स्वस्थ सफल र आनन्द हाम्रो जीवन

प्रत्येक मान्छेको उदेश्य आफै र अरुलाई पनि स्वस्थ, दक्ष, सक्षम बनाएर उत्पादन सिर्जना आनन्द उत्सवमय जीवन जीउनका लागि पर्नु पर्ने पर्ने हो तर रोगी विरामी, असान्त अहंकारी लोभी विलासी क्रोधी आफै भएर आफनै र अरु परिवार समाज र विश्व विनाश गर्न लागि परेको छ ।

जीवन शाक्य
जीवन स्वस्थ सफल र आनन्दमय हुनुपर्ने, बनाउनु चेतनशिल, सामाजीक प्राणी हुनुको नाताले मान्छेका लक्ष उदेश्य मिसन यहि हुनु पर्ने हो । तर ठूलो दुर्भाग्यको कुरो संसारका प्राय मानव जाती गरिव, दुखी, रोगी, दरिद्री र अशान्त छ । पैसा, सुविधा र भौतिक स्रोत सम्पन्नताको लागि आँखा गाड्ने, एकले अर्कोलाई, एक देशले अर्को देशको अस्मिता, ब्यवशाय, आर्थिक, सामाजिक, राजनितिक माथि हस्तक्षप, अतिक्रमण गर्ने लडाई गरिरहेको छ, सहयोग मैत्री, प्रेम विश्वासको आद्रान प्रदान होइन, बलियो, धनी सुविधा सम्पन्न हुने होड चलिरहेको छ । यसको लागि मेडिया मार्फत सत्य असत्य मनलाग्दो हिसावले रेडियो टि.भी र पत्रपत्रिकाबाट प्रचार प्रसार पनि गरिरहेको छ । चोखो सत्य बोल्ने माथी पनि शंका उपशंका गर्नुपर्ने भईरहेको छ । चोर्ने, लुटने, डाँका मार्ने हतियार, वम वारुदको खेती गरिरहेको छ लडाई लडिरहेको छ । प्रेम, शान्ति, सहयोग, विश्वास, सेवा, सदभाव, मर्यादा जस्ता मानविय मूल्य मूल्यहीन भएको छ । प्रत्येक मान्छेको उदेश्य आफै र अरुलाई पनि स्वस्थ, दक्ष, सक्षम बनाएर उत्पादन सिर्जना आनन्द उत्सवमय जीवन जीउनका लागि पर्नु पर्ने पर्ने हो तर रोगी विरामी, अशान्त अहकारी लोभी विलासी क्रोधी आफै भएर आफनै र अरु परिवार समाज र विश्व विनाश गर्न लागि परेको छ । एक्काईसौ शताब्दीमा शक्ति सम्पन्न देशहरुले कोरोना भाइरस जस्तो रोग फैलाउने जैविक विषाणु बनाएर आफनो र अरु देशलाई समेत तहस नहस पार्न लागिरहेको छ ।

प्रेम, शान्ति, सहयोग, विश्वास, सेवा, सदभाव, मर्यादा जस्ता मानविय मूल्य जस्ता सकारात्मक सोच, भाव सिर्जनशिलता र आनन्द जीवनको परम्परा संस्कार हाम्रो जस्तो गरिव देशमा छोडौ, युरोप, अमेरिका, जापान आदि जस्ता विकशित देशका मानव समाजले पनि विकास गर्न नसक्नुमा गर्भ रहे देखि नमरे सम्म काम, क्रोध, लोभ मोह, इष्र्या द्वेष, अहंकार वासनाले ग्रसित भएर गर्भवति महिला, सुत्केरी बालबालिका युवा सबैलाई दुषित मनशायले प्राय ब्यवहार गर्ने गरेर हो । यसले गर्दा गर्भ रहेदेखि नै मान्छेको अचेतन, अर्धचेतन दिमाग तनाव, चिन्ता कुण्ठा आदिबाट आक्रान्त हुन्छ, फलस्वरुप सिर्जनशिलता, इमान्दारिता, लगनशिलता, दृढता र स्वाभिमान जस्ता मानविय दिमाग विकशित हुनै पाएन परिणाम स्वास्थ्य शान्ति सफलता जीवनमा कम महशुष भयो । गर्भ रहे देखि जन्मे २ वर्ष सम्म मात्र पनि ८० देखि ९० प्रतिशत दिमागको विकास हुन वा वनाउन सकिन्थ्यो तर प्राय हामी शारिरीक मानसिक रुपमा धेरै अविकशित हुर्कियौं बढ्यौं, दक्षता सिर्जनशिल विहिन बन्यौ अरुलाई पनि बनाउन सिकायौ ।

स्वस्थ, सफल र कार्यदक्षता बढाउन खानपान पनि शुरक्षित पोषिलो सजिलै पचाउन सकिने खालको, शरिरलाई हानी नोक्सानी नगरि पुष्ट्याउने खालको हुनुपर्ने हो तर स्वादको लागि बढी खाने प्रवृति बानीले गर्दा समय मिलाएर होइन जतिखेर पनि खाने, चिसो तातो मद्यपान धुम्रपान संगै खाने, बढी खराब चिल्लो पदार्थ राखिएको वा बनाईएको मासुजन्य र दुधजन्य अम्लियपन , मसाला जन्य, नुन बढी भएको, चिनी बढी भएको अजिनोमोटो टेष्ट मेकर राखिएको खाईरहेका छौं । पहिले तयार गरिएको बट्टे पोके शिसी राम्रो देखाउन रसायन राखेको खानाले सबै खालको नसर्ने रोग लाग्ने पेट खराब गराउने, रोग प्रतिरोध शक्ति कमजोर गराउने खानाले प्राय हामी रोगी विरामी भई अकालमा मर्ने, औषधी सेवन गरिराख्नुपर्ने, अपरेसन गर्नुपर्ने, पैसाको ह्रासनास गराउने खाना खाईराखेका छौ ।

भएन स्वच्छ सफा पानी पनि खान नपाईने खानलाई पानी तताउनै पर्ने बाध्यता छ । पढेलेखेका शिक्षित भनिएका ब्यक्तिहरु पनि मद्यपान, लागु पदार्थ जस्ता कुलत र चिसो तातो पेय पदार्थमा लाग्ने, प्राकृतिक खानपान, योग ध्यान धारणा, साधना जस्ता आधारभूत आवश्यकतालाई आकाशको फल मान्ने सोच भएपछि कसरी स्वस्थ हुने ।

अचेतन दिमागको असरले प्रायजसो राति विउझेको अवस्थामा हामीले आफ्नो मन शरिरको अवस्थालाई नियाल्ने हो भने मन र शारिरको ढुकढुकी गति, कम्पन, ताप, बेग र चापले मनोभाव पनि सहन नसकिने पाउछौं । यसको चाप यसको असर शरिरको कुनै भाग र दिमागमा बढी भएको र मनोभाव पनि नकारात्मक लाग्ने, यसबाट आराम विश्राम पाउन हामीलाई एकदम मुश्किल परेको हुन्छ । अझ दिनमा गल्ती कमजोरी र असफलता भयो भने कार्य गरेको छ भने रातभरि छटपटाउनु पर्ने भएको हुन्छ कति दिन अनिदो हुन्छ ठेगान हुदैन । मनोरोगले पनि समातेको हुनसक्छ । आत्महत्या, अर्काको हत्या हिंसा गर्ने गलत कार्य पनि गर्दछौं । मन र शारिरको यो अवस्था प्रति सचेत भई सकारात्मक वा स्वीकार भाव राख्न नसक्ने हो भने उच्च रक्तचाप बढेर वा दिमागमा रक्तनली फुटेर रक्तस्राव भएर मृत्युहुन वा एक हर अपांग हुने प्यारालाइसिस पनि हुन सक्छ, राति सुतेको अवस्था कति मान्छे मुटुले काम नगरेर वा दिमागमा अत्यधिक रक्तस्राव भएर मृत्यु भएको पनि हामीले देख्ने गरेका छौं । पाचन अवस्था राम्रो नभएको, राजसी तामसी खानपान, मद्यपान भएको अवस्थामा पनि यसतो अवस्था बढी अनुभव गर्न सकिन्छ ।

