देशभर डेंगु आतंक छ । नागरिक सामान्य ज्वरो आए पनि डेंगुको संक्रमणको भयमा देखिन्छन् । डेंगु, यसको कारण, बच्ने उपाय र आवश्यक सजगताका बिषयमा आदर्श सञ्चार सहकारी संस्थाद्धारा प्रकाशित धौलागिरी जागरण दैनिक र आदर्श अनलाइनका लागि आदर्शकर्मी साधना पन्तले धौलागिरी अञ्चल अस्पतालका डाक्टर प्रनिता राजभण्डारीसँग डेंगुबारे १० प्रश्न गर्नुभएको छ ।
१. डेगुं कस्तो खालको रोग हो ?
डेगुं भनेको खास भाईरसको नाम हो । यो भाईरसलाई सार्ने एडिज नामको लामखुट्टे हुन्छ । यसले नै डेगुं हुन्छ । डेगुंका लक्षण ज्वरो आउने, टाउँको दुख्ने, आँखाको गेडीहरु दुख्ने सबैलाई हुन्छ । योसँगै कसैलाई डेंगु हुन पनि सक्छ, कसैलाई नहुन पनि सक्छ ।
२. डेगुं अहिले प्रकोपको रुपमा फैलिएको छ । यो पहिले पनि थियो कि अहिले देखिएको हो ?
यो रोग भर्खर निस्केका रोग चाँही होईन । यो पहिला धेरै अगाडी बाटको रोग हो यो । अफ्रिका तिर धेरै गर्मी ठाउँमा हुने रोग हो डेगुं । बिश्वव्यापी जलबायु परिवर्तनका कारणले अलि बढी छिमेकी देश भारत हुदै तराईबाट पहाडमा आएको हो गर्मीका कारण ।
३. डेगुं हुन साथ मान्छेको ज्यान जान्छ भन्ने छ । यो भ्रम हो की यथार्थ ?
यो यथार्थ होईन । डेगुं रोग लाग्यो भने मानिसलाई ज्वरो आउने, टाउँको दुख्ने देखि लिएर सामान्य ज्वरो आउनी हुन्छ । अझ ९० प्रतिशत त हल्का ज्वरो आउने थाहा पनि हुँदैन । थाहा हुने भनेको त १० प्रतिशतलाई मात्र हो ।
४. डेगुं भएको थाहा चाहि कसरी पाउने ?
डेगुं लागेको थाहा पाउने भनेको टाउँको दुख्ने, आँखाको पछिल्लो भाग हुन्छ नि, गेडा–गेडा दुख्ने, काम ज्वरो आउँने, हाडजोर्नीहरु दुख्ने, आलस्य हुने, अंग्रेजीमा ब्याक बोन्ड फिबर पनि भनिन्छ । हड्डी भाँचिदा जस्तो दुख्छ, त्यस्तै दुख्छ । थोरै बढी हुन लाग्यो भने नाकबाट रगत आउने बोमिट हुने हुन्छ । रगतमा सेतो मात्र कमी हुने रगत पातलो हुने हुन्छ । जो मरेका छन् नि तिनिहरुको चाही रगतको नशा फुट्ने आन्तरिक रक्तश्राव हुने हुन्छ । रगत कम भएर शरिरमा पानीको मात्र कम भएर डेगुं लागेको मानिस मर्ने हो । त्यो सवैलाई हँुदैन ।
५. डेगुंको परिक्षण, उपचार धौलागिरी अस्पतालमै सम्भव छ कि छैन ?
सवैलाई ज्वरो आउँदैमा, टाउँको दुख्दैमा डेगुं हुन्छ भन्ने हैन । शरिरमा प्लेट लेट मात्र कम भएमा हुने हो । प्लेट लेट धेरे नै कम भएमा आईसियूमा राख्नु पर्दछ । आईसियू भएका हस्पिटलमा जानु पर्दछ । अन्य अवस्थामा यही परिक्षण गरेर पहिचान भयो भने उपचार पनि सम्भव हुन्छ ।
६. यसको परिक्षण, पहिचान कसरी गर्नुहुन्छ ? कति समयमा पत्ता लाग्छ ?
यसको परिक्षण गर्ने एउटा किट हुन्छ । नेपाल सरकारले अघिल्लो महिनामा २५ वटा किट दिएको छ । अव अहिले यहाँको मानिस डराउनु भएको छ । हल्का ज्वरो आउँदा पनि मलाई डेगुं भएको छ होला डेगुं चेक गर्दिनु भनुहुन्छ । हामीसँग जम्मा २५ वटा किट छ । बिरामी दिनमा दैनिक दुई सय जना आउनुहुन्छ । किट जम्मा २५ वटा छ त्यस कारण अनावश्यक लाग्ने अवस्थामा किट प्रयोग गर्दा चाहिने बिरामीका लागि अभाव हुन सक्छ । त्यसो हुनाले हामीहरुले पहिला सामान्य रगतको जाँच गर्ने, चेक गर्दा सेतो रगत कम भएमा ल्याबमा आँफै डेगुं चेक गरिदिनुहुन्छ । डेगुं चेक गरेका १५ मिनेटमा पत्ता लगाउन सकिन्छ डेगुं लागेको छ कि छैन भनेर ।
७. डेगुं सरुवा रोग हो की होइन ? मान्छेमा त ठुलो आतंक देखिन्छ नि ?
सरुवा भन्नाले मान्छेबाट मान्छेमा सर्ने रोग त होईन । तर, डेगुं लागेको मान्छेलाई लामखुट्टेले टोक्यो र त्यँही लामखुट्टेले अर्को मानिसलाई टोक्यो भने त्यो सिधै टोके बराबर हुन्छ । लामखुट्टेमा पनि सवै प्रकारका लामखुट्टेले टोक्दैमा सर्दैन । यो लामखुट्टे कस्तो छ भने हामीहरुको भाषामा एडिज लामखुट्टे भन्छौ, यो लामखुट्टे सबै कालो हँुदैन । सेतो सेतो पाटे भएको हुन्छ । यो लामखुट्टे डेगुं भाईरस सार्ने हो । यदी यो लामखुट्टेमा डेंगु भाईरस छैन भने डेगुं सर्दैन ।
८. अब डेंगु नहुनका लागि के गर्ने त ?
अघि नै भनिसके मैले डेगुं भाईरसले लाग्ने रोग हो । यसरी डर लाग्दो रुपमा आएको छ । यो भाईरसलाई ठ्याकै मार्ने उपचार हुँदैन । अझ सम्म उपचार पत्ता लगाएको छैन । अहिले सम्म त्यो बिरामीमा के को कमी छ, त्यसलाई पुर्ती गर्ने हो । जसमा रगतको कमी भए रगत दिने, सेतो रगतको कमीमा सेतो रगत चढाउने हो । जे–जे उसमा समस्या हुन्छ, त्यसको उपचार गर्ने हो । त्यो भाईरसलाई नै मार्ने उपचार, औषधी अहिले सम्म छैन । तर, हामीहरुले के बुझनु प¥यो भने लामखुट्टेलाई नियन्त्रण गर्न सकिन्छ नि । भाईरस आँखाले देखिन्न, मछेड त आँखाले देखिन्छ नि । त्यस कारण झुल लगाउने, घर वरपरा सरसफाई गर्ने पानी जम्न नदिने हो । अझ यो भाईरसको लामखुट्टेले दिनमा टोक्दछ । हाम्रो शरिरको तल्लो भागमा टोक्न रुचाउँछ । यो भाईरस भएका मछेडहरु झारपात भएको ठाउँमा भन्दा पनि पानी जमेको ठाउँमा गएर लामखुट्टले अण्डा पार्न सक्छ । त्यो भयो मिनिरल वाटरको बिर्कोमा पानी जमेको छ भने पनि त्यसमा अण्डा पार्न सक्छ । त्यसकारण यी सबै कुराहरु हामी मानिसहरुले नै सृजना गरेका कुरा हुन् । त्यसैले सरसफाईमा ध्यान दिईयो भने लामखुट्टे हुदैनन् र मछेड भएन भने डेगुं हुँदैन । डेगुं लाग्ने भनेको दिनमा लाग्ने लामखुट्टेले टोकेका कारणले हुन्छ ।
९. डेगुं भइहाल्यो भने चाहि के गर्ने ?
सबै भन्दा पहिले डेगुं लाग्यो भने नआत्तिनु होस् । शान्त भएर बस्नुहोस, चिकित्सकसँग सल्लाह लिनुहोस् । सबैमा ज्वरो आउँदैमा, टाउँको दुख्दैमा डेगुं नै हुन्छ भन्ने छैन । कमजोर मानिस र स्वस्थ मानिसमा फरक–फरक हुन सक्छ । कतिपय बिरामी घरमै बसेर चिकित्सकको सल्लाह अनुसार उपचार गराउन सकिन्छ । त्यस्ता बिरामीहरुले धेरै पानी पिउनु पर्दछ । दुखाई कम गर्ने औषधी खानु पर्दछ तर दुखाई कम गर्ने औषधिमा नि प्यारा सिटामोल बाहेक अरु खानु हँुदैन । निम्स, बुफ्रिनहरु खाने चलन छ दुखाई कम गर्ने तर ति औषधिले डेगुंले रगत पातलो बनाउँछ । तिनीहरु औषधीले झन् रगत पातलो बनाईदिन्छ । त्यसकारण हल्का टाउँको दुख्यो भन्दैमा घरमै निम्स, बुफ्रिनहरु खानु हँुदैन । हस्पिटलमा आएर चिकित्सकको सल्लाह अनुसार खानु पर्दछ । सबै भन्दा हामीलाई डेगुं लागेमा आँफै हतोत्साही होइन, सर्तक हुनु पर्दछ । आँफुले गर्दा अरुलाई नसरोस् भन्नका लागि झुलको प्रयोग गर्नुपर्दछ ।
१०. डेंगु भएका बिरामीलाई परिवार, आफन्त र छरछिमेकले कस्तो भुमिका सहयोग गर्नुपर्छ ?
डेगुं भएको बिरामी आत्तिनु हँुदैन । बनको बाघले नखाए पनि मनको बाघले खान्छ भन्छन् नि । यसकारण मलाई डेगुं लाग्यो म मरिहाल्छु भन्ने सोँच्नु भएन । भारतमा कति धेरैलाई लागेको छ अफ्रिकामा पनि धेरैलाई लागेको छ तर, लागेका जति मरेका छैनन् । डेगुं लागे पछि निरन्तर औषधी खाने, भर्ना भएर बस्न परे पनि हस्पिटलमै बस्ने, सरसफाईमा ध्यान दिने, पोषिलो खानेकुरा खाने, परिवारले साथ दिने हौसला दिने ठिक हुन्छ भन्ने गर्नुपर्दछ ।