दसैं अवधिमा कस्तो रहला मौसम ? यस्तो छ पूर्वानुमान

आदर्श अनलाइन,बागलुङ

अहिले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । मनसुन बाहिरिए यता नेपालमा उल्लेखनीय मौसमी प्रणाली भने छैन ।

तर स्थानीय वायुका कारण कतै कतै हल्का पानी पर्ने सम्भावना भने रहेको जल तथा मौसम विज्ञान विभागले अनुमान गरेका छन् । यस्तो छ तीन दिन अर्थात् दसैँको नवमीसम्मको पूर्वानुमान:

कार्तिक ०७ गते (शुक्रबार):
दिउँसो: देशभर पहाडी भुभागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक-दुई स्थानमा हल्का बर्षाको सम्भावाना छ ।

राती: देशभर पहाडी भुभागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक-दुई स्थानमा हल्का बर्षाको सम्भावाना छ ।

कार्तिक ०८ गते (शनिबार):
दिउँसो : प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रही भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

कार्तिक ०९ गते (आइतबार):
दिउँसो : प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २, गण्डकी र बागमती प्रदेशमा आंशिक बदली रही भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २, गण्डकी र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *