डीआइपी खाना र स्वास्थ्य

जीवन शाक्य
एक जना ३०,३५ वर्षका व्यक्ति उच्च रक्तचाप, मुटु रोगको बिरामी हुन्छ । उपचारका लागि धेरै चिकित्सक समक्ष धाउँछन् । परीक्षण गर्न जाँदा ७०,८० प्रतिशत मुटुमा जाने रगतको नली खराब चिल्लो पदार्थ कोलेष्टेरोलले टालिएको वा ब्लकेज भएको पाउँछ । चिकित्सकहरुले औषधि ८,९ थरि लेखिदिन्छ, खान्छन्, निको राम्ररी हुँदैन । कमजोर भइरहन्छ, सन्तोष हुँदैन, एक किसिमको अत्यास विरत्तिपनको विचार भाव आउँछ । तर, खोजी गरिराख्छन, खोजकै क्रममा लामो समय सम्म खानाको अनुसन्धानमा लाग्नु भएका पोषण विज्ञ, डा. विश्वरुप राय चौधरीले सामान्य आम जनता र विरामीको हित भलाइका खातिर रोगको दुःख कष्ट, समय, पैसा, श्रमको सर्वनाश कम गर्न धेरै खोज अध्ययन पछि तयार पारेको डी.आइ.पी खानाको प्रोटोकल सम्बन्धि युट्युव फेला पार्नुहुन्छ । त्यसको अनुशरण गर्नु हुन्छ । एक हप्ता भित्र केही राहत भइरहेको महशुस गर्नु हुन्छ । अनुशरण गर्दै जानुहुन्छ, एक महिनामा धेरै निको भएको, कमजोरी हटेको शरिरमा स्फुर्ती ताजापनको महशुस गर्नुहुन्छ । र यसको अनुशरण गर्दै जानुहुन्छ । केही महिनामानै पुर्ण निको भएको, सामान्य तरिकाले जति उफ्रे पनि स्याँस्याँ हुँदैन, ताजापन, स्फूर्तीपन बढेको महशुस भए पछि औषधि पनि छोड्नु हुन्छ, डाक्टर विश्वरुप चौधरीलाइृ इश्वरको उपमा दिदै धन्यवाद दिनुहुन्छ ।

यो त एक जना विना एक पैसा औषधिमा खर्च नगरिकन युट्युवको अनुशरण गरेर निको भएको ब्यक्तिको भनाई हो । यही खाना खाएर स्वास्थ्य सरसफाई बचावटलाई ध्यान दिएर कोरोना संक्रमित ५ हजार भन्दा बढीले बिना औषधी ३ दिन देखि ५ दिनमा निको पारेको भनाई उहाको अरु युट्युवमा भनाईहरु सुन्न सक्नुहुन्छ । उहाँको आफ्नै नामको इमेलमा वा होलसम टेल डट कममा । उहाँ जस्ता सयौं मान्छेहरुले प्रशंसाका धेरै अनुग्रहित उहाँ प्रति पोखेको भनाईहरु पनि सव्सक्राइव गरे पछि पढ्न पनि सकिन्छ ।

मैेले यही खानपानको केही तरिका अपनाएर आफ्नै युवा अवस्था देखिको पुरानो करिव ४०,५० वर्ष अघिको दिनको ३,४ पटक दिसा गई राख्नुपर्ने, दिसा काटिए जस्तो हुने सफा नहुने, पेट फुल्ने, काट्न, चिल्लो, चिसो दुध, दही, तेल, घ्युमा पकाएको रोटीहरु अलिकति बढी पनि खान नहुने, खाना खाए लगत्तै दिसा गर्न गइहाल्नु पर्ने, यात्रामा निस्कदा डरले जहिल्यै मेट्रोनिड्याजोल औषधी खानुपर्ने क्रोनिक जायरडियासिसका्े रोगबाट पीडित थिएँ । तौल बढाउन सकेको थिएन छैन । त्यसवाट केही राहत भएको महशुस गरेको छु र मनमा साहसको सञ्चार भएको छ । साह्रै नरमाइलो उदास.लाग्थ्यो । तर, उहाँको र केही अन्य महान चिकित्सकको रोग र खाना सम्वन्धि परामर्शको युट्युवमा देखेर सुने पछि डी.आइ.पी खानाको प्रोटोकल अनुसार विहानको खानामा फलफुल आधा केजी भन्दा बढी र ११ बजे शुरुमा केही सलाद, हरियो तरकारी काँचै एक प्लेट (३०० ग्राम) भनिएकोमा थोरै मात्र खाने गर्दा पनि अलि राहत भएको अलि स्फुर्ती बढेको महुशुस भएको छ । योग, व्यायाम प्रणायाम ध्यान धेरै समय देखि गर्ने गरे पनि खानामा ख्याल नगरेर विहानै दुध चिया, डाईजेष्टिभ विस्कुट, अन्य खाजा, दिउँसो खानामा बढी चिल्लो, खाजा त्यस्तै माछा मासु बेला मौका खाइरहँदा निको पार्न एलोपेथिक चिकित्सककहाँ गएर आर्युवेदिक औषधी कति खाएँ कति ? तर, निको भएको थिएन ।

के हो ? डी.आइ.पी खानाको प्रोटोकलः
disciplined and intelligence protocol of food
जुनसुकै रोगको अवस्थामा खान सकिने निर्देशिका अनुसार ३,४ थरि स्थानीय मौसमी फलफूल शरिरको तौलको ७० केजी छ भने ७०० ग्राम विहान एकैपटक वा १२ वजे सम्म विस्तारै खाने, त्यसपछि १२ वजे पछि विहानको खानामा एक प्लेट अर्थात विहानको फलफुलको आधा जति काचै खान हुने पाला, मेथी, मूलाको कूनै साग, गाजर, मूला, काक्रा, हरियो वोडी, हरियो केराउको कोसा, हरियो परियो तरकारी, लोकल गोलभेडा आदि पहिले खाने र त्यसपछि खान सकिने खाना जसमा अनाज दाल र पकाएको तरकारी, खाने । सँगै टुसा उमारिएको दाल वा गेडागुडी पनि खान सकिन्छ । जुन सजिलै पच्ने र पोषिलो पनि हुन्छ । खाने तर पचाउन धेरै समय लाग्ने, आन्द्रामा सड्ने, शरिरमा खराब विष पैदा गर्ने जनावरजन्य मासु, माछा, अण्डा, दुध दही नखाने भन्नुहुन्छ । त्यस्तै गरि बेलुकीको खाना ८ वजे भित्र खाने तर अनाज विहानको भन्दा कम्ति खाने, गेडागुडी दाल धेरै कम खाने भन्नुहुन्छ । प्रोटिनको मात्रा पुरा गर्न ४,५ बजेतिर सुख्खा फलफुल भिजाएर र केही खान मिल्ने त्यसै खाने भन्नुहुन्छ ।

फलफुल सबैका सबै पच्ने, पचाउन सकिने खाना, सुगर रोगलाई पनि केही हानी नगर्ने खाना हो भन्नुहुन्छ । खानाको परिभाषा भनेको पच्ने, शरिर र मनलाई बल शक्ति दिइ स्वास्थ्य दिने हो । तर, हामीले स्वादका लागि मनपरि खाएर बिरामी भइरहेको,औषधी खाइरहेको मरिरहेको समस्या भोगिरहेका छौं भन्नुहुन्छ । यसरी खाने गर्दा शरिरलाइृ आवश्यक सबै खालको पोषक तत्व पुग्छ । किशोर, केटाकेटी बाहेक हामी सवैलाई सबभन्दा आवश्यक प्रोटिन र चिल्लो शरिर मेन्टिनेन्स गर्ने मात्रामा भए पुग्छ अर्थात् तौल केजीमा जति छ । त्यति नै ग्राम प्रोटिन भए मस्तै पुग्छ । सुख्खा टुसा नउमारिएको दाल, गेडागुडी, जनावरजन्य मासु माछा, अण्डा, दुध दहीमा पचाउन नसकिने प्रोटिन, चिल्लो पदार्थ, विषजन्य पदार्थ धेरै हुन र बढी अम्लकारक ग्यास वनाउने खालको भएकाले नखाननै परामर्श दिनुहुन्छ । डी.आइ.पी खानाले यसरी कूनै पनि नसर्ने रोग चिनी, मुटु फेल हुने रोग, क्यान्सर, थाइराइड, जोर्नी दुख्ने, मृगौला, कलेजोको पुरानो रोग पनि २ हप्ता देखि १ वर्ष भित्र राम्ररी निको पार्न सकिने दाबी छ । रोग प्रतिरोधात्मक शक्ति धेरै बढाउन सकिने भन्नुहुन्छ । यही तरिकाले र अन्य कूनै पनि रोगहरु कडा एक्कासी लाग्ने रोगहरुमा पनि घरेलु वेसार, अदुवा, लसुन, कालो मरिच, नरिवल पानी मेथी, गुर्जो, तुलसी पात आदि चिया वा तातो पानीमा पिसेर राखेर खाने गर्नाले निको पनि हुन सकिन्छ भन्नुहुन्छ । यसवारे वुझेर विधिपुर्वक प्रयोग गर्न सकिन्छ ।

आउनुस्, देशमा भईरहेको जुनसुकै क्षेत्रमा आर्थिक लाभ लिने सोच र प्रवृत्तिले भएको भ्रष्टाचार, अब्यवस्था लगायत कोरोनाले आर्थिक तहस नहस पारेको, उद्योगपति र ब्यापारिले उत्पादन गरेको सोलो पोइजन जन्य र रासायनिक खाना खान बाध्य गरिव, मजदुर, बेरोजगार जनतालाई डिआईपी खाना पुरै अनुशरण गर्न नसके पनि पचाउन कठिन, विस्तारै विषजन्य माछा, मासु, दुध दही जस्ता महंगो तयारी खाद्य वस्तु भन्दा भिजाएको गेडागुडी सहितको दाल तरकारी भएको सामान्य खाना र स्थानीय फलफुल मात्रै खाने, तेल घ्यु कम खाने, धेरै खराएर नखाने, चिसो पेय पदार्थ र रक्सी नखान प्रेरित गरौ । यसले स्वस्थ जीवन आर्जन सहित कोरोना बिरुद्ध लड्न पनि मद्धत पुग्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *