मिठो निद र विश्राम पाउने उपाय

जिवन शाक्य
राम्रो निद वा विश्राम पाउनु भनेको स्वास्थ्यका लागि अति आवश्यक कुरो हो । प्रत्येक सामान्य मान्छेलाई दैनिक ६,७ घण्टा निद वा रात्री विश्राम पाउनु जरुरी हुन्छ । तब मात्र विहान उठ्दा शरिर मन हलुकोपन, ताजापन वा स्वास्थ्यको महुशुस गर्न सक्षम हुन्छ । निद वा विश्रामका लागि सवैले सहि, निश्चित बाटो तरिकाहरु अपनाउनु आवश्यक हुन्छ । होइन भने राती निद पाउन छटपटिन पर्र्ने, निद नआउने, तनाव हुने, टाउको दुख्ने, उच्च रक्तचाप बढ्ने, शरिर भारि हुने लगायत समस्या हुन सक्छ । कामका लागि समय दिन नसक्ने वा समय खेर जाने डर वा दैनिक कामकाज गर्न कठिनाइ हुने हुन सक्छ । राम्रो निद पाउन प्रत्येक ब्यक्ति, परिवार, समाज र राज्यले आवश्यक संरचनाहरुको निर्माण व्यवस्थापन कार्य कार्यान्वयन गरिरहेको हुनु आवश्यक छ ।

स्वास्थ्य पाउन जसरी निश्चित सहि उपाय, तरिकाहरु चाहिन्छ । निद पाउन पनि त्यत्तिकै सहि उचित तरिकाहरु अपनाउनु पर्ने हुन्छ । विना समयको, श्रम स्रोतको लगानी केहि पाउन सकिदैन, सहि तरिकाहरु अपनाउन नसक्दा विश्वका विकसित देशका मान्छेहरुले राती निदको गोली खाइरहेका छन् । राम्रो निद वा विश्राम पाउन नसकेर मानसिक तनाव र छटपटिका कारण कैयौ मान्छेहरुले आत्महत्या गरिरहेका छन् । हत्या, हिंसा जस्ता सामाजिक अपराधका घटनाहरु भइरहेका छन् । राम्रो निद वा विश्राम पाउनु भनेको नैसर्गिक अधिकार पनि हो । रातीको समय सुत्न, विश्राम पाउन हो भनेर हलुका ढंगले सोचेर निद पाउन सकिदैन । यसको लागि निम्न शर्त वा ब्यवस्थापन वा उपाय गरिरहेको हुनु आवश्यक छ ।

सबैभन्दा बढि रोग लाग्न बचाउने, सजिलै पच्ने र पचाउन कम समय लाग्ने फलफुल, हरियो सागसब्जी त्यो पनि भरसक काँचै खान मिल्ने, गेडागुडी, दाल हो भने टुसा उमारिएको हुनु पच्ने खालको हुन्छ । यस्तो खाना सबैको लागि वा धेरैजसो बिरामीको लागि फाइदाजनक हुन्छ । खाना पेटको ४ भागमा ३ भाग मात्रै खानु स्वस्थकर हुन्छ ।

मिठो निद्राको व्यवस्थापन वा उपायः
सुत्ने वा ओछ्यानमा पल्टिने वित्तिकै निद आउने हुँदैन । त्यसको लागि केहि समय लाग्न सक्छ । ओछ्यान अनुकुल ठिक साईज, नरम, सम्म परेको सफा नगुम्सिने खालको हुनु आवश्यक हुन्छ ।
– सुत्ने ठाउँ वा कोठा शान्त, अध्याँरो र शितल हुनु आवश्यक छ ।

– दैनिक उचित समयमा सुत्ने, निश्चित समयमा उठ्ने गर्नुृ फाइदाजनक हुन्छ ।

– दैनिक सुत्नु अघि उत्तेजना हुने, डर त्रास उठ्ने, मनलाई बढि प्रोत्साहित वा मोटिभेसन गराउन
सुचना दिने पुस्तक, टिभि, सिरियल, सिनेमाहरु हेर्ने, मोवाइल चलाउने गर्ने गनु हँुदैन । दैनिक राति सुत्नु अघि मोवाइल चलाउदा यसवाट हुने विकिरणले टाउँको दुख्ने र पछि दिमागमा ट्युमर पनि केहि वर्ष पछि हुन्छ भनिएको छ ।

– खानपान बढि राजसी, तामसी वा बढि तेल घिउमा फ्राई गरेको पचाउन कठिन हुने गरि बढि चिल्लो राखिएको, बढि मोटाउन वा तौल बढ्ने गरि जनावरजन्य वा बिरुवाजन्य सुख्खा गेडागुडी तरकारीहरु खाएको हुनुहँुदैन, खानाको माात्रा आवश्यकता हेरी खानु आवश्यक हुन्छ । अझ बेलुकीमा सजिलै पच्ने खालको हलुका खाना खानु आवश्यक हुन्छ । होइन भने नपचेर वा पेट दुख्ने, पखाला लाग्ने, औषधि उपचारमा समय खर्चिन वा चिकित्सक खोज्ने वा अस्पताल पनि धाउनु पर्ने हुन्छ । सब भन्दा राम्रो खानामा जनावरजन्य खाना, चिसो, नशा लाग्ने मादक पदार्थ, वट्टे पोके तयारी खानाहरु नखाएकै राम्रो । निद खलबल्याउने चिया कफि,चुरोटजन्य पदार्थ बेलुकी खानु हुँदैन । अरु समयमा पनि एकदम कम हुनु आवश्यक छ । उच्च रक्तचाप, मुटु, कलेजो, क्यान्सर, चिनी रोग बढाउने अम्लियपन बढाउने दुधजन्य र यसवाट बनेको खाना पनि पचाउन कठिन हुने, बढि अनावश्यक ¥याडिकल तत्व बढाउने भएकोले नखानुनै राम्रो । एकै पटक गेडागुडी, अण्डा, माछा मासु पनि धेर्र खानुहुन्छ भने यसले पेट शरिर रक्षा गर्ने आन्द्राको झिल्लिलाई नष्ट गर्छ । पचाउन १५,२० घण्टा समय लाग्ने यस्तो खाना कुहिने सड्ने गरि नमिठो डकार आउने वा पेटको आपतकालिन अप्रेशन गराउने सम्म गराउन सक्छ । साथै छालाका धेरै रोगहरु निम्त्याउने हुन्छ ।

– सबै भन्दा बढि रोग लाग्न बचाउने, सजिलै पच्ने र पचाउन कम समय लाग्ने फलफुल, हरियो सागसब्जी त्यो पनि भरसक काँचै खान मिल्ने, गेडागुडी, दाल हो भने टुसा उमारिएको हुनु पच्ने खालको हुन्छ । यस्तो खाना सबैको लागि वा धेरैजसो बिरामीको लागि फाइदाजनक हुन्छ । खाना पेटको ४ भागमा ३ भाग मात्रै खानु स्वस्थकर हुन्छ । र खाजा खाना कम्तिमा ४, ५ घण्टाको फरकमा खाएको हुनु आवश्यक छ । र पानी पनि खाना अघि या पछि एक घण्टा सम्म धेरै खाएको हुनुहँुदैन ।

– ब्यायाम प्राणायाम वा ध्यान ः विहानको समयमा कम्तिमा आधा घण्टा देखि १ घण्टा सम्म आवश्यक हुन्छ । यसले पचाउने रसहरु, इन्जाईमहरु, हर्मोनहरु उचित मात्रामा निकाल्ने हुन्छ । जसले खाना पचाउन मात्र सहयोग गर्दैन । शरिरको खाना दहन गर्ने शारिरिक अवस्था गति तिव्रतालाई सन्तुलित राख्न मदत गर्छ । शरिरको टन्किने फुक्ने शक्ति बढाउने र अनावश्यक खराब पदार्थहरुको शरिरबाट निस्कासन गरेर रोग सँग लड्ने शक्ति वढाउँछ । यो धेरै वा थोरै पनि हुदैन ।

– ब्यापार ब्यवसाय वा दैनिक काम क्रिया पैसा समय,श्रम बढी लाग्ने खतरा विकृति बढाउने बासना भ्रष्टाचार ब्यभिचार उन्मुख वा हिंसा हत्या उन्मुख हुनु स्वास्थ्य वा निदको लागि एकदम प्रतिकुल हन्छ । ब्यवसाय कामकाज सहज, सहयोग, विश्वास, प्रेम सद्भाव, मर्यादा मैत्री उन्मुख भयो भने निद बढि गहिरो लाग्छ ।

– रात्रिकालिन विश्राम कार्यक्रम पनि सुत्नु अघि गर्ने गर्नु स्वास्थ्य, विश्राम र निदको लागि अति उत्तम हुन्छ । यो भनेको सुत्नु अघि विछ्यौनामा पल्टेपछि १५ मिनेटको समय सम्म अपनाउने विधि हो । उचित शवासनमा पल्टेपछि शरिरको खुट्टा देखि टाउको सम्म एक एक भागलाई सम्झदै, शिथिल पार्ने, शान्त होस् भन्ने, मनमा उठ्ने भाव कुराहरुलाई स्वीकार र श्रद्धाभाव राखेर शरिर शिथिल भए पछि श्वास ढुकढुकीहरुलाई भरसक मुर्दा जस्तै शान्त पार्ने अनि आफू स्वस्थ भएको, निको भएको, सफल हुन चाहेका कुराहरु शोच्ने, यसमा सफल भएको आाफनो काम, दक्ष राम्रो प्रशंसनिय भएको कल्पना गर्नै भिभ्युलाइजेसन गर्ने र यसैगरि निदमा जाने । यसले रोग प्रतिरोधात्मक शक्ति र सफलताको मात्रा बढाउन धेरै सहयोग गर्छ भनिएको छ । कोरोनाको संकटमा यो क्रिया अपनाउनु सबैको लागि अति आवश्यक उपाय पनि हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *