गर्मीमा कोरोना संक्रमण रोकिन्छ ? पढ्नुस् यसरी फैलन्छ भाइरस

आदर्श अनलाइन

कोरोना भाइरसको संक्रमण प्रथम पटक गत डिसेम्बरमा चीनको वुहान सहरमा देखिएको थियो। त्यसपछि यसको संक्रमण विश्वका १ सय ९३ देशमा फैलिसकेको छ। कोरोनाबाट बँच्नका लागि विभिन्न देशका सरकार आफ्ना नागरिकहरुलाई सतर्कता अपनाउनका लागि अपिल गरिरहेका छन्।

केही स्थानहरुमा गर्मीमा कोरोना भाइरस नष्ट हुनसक्ने भनी विभिन्न तर्कहरु आइरहेका छन्। कोही कोही त तातोपानी पिउनाले‚ तातोपानीले नै नुहाउनाले भाइरस नष्ट हुने बताइरहेका छन्।

विभिन्न सामाजिक सञ्जालहरुमा त युनिसेफलाई स्रोत बताएर तातो पानी र सूर्यको किरणद्वारा भाइरस नष्ट हुन्छ समेत भनिएको छ। आइसक्रीम जस्ता चिसा पदार्थ नखानाले कोरोना संक्रमण कम हुन्छ भन्नेजस्ता अफवाहहरु भाइरल भइरहेका छन्। यस्ता सूचनादेखि होसियारी अपनाउनका लागि पनि विभिन्न संघसंस्थाहरुले यसका विरुद्ध सूचनाहरु फैलाइरहेका छन्।

यसरी फैलन्छ कोरोना भाइरस

यूनिसेफका एक कर्मचारु वाली कार्लेट गोर्निज्कलाई यी सबै विषयका बारेमा सोध्दा उनले यस्ता कुरा भ्रम र अफवाह भएको बताए। उनी भन्छन्‚ ‘अचेल यूनिसेफको नाम दिएर आइसक्रिम र चिसा पदार्थबाट टाढा रहेमा कोरोना भाइरसबाट बच्न सकिन्छ भन्ने खाले म्यासेजहरु आइरहेका छन्। यी सबै भ्रामक हुन्।’

जब संक्रमित व्यक्तिले खोक्ने अथवा हाच्छ्यू गर्ने गर्छ त्यसबेला सासको माध्यमबाट सो भाइरस अर्को व्यक्तिमा सर्ने गर्छ। मानिसले एक पटक हाच्छ्यूँ गर्दा ३ हजारभन्दा बढी कण ९ड्रपलेट्स० शरीरबाट बाहिर आउँछन्।

संक्रमित व्यक्तिको नजिक जाँदा सासको माध्यमबाट यो भाइरस जो कोहीको शरीरमा पनि प्रवेश गर्न सक्छ। कहिलेकाहीँ यस्ता कण कपडा‚ दराजको ह्यान्डिल र सामानमाथि पनि झर्न सक्छन्। त्यस्ता स्थानमा कसैले आफ्नो हात पुर्‍याए र त्यो हातले आफ्नो नाक‚ आँखा र मुख छोएमा पनि संक्रमण फैलन सक्छ।

कोरोना शरीर बाहिर कति दिन सम्म बस्छ ?
‘अमेरिकन नेशनल इन्स्टिच्युट एण्ड हेल्थ’ले आफ्नो रिसर्चका अनुसार यो भाइरस थुकका कणमा ३/४ घण्टासम्म बाँच्छ। र हावा पनि तैरिन सक्छ। तर यदि यो भाइरस दराजको ह्यान्डल‚ लिफ्ट बटनजस्ता धातुमा रहेमा ४८ घण्टासम्म सक्रिय रहन्छन्।

यदि त्यही कण स्टिलको धातुमा रहेमा २/३ दिनसम्म भाइरस सक्रिय रहन्छ। केही पुराना अनुसन्धानका अनुसार कोरोना भाइरसले यदि आफ्नो अनुकुल स्थान पाएमा यो एक सातासम्म पनि सक्रिय रहन सक्छ। कपडाजस्ता नरम वस्तुमा कोरोना भाइरस धेरै समय टिक्न सक्दैन।

यस्तो बेलामा यदि एक दुई दिनसम्म एउटैमात्र कपडा नलगाउने हो भने भाइरस धेरै सक्रिय रहन पाउँदैन। कोरोना भाइरसको कण भएको स्थानमा छुनासाथ त्यो भाइरसबाट हामी संक्रमित हुने भन्ने चाहीँ होइन। त्यस्ता स्थानमा छोएको हात आफ्नो मुख‚ आँखा‚ नाकको माध्यमबाट भित्र जाने सम्भावना प्रवल हुन्छ। त्यसैले हातलाई यस्ता संवेदनशील अङ्गमा नलैजाँदा यसको संक्रमणको संभावना कम हुन्छ।

भाइरसलाई गर्मीको प्रभाव कति ?

कोरोना भाइरस ६०/७० डिग्री सेल्सियसको तापक्रममा पनि नष्ट हुँदैन। कसैको शरीर भित्र यति तापमान हुँदैन। केही भाइरस तापमानको वृद्धिसँगै नष्ट हुने किसिमका हुन्छन्। तर‚ कोरोना भाइरसमा तापमान वृद्धिको कत्तिको असर पर्छ ?

यसको बारेमा बेलायती डाक्टर सारा जार्भिसका अनुसार सन् २००२ नोभेम्बरमा सार्स महामारी सुरु भएको थियो जसको संक्रमण जुलाईमा रोकिएको थियो। तर यो तापमानको बदलावको कारणले भयो अथवा केही अन्य कारणले यो भने भन्न मुश्किल नै छ।

भाइरसको विषयमा अनुसन्धान गर्ने डाक्टर परेश देशपाण्डेका अनुसार गर्मी मौसममा कसैले हाच्छ्यूँ गर्दा त्यहाँबाट निस्किएका कणहरु जमिनमा खस्ने र घामका कारणले छिट्टै सुक्ने भएकाले संक्रमण कम हुनसक्ने हुन्छ। –एजेन्सीको सहयोगमा

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *