कपडाको मास्क कति उपयोगी ? हेर्नुस् यसरी प्रयोग गर्न सकिन्छ

आदर्श अनलाइन

कोरोना भाइरस कोभिड १९ कारण अझै जनमानस भयग्रस्त छ । कोरोना रोकथाम नियन्त्रणका लागि भनिएको लकडाउन हटाइएको छ । यद्यपी कोरोनो संक्रमणको जोखिम हटेको छैन । बरु फेरी जोखिम बढेको छ । र त नेपाल सरकारले अनिवार्य मास्क लगाएर हिँड्डुल गर्न र आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध गरेको छ । तर, यसरी मास्क लगाउने बिषयमा पनि कपडाको मास्कको प्रयोग र औचित्यबारे चिकित्सकहरु उत्कृष्ट विकल्प मान्दैनन् । र सकेसम्म सर्जिकल मास्क प्रयोग गर्ने र सर्जिकल मास्क नभएमा कपडाको भए पनि मास्क प्रयोग गर्न विज्ञको सुझाव छ। यहाँ कपडाको मास्क लगाउने तरिका र त्यसको व्यवस्थापनका विषयमा जानकारी दिइएको छ।

कपडाको मास्क लगाउने तरिका:
१। मिचिमिची कम्तीमा २० सेकेन्ड साबुन–पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने।
२। मास्क च्यातिएको छ कि छैन वा सफा छ कि छैन हेर्ने।
३। मास्क लगाउँदा डोरीमा समाई अनुहारमा टम्म मिल्ने गरी लगाउने।
४। नाक, मुख र च्युँडो ढाकिने गरी लगाउने।
५। सकभर मास्कलाई हातले नछुने।
६। डोरी मात्र समाई मास्क फुकाल्ने।
७। कपडाको मास्कलाई फेरि प्रयोग गर्न मिल्छ। फुकालेको मास्कलाई सफा र सुख्खा हुनेगरी राख्ने।
८। मास्क फुकालेपछि साबुन–पानीले मिचिमिची कम्तीमा २० सेकेन्ड हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने।
९। प्रयोग गरेको मास्कलाई हरेक दिन साबुन–पानीले धुने र घाममा सुकाउने।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *