अपनाएमा प्रायः यस दुखान्त हुनुबाट बचाउन सकिन्छ ।
२। जनसाधरणमा मात्र नभई स्वास्थ्यकर्मी, अभिभावक, शिक्षक विद्यार्थी, समाजसेवी, राजनितिज्ञ आदिमा ९५ प्रतिशत आत्महत्या मानसिक रोगका कारण हुने भएकाले मानसिक रोगसम्बन्धि जनचेतना वृद्धि गनुपर्दछ ।
३। मानसिक रोग एवं आत्महत्यालाई सामाजिक कलंक र अन्धविश्वासले हेरिने दृष्टिकोण परिवर्तन गर्ने ।
४। मानसिक समस्या आउन नदिन, तनाव नलिने र नियमित ध्यान योग गर्ने ।
५। आत्महत्याका बारेमा खुलेर कुरा गर्ने ।
६। आफ्नो समस्या र आफ्नो कुरा सुन्ने मानिसलाई भन्ने र जोखिमका संकेत देख्नासाथ उचित उपाय अवलम्बन गर्ने ।
७। सञ्चारमाध्यममा आत्महत्यालाई संवेदनशीलताका साथ प्रसारण गर्ने र आत्महत्या गर्नेलाई नायकको रुपमा चित्रण नगर्ने ।
८। समुदायमा आत्महत्यामा कमी ल्याउन जनचेतनामुलक काम गर्ने ।
आत्महत्या सम्बन्धी समाचार सम्प्रषण गर्दा ध्यान दिनुपर्ने कुराहरु
१। यसलाई आम समुदायमा आत्महत्यासँग सम्बन्धित विषयमा सुशिक्षित पार्ने अवसरका रुपमा प्रयोग गर्ने ।
२। आत्महत्यालाई सनसनीपूर्ण बनाउने, सामान्यीकरण गर्ने वा समस्याको समाधानको उपाय प्रतित हुने भाषाको प्रयोग नगर्ने ।
३। घटनाको यथार्थ चित्रण र अनावश्यक विवरण प्रस्ततु नगर्ने ।
४। आत्महत्याको वा आत्महत्याको दुस्प्रयास गरिएको स्थानको सम्पूर्ण जानकारी नगराउने ।
५। आत्महत्याको दुस्प्रयासमा अपनाइएको तरिकाको व्याख्या नगर्ने ।
६। समाचारको र्शीषक छनोटमा समाधानी अपनाउने ।
७। तस्बिर वा भिडियोसहित समाचार सम्प्रेषण गर्दा सावधानी अपनाउने ।
८। समाजमा परिचित र प्रतिष्ठित व्यक्तिको आत्महत्याको समाचार सम्प्रेषणमा विशेष सावधानी अपनाउने ।
९। आत्महत्याको पीडाबाट प्रभावित व्यक्तिहरुको अवस्थालाई महत्व दिने ।
१०। आत्महत्याको घटनाले सञ्चारकर्मी आफैँलाई पनि प्रभाव पार्न सक्ने बारेमा स्पष्ट हुने । -बाह्रखरीबाट