एकजना अमेरिकन महिला जस्को श्रीमान मद्यपान गर्ने आदतले एडिक्ट भएको हुन्छ र ती महिला गर्भवति हँुदा उनको त्यो श्रीमानले राती अवेर रक्सीले ढुनमुनिदै आउने झगडा गर्ने पिटने गर्दा निदा खलबलिने मात्र नभएर गर्भवती काल भरि मन अशान्त र आक्रान्त भएर बल्लतल्ल पाएको शिशु हुर्काएको १७ वर्ष नपुग्दै झगडा गर्ने पिटने स्वभावले गर्दा १६, १७ मान्छे मार्ने अपराध गरेको घटना मैले सुनेको छु ।

त्यो १७ वर्षको कलिलो युवक प्रहरीबाट समातिए पछि अदालतले मृत्युदन्डको फैसला सुनाउदा युवकको आमाले आफ्नो सबै कहानी अदालतमा सुनाउछिन र अपराधको दोषी उनको श्रीमान र समाज भएको कुरा भन्छिन । यस्तै छ हाम्रो समाज । जातभात उचनिच, पैसा हुनेखानेले पढन लेख्न उपचार र सुविधा पाउने राजनितीमा लागेर राज्य सरकारमा पहुँच पाउने हाम्रो समाज छ । अन्याय अत्याचार भ्रष्टाचार बलात्कारका सामाजिक अपराधहरु घट्ने गरेको हामो समाज छ ।

धुम्रपान मद्यपान सामाजिक संस्कार परम्परा सहयोगी सकारात्मक नभएर बदला विरोधको भावना उब्जाउने विकास गराउने खालको छ । गर्भवति कालमा नत उसले श्रीमानको पुरा सहयोग पाउँछ, न परिवारमा सासु ससुरा नन्द वा अन्य सदस्यको भरपर्दो सहयोग वोली ब्यवहार । गरिव दुखी परिवार र तल्लो जातको छ भने कति असैह्य घटना परिरिस्थति ब्यहोर्नु परेको हुन्छ ठेगानै छैन ।

मान्छेको दिमागलाई आराम विश्राम, आनन्द, मनोरन्जन, शान्ति सुख चाहिन्छ यसको लागि प्रेम शान्ति सदभाव, सहयोग, सेवा मर्यादा शुरक्षित स्वस्थ खानपान जरुरी हुन्छ । दिमाग, र शरिरको स्थिति सकारात्मक सिर्जनशिल बनाउन खानपान शुरक्षितका साथै योग, ब्यायाम प्राणायाम ध्यान धारणा साधना चाहिन्छ सबैलाई । योग दिवस मनाउने चलन चलेको केहि वर्ष मात्र भएको छ । यसलाई आमजनताको पहुँचमा पु¥याउने, संरचना शिपको विकास गराउने आधुनिक वैज्ञानिक ब्यवशायिक शिक्षाको विकास अति आवश्यक भएको छ ।

यसको विकासमा ब्यक्ति परिवार समाज, सघ संस्था देश लाग्नै पर्छ अन्तर राष्ट्रिय सस्थाहरु पनि यसैको लागि चाहिएको हो ।ं बुद्ध सन्त ब्यक्तिहरु शान्ति आनन्द र सुखको लागि योग ध्यान, त्याग तपश्या गरेर महान भएका हुन उनीहरु आत्म निर्भर मात्र बनेनन, समाज देशलाई सुध्रिन गर्न जीवन काल भरि लागे, लागिरहेका पनि छन, तर हामी कमाउन, सुविधा खोज्न, बलात्कार ब्यभिचार गर्न लागिरहेकै छौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *