सहकारी बैंकले बाँड्यो संरक्षित पूँजी फिर्ता कोषको रकम

आदर्श अनलाइन
राष्ट्रिय सहकारी बैंकले आर्थिक वर्ष २०७५÷०७६ को संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँड गरेको छ ।

बैंकले संरक्षित पूँजी फिर्ता कोषबाट प्राप्त हुने रकम बैंकमा नियमित कारोबार गर्ने सदस्य संघ/संस्थाको खातामा जम्मा गर्ने व्यवस्था मिलाएको छ ।

सदस्य संघ/सस्थाले जम्मा गरेको बचत रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजको लागि ६० प्रतिशत भारको आधारमा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँड गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले जानकारी दिनुभयो ।

बचत र कर्जा कारोबार गर्ने ११ हजार १ सय २५ सहकारी संघरसंस्थाहरु संरक्षित पूँजी फिर्ता कोषबाट लाभान्वित भएका छन् ।

बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरे वापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचततर्फ १६ लाख ६१ हजारसम्म र कर्जातर्फ १० लाख ३२ हजार रुपैयाँसम्म प्राप्त गर्न सफल भएको गुरागाईले जानकारी दिनुभयो ।

५० हजारभन्दा बढी संरक्षित पूँजी फिर्ता कोष रकम प्राप्त गर्ने सहकारी संघरसंस्था ३ सय ९८ रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *