पानी पिउँदा यी १० कुरामा ध्यान दिनुहोस्

आदर्श अनलाइन
भनिन्छ:- पानी जिन्दगानी हो । पानी जीवनको लागि अपरिहार्य चीज हो । आयुर्वेद र योगमा पानीलाई भोजन भन्दा पनि महत्वपूर्ण मानिएको छ । हाम्रो शरीर करिब ६० देखि ७० प्रतिशतसम्म पानीले बनेको हुन्छ । शरीरमा हरेक दिन ६ देखि १० गिलाससम्म शरीरको लागि पानीको आवश्यकता पर्छ । पानीलाई औषधीका रुपमा पनि प्रयोग गरिन्छ ।

तर, पानी पिउने सही तरिका थाहा नपाउँदा यसले शरीरमा हानी पनि पु–याउन सक्छ । थाहा पाउनुस् पानी पिउने सही समय र तरिका यस्ता छन् ।

१‍। एकैचोटी धेरै पानी पिउने गर्नुहुँदैन यसोगर्दा शरीरमा पाचन प्रक्रियामा खराबी आउनसक्छ ।

२। खाना खाएलगतै वा खाना खानु केही समयअघि पानी पिउनुहुँदैन । यसले शरीरको पाचनरसलाई असर गर्छ र कब्जियत ,अपच जस्ता समस्याहरु देखापर्नसक्छ । खाना खाएको दुईघण्टापछि पानी पिउनु स्वास्थ्यको लागि उपयुक्त मानिन्छ ।

३।घामबाट र शौचालयबाट फर्केलगतै पानी पिउनु पनि स्वास्थ्यको लागि खराब मानिन्छ ।

४। बिहान शौचालय जानुअघि पानी खानु स्वास्थ्यको लागि राम्रो मानिन्छ । धेरै चिसो पानी शरीरमा पचाउन गाह्रो हुने र तातो पानी चाँडै पच्ने गर्छ । त्यसैले विरामीलाई तातो पानी खुवाउनु पर्छ ।

५। पानी प्यास लाग्यो भनेर हतारिँदै पानी पिउनु हुँदैन । पानी पिउँदा उभिएर पानी पिउनुहुँदैन यसले घुँडामा समस्या हुनसक्छ । त्यसैैले पानी पिउँदाखेरि जहिलेपनि बसेर मात्रै पानी पिउनुपर्छ ।

६। खाली पेटमा प्यास लागेमा केही चीज खाएपछि मात्रै पानी पिउनु उपयुक्त मानिन्छ ।

७। राति निन्द्राबाट उठेर एक्कासी पानी पिउँदा ज्वरो आउने सम्भावना हुन्छ ।

८। पानी पिएलगतै दौडिने वा खेल्ने गर्नुहुँदैन ।

९। पानी पिउँदा निकै तनावमा पिउनु राम्रो मानिँदैन,शान्त भएर पानी पिउनु नै राम्रो हुन्छ ।

१०। पानी पिउँदा कहिलेपनि सुतेर पिउनु हुँदैन । र, अँध्यारो समयमा पनि पानी पिउनुहुँदैन । पानी पिएपछि पहिलो सास नाकबाट नभइ मुखबाट छोड्नु उपयुक्त मानिन्छ । -एजेन्सीको सहयोगमा

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *