गर्भवती भएपछी ध्यान दिनुपर्ने कुराहरु

देवी भट्टराई
अप्रेसन इन्चार्ज
धौलागिरी अस्पताल, बागलुङ

हरेक महिलाहरुको आमा बन्ने सपना हुन्छ । त्यो सपनामा पुरा गर्नका लागि महिलालाई धेरै कुरामा ध्यान दिनु पर्ने हुन्छ । महिला गर्भवती भएको समयमा धेरै ध्यान दिनु पर्ने हुन्छ । पहिला पहिलाको जमना जस्तो अहिले छैन् । पहिला हाम्रो गाउँ घरमा घरमै सुत्केरी बनाउने, गर्भवती भएको समयमा भारी बोक्ने जस्ता कामहरु गरेको पाईन्थ्यो ।

त्यसले गर्दा बच्चा जन्माउने समयमा समस्या आएर धेरै सुत्केरी महिलाको मृत्यु भएको खबर सुन्नमा पाईने थियो । तर, अहिले जमना परिर्वतन भएको छ । मानिसहरु शिक्षित भएका छन् । त्यती हुदाँपनी गर्भवती महिलाहरुले र उस्को परिवारले धेरै कुराहरुमा ध्यान दिनुपर्दछ । सधै गर्भवती महिलालाई अस्पतालमै प्रसुती गराउनु पर्ने हुन्छ ।

बच्चा जन्माउने समयमा आमा र बच्चाको ज्याननै जोखीममा हुने भएकाले घरमै प्रसुती गराउदा आमा र बच्चालाई जोखिम बढी हुन्छ । कम उमेरमा गर्भधारण गर्नु पनी आमा र बच्चाको स्वास्थ्यमा समस्या आउन्छ । कम उमेरमा गर्भवती महिलालाई लामो समय बेथा लाग्ने, बच्चाको तौल कम हुने र समय भन्दा पहिला बेथा लागेर आमा र बच्चाको ज्यान जोखीम हुने भएकाले कम उमेरमा गर्भवती नभएको राम्रो हुन्छ ।

गर्भवती महिलाको समयलाई पहिलो, दोस्रो र तेस्रो चरण गरेर तिन चरणमा बाँडीएको छ । सुरुमा गर्भ रहदा वितिकै महिलाहरु संवेदनशिल हुन जरुरी हुन्छ । पहिलो चरणमा खाना मन नलाग्ने, वाक/वाक लाग्ने, खानेकुरा गनाउने जस्ता समस्याहरु हुने गर्दछन् । त्यसकारणले सुरुको महिनामा बिहाना उठने वितिकै सुख्खा खानेकुरा खाने, चिउरा, बिस्कुटहरु खाने, झोलिलो खानेकुरा प्रसस्त खानु पर्दछ । यो समयमा बच्चाको विकास हुने भएकाले महिलाको शरिर परिर्वतन पनि हुन्छ ।

त्यसकारणले गर्भवती महिलाले विशेष आफ्नो ध्यान राख्नु पर्ने हुन्छ । गर्भवती भएको पहिलो चरणमा गर्भपातको संभावना हुने धेरै संभावना हुन्छ । त्यसकारणले गर्भवती महिलाले त्यस समयमा आराम गर्नुपर्ने हुन्छ । गर्भवती महिलाले नियमित व्यायाम गर्ने हो भने धेरै राम्रो हुन्छ । गर्भवती महिलाले नियमित व्यायाम गर्ने हो भने गर्भपतन हुने समस्या केही हदसम्म कम हुन सक्दछ । गर्भ रहेको ३ महिनामा चिकित्सकको सल्लाह लिनु पर्दछ ।

जुकाको औषधी खानु पर्दछ । पहिलो चरणमा अनिवार्य रुपमा गर्भवती महिललो भिडीयो एक्स्ररे गर्नु पर्दछ । दोस्रो, तेस्रो चरणमा गर्भवती महिलाको पेट बढ्दै जान्छ । त्यसैले गर्दा ढाड दुख्ने, खुट्टा सुनिन्छन् । त्यसले गर्दा गर्भवती महिलालाई गाह्रो हुन्छ । चिसो मैसममा धेरै ध्यान दिनु पर्ने हुन्छ । स्वास प्रस्वासमा समस्या हुन सक्दछ । बच्चा बढ्दै गएपछि पाठेघरले माथी तिर घकेल्छ र सास फेर्न गाह्रो हुन्छ । तातो खानेकुरा खानु पर्दछ, तातो लुगा लगाउने गर्नुपर्दछ । खाने कुरा के खाने, कस्तो खाँदा आमालाई र बच्चालाई राम्रो हुन्छ भनेर ध्यान दिनु पर्दछ ।

दोस्रो चरणमा भिडीयो एक्सरे गरेमा बच्चा स्वास्थ छ की छैन् भनेर थाहा पाउनका लागि गरीन्छ । बच्चामा त्यस्तो केही समस्या देखेमा डाक्टरको सल्लाहा लिएर अप्रेसन गर्न सकिन्छ । तेस्रो चरणमा र बच्चा जन्माउने डेट आउने भन्दा पहिले पनि अनिवार्य रुपमा भिडियो एक्सरे गर्नु पर्दछ । किनकी आमा र बच्चा सुरक्षीत छन् की छैन्न् भनेर थाहा पाउनका लागि अन्तिम समयमा भिडीयो एक्सरे गर्न आवश्यक हुन्छ ।

समयमा भिडीयो एकसरे गरेर केही समस्या थाहा पाईयो भने आमा बच्चालाई सुरक्षीत राख्नलाई डक्टरले उचित कदम चाल्न सक्नुहुन्छ । बच्चा पेटमा उल्टो छ, जुम्लीया छ भने डक्टरले अस्पतालमा सुरक्षीत प्रसुती गराउनुहुन्छ । त्यसकारणले गर्भवती महिलाले चिकित्सकको सल्लाहा अनिवार्य रुपमा लिनु पर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *