कुपोषण स्वास्थ्य र सुरक्षित खानपान

जीवन शाक्य

धैरैलाई उच्च रक्तचाप, चिनी रोग, मूटुरोग, पुरुषहरुलाई प्रोष्टेट क्यान्सर, फोक्सो, लिभर, कसैलाई रगतमा क्यान्सर, महिलाहरुलाई डिम्वासय, पाठेघर, स्तन क्यान्सर फाइव्राईड, थाइराईड छ । कसैलाई पित्तथैलीको पत्थर, कसैलाई मृगौलाको पथ्थर, कसैलाई पक्षाघात छ । पेटको ग्यासटाईटिस, अल्सर, जण्डीस घुडाघुढी दुख्ने आदि आदि । संक्रामक रोग न्युमोनिया, टि.वी, झाडापखाला, दादुरा, रुघाजन्य रोगको प्रकोप त छ नै तर कोरोनाले आजभोली महामारीको रुप लिएको छ । टाइफाईड, डेँगु, मलेरिया, जापनिज इन्सेफलाईटिसले तराइलाई सताएकै थियो आजभोली पहाडमा पनि देखा पर्न थालेको छ । मान्छेहरु भुडे, थ्यालथ्याले मोटो, कोहि दुब्लो मरञ्च्यासे, कोहि रोगले कालो कोहि पहेलो, छालाका विभिन्न रोगहरुले पनि समाज भरिएकै छ । मानसिक रुपले कमजोर, फरक क्षमताका पनि धेरै छन् । यी सबै गर्भ अवस्थामा आमाले रत्यस पछि हुर्कदै बढ्दै जाँदा आफैले खाना खान नजानेर वा वेवास्ता गर्दा भएका कोहि अधिक पोषण, कोहि न्युन पोषण, धेरै शुक्ष्म पोषणको कमी बढी भएर देखिएका स्वास्थ्य समस्याहरु हुन् । यसले गर्दा अकालमा मृत्यु वरण गर्ने, कोहि अस्पतालमा भर्ना, कोहि नियमित औषधि सेवन गरिराख्नुपर्ने भएर अरवौ रुपैया खर्च गर्ने पनि छन् । श्रम समयको वरवाद भईरहेको देखिन्छ । सकारात्मक शोच, विचारको कमी, तृष्णा कामनाको तापले खानपान शुरक्षित पौष्टिक नभएकै कारण रोग प्रतिरोधात्मक क्षमता कम भएर कोरोनाको महामारीले लाखौ मान्छेहरु मरिसके, मर्दैछन् । देशको उद्योग, होटल, ब्यापार, रोजगार सबै चौपट भएको छ । अझ कति चौपट हुने हो ?

यो पंत्तिकार स्वास्थ्यकर्मी भएर पनि गर्भवतिकालमा आमाको मानसिक शारिरीक स्वास्थ्यको प्रभाव, वाल र किशोर अवस्थामा परिवारको गरिवी र छरछिमेक साथीभाईका पैसामा तौलिने हेप्ने सामान्ती संस्कारको भेदभाव गर्ने, हप्काउने बोली ब्यवहारको प्रभावले शारिरीक र अचेतन मनमा धेरैे असर परेको थियो । थाहा पाएर योगब्यायाम, प्राणायाम ध्यानले, धेरै कम गर्न सक्षम भएपनि स्वास्थ्यको पुरा लाभ लिन सकेको अनुभुति गर्न सकेको छैन तर सन्तोष गर्ने अवस्थामा छु ।

विश्व स्वास्थ्य संगठनको अनुसार उमेर उचाई अनुसार ठिक तौल भएका, मानसिक शारिरीक र सामाजिक रुपमा स्वस्थ, आत्मिक रुपमा प्रशन्न, हसिलो र लगनशिलका साथै क्षमतावान सफल ब्यक्तिहरु औलामा गन्न सकिने खालका छन् । यस्ता ब्यक्तिहरु केहि आध्यात्मिक क्षेत्रमा लागेका चिकित्सकहरु, केहि सन्तहरु मात्र देखिन्छन् जो उचाई उमेर अनुसार पनि ठीक तौलका देखिन्छन् र प्रशन्नता स्वस्थता अनुहारमा झल्किन्छ । नेपालका मोटोघाटो, पेट ननिस्केको ठीक तौलले स्वास्थ्यको परिभाषा भित्र छन् कि भन्ने देखिए पनि कसैलाई पत्थरको अपरेसन गरिसकेका कोहि उच्च रक्तचापका औपाधि सेवन गर्ने, कोहि मृगौलाका विरामी, कोहि घुडाघुडी दुखाउने छन् । रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता भएका हेर्दै स्वस्थ, तेजिलो, धेरै वर्षसम्म काममा खटिरहन सकेका व्यक्तिहरु धेरै कम छन् । यसको कारण शुरक्षित, पोषिलो खानपान नभएर, खान नजानेर, खान नसकेर स्वादको लागि लापरवाहि गरेर हो । साथै परिवार र राज्यको शिक्षा, स्वास्थ्य सुविधा ब्यवस्थापन वितरण ब्यवस्था कमजोर रोजगारको कमी, ब्यवस्थित राज्यशैली नभई भ्रष्टाचार, ब्यभिचारले ग्रसित जीवन जिउने संस्कार परम्परा सकारात्मक, अनुकुल नभएर हो ।

सत्य कुरो होकी जस्तो खानपान त्यस्तै सोचाई, भाव र स्वास्थ्य । नेपालमा देखिने गरि ख्याउटे बालबालिकाहरु सय कडा १० भन्दा बढी छ । कूपोषित फुच्चे बामपुडके हुन बाध्य ३० प्रतिशत बालबालिकाहरु छन् । बालबालिकाहरुको स्वास्थ्य र रोग सँग लड्ने क्षमता निर्धारण गर्ने गर्भवति, सुत्केरी महिलाहरुमा नै रक्त अल्पता ४० प्रतिशत भन्दा बढी छ । जबकी तिनै गर्भवती महिलाहरुले श्रीमान, सासु, ससुरा, परिवारका अन्य सदस्यहरुबाट आवश्यक सहयोग, शुरक्षित खानपान, ब्यवहार नपाएर जन्मदै फरक क्षमता, नरुने, कमतौलको धेरै शिशुहरु जन्मन बाध्य छन् । जसलाई पछि ठूलो भएर पनि धेरै स्वास प्रश्वास रोगको समस्या हुने हुन्छ । खानपान अशुरक्षित र बढी भएर धेरै मोटाघाटा तौल धेरै भएका मान्छेहरु पनि करिव २० प्रतिशत छन् । गरिवी, अशिक्षा, महंगीले खानपान शुरक्षित, पोषिलो गर्न नजान्ने नपाउने परिवारहरु पनि धेरै छ । खोक्दा, हाछियूँ गर्दा, सरसफाई, अशुरक्षित यौन सम्पर्क आदिले सर्ने सरुवा रोगहरु ३० प्रतिशत भन्दा नसर्ने प्रेसर, सुगर, मुटु, क्यान्सर आदि ७० प्रतिशत छ ।

प्रकृतिले शुरक्षित पोषिलो पच्ने खालको रोग प्रतिरोधात्मक शक्तिले भरपुर खाना धेरै दिएको छ । तर त्यसको स्थानिय रुपमा उत्पादन, वितरण र उपभोग पनि हामीले गर्न सकेका छैनौ । हामो शारिरीक संरचना अनुरुप, प्राकृतिक रुपमा उपलब्ध धेरै पच्ने खालको, जीवीत, पानीले भरपुर स्वस्थ खाना हामी खादैनौ । स्वादको लागि रोग कारक रक्सी जन्य, चिसो पेय पदार्थहरु धेरै हानी गर्ने खराब रासायनिक मल, पदार्थ राखिएको, औधोगिक रिफायन तेल घ्युमा तयार गरिएकोे बट्टे पोके तयारी विस्कुट, चाउचाउ, खाना, खाजाहरु, नुन, चिनी, मसालाजन्य पदार्थ राखिएको खानाहरु, दुधजन्य आईटमहरु खाईरहेका छौ । खानाको प्राकृतिक रुप, स्वादलाई विगार्ने र अशुरक्षित विषजन्य हुने गरि पकाएर, फ्राइ गरेर, भुटेर टारेर, धेरै मसाला हालेर,रासायनिक पदार्थ मिसाएर खाई रहेका छौं, जस्तो वोट विरुवामा फल्यो त्यसलाई सफा शुरक्षित गरेर त्यसलाई नपकाईकन खानमिल्ने धेरै चिज खाने हो भने हामी धेरै हदसम्म स्वस्थ वन्न सक्छौ, केहि अन्न, गेडागुडी जन्य खानेकुराहरुलाई टुसा उमारेर वा पकाएर खानुपर्ने हुन्छ । शरिरको तौल वढाउने, उच्च प्रकारको प्रोटिन र चिल्लो पदार्थ भएको, खनिज र भिटामिनले भरपुर सुख्खा फलफुलहरु दाँते ओखर,पिष्टा वदम,वदम,किसमिस, छोकडा काजु धेरै कम मान्छेले खान्छौ ।

खाना समय मिलाएर उचित मात्रामा, दुध र मासु जस्तै, एक आपसमा प्रतिक्रिया नहुने गरि, पच्ने गरि खादैनौ । एकै पटक धेरै परिकार, तै पनि चिसो, मद्यपानसँग र पानी सँग नपच्ने गरि खाईरहेका छौं । छिटो पच्ने खानेकुराहरु फलफुल, सलाद, सागपात,अन्न पदार्थ पछि ढिलो पच्ने तेल घ्यू धेरै तताएर खाना माछा मासुजन्य, गेडागुडीहरु धेरै पकाएर घरिघरि पकाएर पच्नै कठिन हुने पहिल्यै खान्छौ । कहिले धेरै थरिको खाना खान्छौ, धेरै पनि खान्छौ जसले खाना आन्द्रामा सड्ने, ग्यास बनाएर अनेक रोग निम्त्याउने गरिराखेको छ । बेलुकी कामले थाकेको जस्तो हुने मनले शान्ति आनन्द खोजिरहेको बेलामा मद्यपान सँग मासुजन्य खराब चिल्लो भएको खाना साथीहरु सँग मिलेर होटल या घरमा खाने गछौं । आराम पूर्वक तनाव विहीन अवस्थामा बसेर विस्तारै राम्ररी चपाएर कमैले खान्छौ ताकी मुखको ग्रन्थीले राम्ररी भिजोस, पच्न सक्ने बनाओस् ।

धेरै वर्ष देखि सारा जनताको हित कल्याण खातिर कम मूल्य पर्ने, सहज, पोषिलो र सजिलै पच्ने जिवित प्राकृतिक खान खाना, स्वाद नविगारिकन सफा गरेर, आफुले जाने देखि खाईरहेको एक ट्यावलेट औषधि खान नपरेको बताउने पोषण विज्ञ चिकित्सकहरु जस्ले आम नागरिकहरुलाई स्वास्थ्य शिक्षा र परामर्श दिदै आईरहनुभएको छ । उहाँको स्वास्थ्य र युट्युव हेर्दा उहाँ जनताको लागि भगवान जस्तै लाग्छ । केहि सागपातहरु पनि सफा गरेर काँचै रुपमा खान सल्लाह दिनुहुन्छ । विहान फलफुलहरु आफ्नो तौलको ७० प्रतिशत खाने सल्लाह दिनुहुन्छ । त्यसपछि विहानको खाना ४ घण्टा पछि रोटी, चपाटी बनाएर वा पहेलो चामलको भात संंगै टुसा उमारिएको गेडागुडीको दाल, साग वा अन्य विरुवाजन्य तरकारीहरु खानु अघि फलफुलको आधा तौल जति गाजर, साग, मुला, काक्रा आदि सलाद खान सल्लाह दिनुहुन्छ । वेलुकी पनि त्यसरी खान भन्नहुन्छ । दुब्लो पातलो कमजोर ब्यक्तिहरुलाई दिउसो ४ वजे तिर सुख्खा फलफुहरु खान भन्नुहुन्छ । यसरी खाएर ४०, ५० वर्ष देखि अनवरत स्वस्थ रुपमा विरामीहरुलाई उपचार, परामर्श र स्वास्थ्य शिक्षाका कक्षाहरु लिईरहेको बताउनु हुन्छ । आफनो छोराछोरीहरुलाई औषधी खुवाउनु नपरेको बताउनु हुन्छ ।
उहाँहरु रोगको मुलजड औद्योगिक रिफायन तेलहरुहरुको खानपान हो, कम प्रयोग, कम तताएर मात्र प्रयोग गर्न भन्नुहुन्छ । तेस्तै नुन, चिनी, चिया, चिसो पेय पदार्थ तयारी खाना खाजा, दुधजन्य खाना, माछामासु रासायनिक पदार्थहरु राखि उमारिएको वा राखिएको खाना नखान भन्नुहुन्छ । खाना पचाउन सकियोस्, पाचन शक्ति बलियो होस, खानाको विषहरु पनि फाल्न योग ब्यायाम प्रणायामका साथै सकारात्मक स्वभाव प्रकृतिको लागि विहान ध्यान गरेर मात्र खान सल्लाह दिनुहुन्छ । यसरी खाने हो भने कोरोना मात्र होइन कूनै पनि रोग हत्तपत्त नलाग्ने, स्वस्थ, सिर्जनात्मक शान्ति र सफल आध्यात्मिक जीवन जिउन सकिने भनि प्रेरणा दिनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *