कोेरोना र सबै प्रकारका रोगबाट बच्ने र स्वस्थ बन्ने उपाय

– जीवन शाक्य

कामको लागि ठूलो संख्यामा भारत गएका नेपाली दाजुभाईहरु भारतमा फैलिदो कोराना संक्रमणका साथै काम नपाएर बाध्यताबस नेपाल फर्कने क्रम बढ्दै गइरहेको अवस्थामा नेपालमा संक्रमण डरलाग्दो रुपमा बढ्दो छ । संक्रमितको संख्या अहिले ६ हजार नाघी सकेको छ भने केहि महिनामानै लाखौंको संख्या पुग्ने, उपचार र रोकथाम धान्नै नसकिने रकम खर्च हुने निश्चित छ ।

संक्रमित संख्या २३ सय मात्रै पुगेको र केहि मान्छेहरुको मृत्यु भएको बेलामा रु १० अर्व खर्च भएको घोषणा सरकारबाट भैसकेको छ । संक्रमण रोकथामका साथै मृत्युदर घटाउन पि.सि.आर टेष्ट गर्नै पर्ने बाध्यता हो । तर यसमा ठूलो धनरासी खर्च हुने भएकोले सरकारले अहिले देखिनै पि.सि.आर टेष्टको लागि आनकानी गरिरहेको देखिन्छ । साथै फर्केकाहरु सम्पर्कमा आउने वित्तिकै ब्यवस्थित क्वारेन्टाईन, आईसोलेसन र संकास्पद विरामीहरुलाई अस्पतालमा निश्चित अवधी सम्म उपचारमा राख्नु पर्ने देखिन्छ । साथै अन्र्तराष्ट्रिय उडानहरु र सिमामा अब्यवस्थित आवत जावत बन्द गर्दै हामी सबैले सामाजिक क्षेत्रहरुमा भिडभाड हुन नदिने, सामाजिक दुरी कायम गर्दै भिडभाड र पसलमा बस्दा मास्क लगाउने र सरसफाईमा ध्यान दिनुपर्ने उत्तिकै अनिवार्य आवश्यकता छ ।

सरकारको मात्र भर नपरेर हरेक ब्यक्तिले आफ्नै लागि र परिवारले संक्रमण बढन र जटिल हुन नदिन गर्नु पर्ने वा अपनाउनु पर्ने सर्तकताहरु बारे पहिलै सचेत भएर बस्ने ब्यक्तिगत पारिवारिक र समाजिक दायित्व पुरा गर्नु पर्ने बाध्यताहरुलाई गहिरो सँग बुझेर सावधानीहरु अपनाउनै पर्छ । होइन भने परिवार र समाजमा संक्रमण फैलाउने सामजिक अपराधी बन्नु पर्ने अवस्था छ ।

कोरोना संक्रमण भएर मृत्यु हुनु भनेको रोग सँग लड््ने क्षमता न्युन भएर हो । चिनी रोग लागेका, मुटुरोग, कोलेष्टेरोल धेरै भएका, उच्चरक्तचाप, किडनी, कलेजोका दीर्घ रोगीहरु, थाइराईड, क्यान्सर, टि.वी का दीर्घ विरामीहरु, धेरै मोटो र दुब्लो मान्छेहरु, धेरै समय उदास चिन्ता र थकाईमा रहनेहरु, रोग संग लड्ने क्षमता कमजोर गराउने औषधि खाने विरामीहरु, गर्भवती सुत्केरी महिलाहरुमा कोरोनाको जटिलता हुने सम्भावना धेरै हुन्छ । यस्तो अवस्था भएका विरामीहरुले र स्वस्थ ब्यक्तिहरुले पनि पोषिलो खानपानका साथै दिमाग बलियो बनाउने योग अभ्यास र ध्यान गर्नु पर्ने हुन्छ ।

बाल अवस्था देखि आधारभुत सकारात्मक सिकाईहरु, योगा, ध्यान र व्यवसायीक शिक्षाहरु नभएको भ्रष्टाचारका कारण आर्थिक सामाजिक विकास हुन नकेको, गरिवी, छुवाछुत भेदभाव कायम भएको, वस्तुभाउ, शिक्षा दिक्षा, स्वास्थ्य उपचार धेरै महंगो भएर प्रायको इच्छा चाहना पुरा नभएको हाम्रो जस्तो देशमा रिस, राग, इष्र्या, वासना, लोभ, मोह, कुण्ठा, र असफलताले दिमाग बढि आक्रान्त छ । यसले रोग सँग लडने सोच र क्षमता ज्यादै न्यून गराउन सकछ । अत ब्यक्ति परिवार समाज समुदायले दिमाग सिर्जनशिल वा सकारात्मक सोचले बलियो बनाउने योग ब्यायाम, प्राणायाम ध्यान जस्तो आधारभुत सिकाइलाई विद्यालय क्याम्पसमा अभ्यास गराउनुका साथै सबै ब्यक्ति परिवारले यसलाई घरमा पनि अपनाउनु धेरै सुन्दर पक्ष हो । साथै पोषण बारे शिक्षित ब्यक्तिहरु पनि अनभिज्ञ रहेको र स्वादको लागि खानपान बढी गर्ने गरेको हाम्रो अविकशित समाजमा विद्यालय स्तर देखि र परिवारले राम्रो अध्यन सिकाई र अनुशरण गनु जरुरी छ ।

स्वास्थ्य वर्धक खानपानः
१) नसर्ने रोग लागेका वा लाग्ने जोखिम भएका मोटा, जोर्निहरु दुखाउने मान्छेहरुले विहान वेसार वा जिरा राखिएको मनतातो पानी पिउनु पर्छ । हरेक दिन विहान वाथरुम जानु अघि ३०० देखि ५०० एमएल पिउने त्यसपछि आधा घण्टा ब्यायाम प्राणायाम, र आधा घण्टा ध्यानका वा सकारात्मक सोचाइको लागि दिमाग प्रोगामिङ गर्नु जरुरी छ ।

२) यसपछि मात्रै सकिन्छ भने फलफुल, सुन्तला, स्याउ, अनार वा भुइकटहरको ताजा जुसमा आधा चम्चा सम्म दालचिनीको धुलो राखेर पिउनु धेरै स्वस्थकर हुन्छ वा चारथरि स्थानिय फलफुल खानु पेटको लागि धेरै फाइदाजनक हुन्छ । फलफुल सम्भव नभए गाजर, मुला, ब्रोकाउली वा आलो हरियो काचै खान सकिने सागहरु, वोडीलाई मेसिनमा पिनेर पिउनु पनि एकदम खराब कोलेष्टेरोल लगायत शरिरमा थुप्रिएका खराब रासायनिक तत्वहरु फाल्ने एकदम स्वस्थ्यकर उपाय हो । साथै सफा तातोपानीले धोएर वा केहि समय उमालेर मनतातो अवस्थामा सलादको रुपमा चपाएर खान पनि सकिन्छ । यसरी कुनै पनि रोग लागेका वा स्वस्थ ब्यक्तिलाई पनि फाइदाजनक छ । विहानै चिया, दुनोट, बट्टा पोकाको रसायनिक खानेकुराहरु, फ्राई गरेको रोटी अण्डा, गेडागुडी तरकारी वा विस्कुट चाउमिन, पाउरोटी वा मासु खानु भनेको नसर्ने रोगमा घिउ थप्ने सरह हो । यस्तै बालबालिकाहरुलाई चिजबल, चिप्स, बरफ, बिस्कुट खुवाउनु भनेको कुपोषण, रोगी वा दिमाग कमजोर बनाउनु हो ।

३) विहानको खाना ४ या ५ घण्टा पछि अर्थात १२–१ बजे तिर ३ हजार ४ सय ग्राम ३–४ थरि हरियो सागपात गाजर लगायत सलादहरु एक प्लेट खाइसकेर अन्न जन्य खानाका साथै दाल पानीमा पहिलै भिजाएको वा टुसा उमारिएको खानु सजिलै छिटै पच्ने र पेटको लागि धेरै स्वस्थ्यकर हुन्छ । सुख्खा गेडागुडी दालहरुमा नपच्ने तत्व बढी हुन्छ । एक दुई दिन भिजाएर पकाउनु राम्रो हुन्छ । साथै तरकारी सागहरु, काउली, व्रोकाउली, सिमी, बोडी, हरियो परिया,े नुन चिल्लो कम हालेको बासी नभएको वा पहिलै तयार पारिएको घरिघरी नताएको हुनु जरुरी छ । मासु पचाउन कठिन र खराब चिल्लो बढी हुने पचाउन कठिन भई पेटमा सड्ने भयो भने रोग तेत्कालै पछि लाग्ने समस्या हुने डर बढी हुन्छ । यस्तो अवस्था घरिघरी दोहरिनु भनेको नर्सने रोगले धेरै सम्भावना रहन्छ । खाना ४ भागमा ३ भाग वा ठिक्क खानु जरुरी छ ।

त्यसपछि दिउसो थप खाजा खान मन छ भने सुख्खा फलफुलहरु काजु, पिस्ता बदाम, किसमिस, छोकडा, दाँते ओखर वा फलफुल अलिकति खाने र साँझमा ७ बजे भित्र विहानको खाना झै खाने हो भने विरामी हुने भनेको असम्भव कुरो हो भन्नुहुन्छ केहि महान अध्यात्मिक योगी ठूला चिकित्सकहरु, पोषण विज्ञहरु । साथै माछा, मासु अण्डा बढी चिल्लो राखिएको वा फ्राइ गरेको खाना, चिसो पिउनु, मादक पदार्थ वा रक्सी संग खानु छिटै रोग निम्त्याउनु नै हो भन्नुहुन्छ ।

कोरोना संक्रमित विरामीहरुले घण्टा घण्टामा थोरै थोरै मरिच, दालचिनी वा तुलसी पत्ता राखेको तातोपानी पिउने र वाफ लिने गरिराख्दा भाईरस पेटमा निलिन्छ र फोक्सोमा संक्रमण फैलिने कम गर्न सकिन्छ । साथै गिलोइ वा अमृता भनिने गुर्जोलाई पनि त्यसै एक दुईवटा साना–साना टुक्रा पनि खान सकिन्छ धोएर ।

योगा ब्यायाम प्राणायामःध्यान
विहान पहिला डुल्ने वा शरिर तन्काउने एरोविक सबै अंगको ब्यायम हुनेगरि ३ देखि ५ मिनेट गर्ने । त्यस पछि ढाड सिधा पारेर १५ मिनेट कपालभाटी, अन्लोम विन्लोम, भाष्टिका प्रणायाम गरे पछि पनि पुग्छ । त्यसपछि ५, ७ मिनेट स्वासको गति जस्तो छ त्यस्तै रुपमा आउने जाने स्वासप्रति ध्यान दिदै अवलोकन गर्ने, स्वीकार गर्ने प्रतिक्रिया केहि नगर्ने प्रतिक्रिया गर्दा तनाव हुन्छ विरोध हुन्छ उर्जा नष्ट हुन्छ । त्यसपछि आराम अवस्थामा बसेर वा शवासनमा पल्टेर स्वीकार अवस्थामा शरिरका सबै अंगहरुलाई ५ मिनेट ध्यान दिदै तल देखि माथी सम्म विना प्रतिक्रिया शिथिल शान्त होस भन्दै आत्म सुझाव दिदै शिथिल गर्दै जाने संगै अवलोकन पनि विना प्रतिक्रिया गरिरहने । शरिरका कम्पन, मुटुको ढुकढुकीहरुको गति चाप वेग मनको भावलाई नियालीरहने विरोध नगर्ने, शरिरको कूनै पनि भागमा दुखाई, कम्पन, बेग, चाप बढी हुन्छ भने त्यो भाग अस्वस्थ भएको हुन्छ । नियाल्दा नियाल्दै वा अवलोकन गर्ने भगवान गौतम वुद्धले सिकाउनु भएको विपश्यना वा पहिलाको अनापान सति यो ध्यानविधी केहि दिनको अभ्यास पछि, मन शरिर सबै शान्त, स्वच्छ, भएको अनुभुति हुन्छ दिमागले आराम पाउछ यसलाई पनि नियालिरहने अवलोकन गरिरहने । यहि अवस्थालाई आधा घण्टा सम्म गर्ने ।

सकरात्मक दिमाग प्रोगामिङ गर्ने
बेलुकी राती सुत्नु अघि स्वआशनमा पल्टेर आउने जाते स्वासलाई हेर्दै शरिर शिथिल पार्ने र आफ्नो बारेमा सकारात्मक भाव राख्दै आफू निको, स्वस्थ बलियो र दक्ष भएको कल्पना गर्ने वा अनुभुति गर्ने । त्यो अवस्थामा आफु हुने ठाउँ, समय र आफु सफल सक्षम भएको बारे अरुले के कस्तो प्रतिक्रिया दिइरहेको हुन्छ त्यो पनि कल्पना गर्दै नियाल्ने यसरी निदमा वा योग निद्रामा जाने कुराहरु पनि सिकाउनु हुन्छ सन्त बुद्ध ब्यक्तिहरु, म पनि यसैको अभ्यासमा छु केहि महिना देखि । आउनुस यस्ता आधारभुत सिर्जनात्मक सिकाईहरु अनुशरण गरौं, स्वस्थ बनौं, अकालमा रोगी विरामी भएर हुने दुख कष्ट र पैसाको ह्रासनास गराउने उपभोगी, भोगी संस्कार र समस्या बाट बचौं ।

यो पनि पढ्नुहोस्