शरीरको दाग बोक्सीले टोक्या होइन, यी हुन् कारण र उपचार विधि

आदर्श अनलाइन
बोक्सी कुनै बेला निकै ठुलो त्रास, हाउगुजीका रुपमा समाजमा बिद्यमान थियो । तर, पछिल्लो समय यस प्रतिको अन्धबिश्वास घट्दै गएको छ । कहिलेकाही शरीरमा कालो वा गाढा निलो दाग देखिने गर्छ । कुनै जनवारले टोके जस्तै लाग्ने यस्तो दाग शरीरमा कसरी भयो रुआश्चर्य लाग्न सक्छ । कसैले त यस्ता दागलाई बोक्सीले टोकेको समेत भन्ने गर्छन् । बिहान उठ्दा शरीरमा निलडाम देखिए ‘बोक्सीले टोकेको’ भ्रम पाल्ने गरिन्छ । तर, विशेषज्ञहरु भने शरीरमा देखिने यस्ता दाग वा निल डाम आन्तरिक रक्तश्रावका कारण हुने बताउँछन्

यस्ता दागहरुलाई मानिसहरुले सामान्य ठानेपनि यसले भने घातक निम्त्याउन सक्ने चिकित्सकहरु बताउँछन् । आन्तरिक रक्तश्राव हुने कारण शरीरमा प्लेटलेट्सका कारण हुने गर्दछ ।
एउटा स्वस्थ व्यक्तिको शरीरमा डेढ लाख देखि ४ लाखको हाराहारीमा प्लेटलेट्स हुने गर्दछ । यदी कुनै व्यक्तिको शरीरमा प्लेटलेट्को संख्या ४० हजार भन्दा कम रहेको अवस्थामा उक्त व्यक्तिमा गम्भीर समस्या उत्पन्न हुने खतरा बढेर जाने गर्दछ ।

विशेषगरी, ३० हजार भन्दा कमको संख्यामा प्लेटलेट्स हुने व्यक्तिलाई हात, खुट्टाका साथै मस्तिष्क, पेट लगायतको भागबाट समेत आन्तरिक रक्तश्राव हुने सम्भावना अधिक हुने गर्दछ । यस्ता व्यक्तिलाई औषधीद्धारा प्लेटलेट्स बढाउने वा प्लेटलेट्स चढाउन सकिन्छ ।

के हो प्लेटलेट्सको कमी

मानव शरीरमा रक्तसञ्चारका लागि रातोरक्त कोषिका, सेतो रक्तकोषिका तथा प्लेटलेट्स महत्वपूर्ण मानिन्छ । बोनम्यारो अर्थात नानी मासुमा बन्ने यस्ता कोषिकाले रगत बनाउने काम गर्छ ।

यदी कुनै कारणवस बोनम्यारोले प्लेटलेट्स बनाउन नसकेको अवस्थामा रगत नजम्ने र त्यसबाट रक्तश्राव हुने स्थितिको सिर्जना हुने गर्दछ ।

शरीरमा बोनम्यारो सम्बन्धि रोगहरु ९ल्युकेमिया, लिम्फोम, माइलोमा, माइलोडिसप्लास्टिक, माइलाबाइबोसिस० भएमा पनि प्लेटलेट्सको उत्पादनमा कमी भई थ्रोम्बोसाइटोपेनिया हुने गर्दछ । इम्यून थ्रोम्बोसाइटोपेनिया प्लेटलेट्स सम्बन्धि रोग हो ।

किन हुन्छ शरीरमा प्लेटलेट्सको कमी

मानिसको रगतमा विभिन्न कारणले प्लेटलेट्सको कमी हुने गर्दछ । आणुवंशिक रोग, रक्त क्यान्सर, किमोथेरापी, विभिन्न औषधीको प्रयोग, विभिन्न रोगको संक्रमणका कारण पनि शरीरमा प्लेटलेट्सको कमी हुने गर्दछ ।

शरीरमा प्लेटलेट्सको कमी भएमा शरीरबाट रक्तश्राव हुने गर्दछ । यस्ता रक्तश्रावलाई समयमै नरोके शरीरमा रगतको कमी भई ज्यान समेत जान सक्छ ।

शरीरमा प्लेटलेट्सको कमी र दाग

मानव शरीरमा प्लेटलेट्सको कमी भएमा शरीरका विभिन्न भागबाट आन्तरिक वा बाह्य रक्तश्राव हुने गर्दछ । छालाको तलपट्टी वा भित्री भागमा आन्तरिक रक्तश्राव भएमा शरीरका विभिन्न भागहरुमा निल डाम वा टाटा देखिने गर्दछ । शरीरको कुनै एक ठाउँमा मात्र पनि यस्ता दाग देखिनु आफैमा घातक हो ।

शरीरको कुनै एउटा अंगमा दाग देखिनु भनेको त्यस ठाउँमा आन्तरिक रक्तश्राव हुनु भएकोले शरीरका कुनै एक अंगमा आन्तरिक रक्तश्राव हुने व्यक्तिलाई शरीरको जुनसुकै भागबाट रक्तश्राव हुने खतरा उत्तिकै हुन्छ ।

शरीरमा रक्तश्राव हुनुको लक्षण

शरीरमा आन्तरिक वा बाह्य रक्तश्राव हुने गर्दछ । विशेषगरी शरीरमा प्लेटलेट्सको कमी हुने व्यक्तिलाई गिजाबाट रगत बग्ने, नाकबाट रगत बग्ने, महिनावारी हुदाँ धेरै रगत बग्ने, पिसाबमा रगत देखिने, कालो दिशा आउने, शरीरमा दाग वा निल डाम देखिने गर्दछ । यस्ता लक्षण हुने व्यक्तिको रगतमा प्लटलेट्सको कमी हुने गर्दछ ।

हात खुट्टामा धेरै रक्तश्राव हुनुका कारण

शरीरका अन्य भागको तुलनामा हात, खुट्टा बढी चल्ने गर्दछन्, जसका कारण हात, खुट्टाका मांसपेशी बढी चलायमान भई ठोक्किने गर्दछ र उक्त ठाउँहरुमा दाग बस्ने तथा आन्तरिक रक्तश्राव हुने गर्दछ । तर यदी कुनै मानिस जसलाई कतै चोटपटक लागेको छैन तर शरीरमा दाग वा निल डाम छ भने चाहिँ उनीहरुले विशेष सर्तकता अपनाउन जरुरी छ ।

रक्त क्यान्सर भएका व्यक्तिलाई अक्सर प्लटलेट्सको कमी हुने भएकाले यदी कुनै व्यक्तिको शरीरमा बारम्बार निलडाम देखिन्छ वा दाग देखिन्छ भने, एक पटक अवश्यक चिकित्सकका जाँच गराउनु पर्दछ ।

के छ त उपचार ?

शरीरमा प्लेटलेट्को कमी हुनु खानपानसित नहुने भएकोले, प्लेटलेट्सको कमी हुने व्यक्तिलाई औषधीद्धारा वा शरीरमा प्लेटलेट्स चढाएर पनि उपचार गर्न सकिन्छ । त्यस्तै शरीरमा चोटपटक लाग्न नदिने, धारिलो हतियारको प्रयोग नगर्ने लगायत विशेष सावधानी अपनाउन जरुरी छ । -एजेन्सीको सहयोगमा

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *