जनावरको दुध खानु कति उपयुक्त ?

आमा रिसाएको अवस्थामा शिुशुलाई दुध खुवाउँदा बच्चा वेहोस भएको अमेरिकामा अनुसन्धानबाट पाईएको छ । रिसाएको अवस्थामा आमाको दुधमा विषजन्य पदार्थ भेटिएको छ । गाइको दुध यदि बाच्छालाई छोडाएर दुहेको दुध हो भने मान्छेको लागि र बाच्छालाई विष सरहनै हुन्छ भनिएको छ ।

जीवन शाक्य
आमाको दुध शिशुको लागि सर्वोत्तम पूर्ण आहार मानिन्छ । हुन पनि ६ महिना सम्मको शिशुको लागि आमाको दुध अमृत समान नै हुन्छ । कारण यो पचाउन सजिलो ठीक तापक्रमको, वच्चाको मानसिक शारिरीक विकासका लागि सम्पूर्ण पौष्टिक आहार पनि हो । शिशुलाई चाहिएको बेलामा खुवाउन सकिने प्रकृतिको अमूल्य देन हो । आमाको दुध, शिशुले पूर्ण स्तनपान पायो भने बच्चा मानसिक शारिरीक रुपमा तृप्त भई निदाउँछ । उसको दिमागको वा मानसिक शारिरीक विकास भईरहेको हुन्छ । उसलाई पानी पनि खुवाउनु नपर्ने हुन्छ । आमाको दुध खुवाएको बच्चाको मानसिक विकास अरु दुध खुवाएको तुलनामा २५ प्रतिशत बढी विकास हुन्छ ।

आमाको दुधको कारणले होला, दुध चाहे भैसी, गाई, बाख्रा जसको भएपनि सर्वोत्तम आहार वा आर्दश खानाको रुपमा रुपमा लिने गरिएको छ । तर तथ्य, वास्तविकता अर्कै भेटिएको छ । आमा रिसाएको अवस्थामा शिुशुलाई दुध खुवाउँदा बच्चा वेहोस भएको अमेरिकामा अनुसन्धानबाट पाईएको छ । रिसाएको अवस्थामा आमाको दुधमा विषजन्य पदार्थ भेटिएको छ । गाइको दुध यदि बाच्छालाई छोडाएर दुहेको दुध हो भने मान्छेको लागि र बाच्छालाई विष सरहनै हुन्छ भनिएको छ । किनभने बाच्छालाई दुघ खुवाउन छोडाएर संगालिएको दुधमा गाई रिसाएको हुनसक्ने हुनाले त्यो दुधमा विष मिसिएको हुनसक्छ र हामीलाई पनि फाइदाको बदला हानी गर्ने विष हुन सक्छ । त्यस्तै भैसीको दुध पनि पाठोलाई खुवाउन छोडाएर संगालिएको दुध हो यसमा कति विष छ अनुसन्धान गरिएको छैन ।

तर यसमा उमाल्दा पाईने धेरै प्रोटिन, र खराव कोलेष्टोरलको मात्रा धेरै भएकोले पचाउन धेरै समय लाग्नुका साथै पचाउन गा¥हो भएको पाइएको छ । जनावरलाई मारेर खाएको मासुमा मार्ने बेलामा हुने चर्को तनावले गर्दा मासुमा रासायािनक विष मिसिएको भएर र यसले मान्छेमा अनेक खराब असर पर्ने भएरनै हो धेरै धर्म गुरुहरुले यसलाई अपवित्र वा तामसी खानाको रुपमा लिईएको छ । भारतका एकजना आध्यात्मिक क्षेत्रमा धेरै वर्ष देखि लाग्नु भएका, क्यान्सरको विसौ हजार भन्दा बढी विरामीहरुलाई खाना, रेकी फाउण्डेसनका अध्यक्ष भएर रेकी, ध्यान, प्राणायाम औषधिबाट उपचार गरेर धेरैलाई निको पारिसक्नु भएका भेटेरान चिकित्सकले आफ्नो ५० वर्ष भन्दा बढीको अनुसन्धानबाट जनावरको दुध सामान्य मानिसलाई शुरक्षित खानाको रुपमा लिनु उपयुक्त नभएको बताउनु भएको छ ।

हामीले शिशुहरुलाई आमाको दुध पुगेन भने धाई आमाको दुध खुवाउने चलन छ । धाई आमाको पनि भएन भने गाईको दुध खुवाउनु पर्छ भनिन्छ । यो साचो नहुन सक्छ यसले फाइदाको वदलामा हानी नोक्सानी बढी गर्न सक्छ । अर्काे तर्फ गाईको दुधमा पनि शिशुलाई चाहिएको भन्दा बढी प्रोटिन र चिल्लो पदार्थ पाइृएको छ साथै संगाल्ने क्रममा सरसफाइलाई ध्यान दिएको छैन भने रोग सार्ने सम्भावना पनि त्यतिकै छ । उमाल्दा धेरै जसो पोषण तत्व पनि नष्ट हुन्छ । अत शिशुको हकमा आमाको दुध नै उत्तम हो । आमाले शिशुलाई जति माया प्यार दिएर खुवाएको हुन्छ, त्यसले बच्चालाई थप पोषणको काम गरेको हुन्छ, गाई भैसीको दुधबाट यस्तो माया पाउने कुरो भएन ।

हुनत हिन्दु धर्म अनुसार गाइलाई माता अर्थात आमानै मानिएको छ, तर बाच्छालाई दुघ छोडाउदा रिसाएको हुनसक्ने हुनाले संगालिएको दुधमा विषजन्य तत्व हुने र दुध उमाल्दा धेरै खनिज तथा भिटामिन नष्ट हुने भएकोले आमाको दुधको सट्टा खुवाउन उपयुक्त पाईने हुदैन भन्नुहुन्छ अनुसन्धानमा लागेका विशेषज्ञ चिकित्सकहरु । फेरी शिशु वा मान्छेको लागि पनी पिउँदा चाहिने भन्दा बढी प्रोटिन र चिल्लो पदार्थ बढी भएकोले पचाउन कठिन हुन्छ धेरै समय लाग्छ । दुध संगै हामीले माछा मासु खान हुँदैन भन्ने राम्रो सकारात्मक धारणा ब्याप्त छ । त्यस्तै धेरै गेडागुडी र अनाज खादा पनि पचाउन धेरै कठिन हुन सक्छ । कमजोर मानसिक शारिरीक अवस्था, पेट पाचन शक्ति कमजोर भएको अवस्थामा पनि खानु भयो भने पखाला लाग्ने वा पचाउन सकिए जस्तो भएपनि पेटभित्र सड्ने कुहिने भएर धेरै हानी गर्न सक्छ, त्यसैले संगै नखानु नै राम्रो । दुध पिएको खाएको छ भने कम्तिमा ५, ७ घण्टा पछि नै अनाज, गेडागुडी खानु पर्छ, तर अनुसन्धानमा लागेका चिकित्सकहरुले नखाननै सल्लाह दिईरहनु भएको छ ।

जनावरको दुध उनको बाख्रा पाठालाई मात्र उत्तम हो, मान्छेलाई होइन । प्रकृतीले त्यसरीनै शरिरको बनावट बनाएको हुन्छ भन्छन चिकिन्सकहरु । हुनपनि मैले एक गिलास मात्र सेवन गर्दा पनि पखाला लागेको, पेट विग्रेको पाएको छु । त्यस्तै दहिको सेवनले पनि फाइदा भएको मैले पाएको छैन । जे होस, बाच्छा पाठोलाई दुध खुवाउन छोडाएर संगालेको दुध खानु पनि एक किसिमको अपराध हो ।

यसमा बढी खराब चिल्लो पदार्थ र खराब प्रोटिनको मात्रा बढी हुने भएकोले उच्च रक्तचाप बढाउने, मुटुको रोगलाई पनि झन जटिल बनाउने भएकोले रोगीहरुलाई हानीकारक त हुन्छ नै सामान्य अवस्थामा रहेका मान्छेहरुलाई पिउन सर्तक अवश्य हुनुपर्छ र दुध पिउनु नै हुन्छ । अनाज, फलफुल वा गेडागुडी सँग विल्कलै नखानु नै राम्रो ।

दुधमा क्याल्सियम, भिटामिन ‘डि’ को मात्रा बढी पाइन्छ भनिएको छ ,तर उमाल्दा धेरै मात्रामा नष्ट हुने र कम मात्र शोसिने हुन्छ भनिन्छ । दुधमा पाइने सबै खनिज पदार्थ भिटामिनहरु फलफुल र हरियो सागपात सलदडहरुमा पाइन्छ र पचाउन पनि सजिलो हुन्छ । साथै यसले अन्य अनाजहरुलाई पनि पचाउन सहयोग गर्छ, अत दुधनै चाहिन्छ भन्ने पनि भएन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *