चिसोबाट बच्ने उपाय

जीवन शाक्य
जाडो महिनामा चिसोले रुघा,खोकी, कोरोना र निमोनिया हुने समस्या सबभन्दा बढी हुने गर्छ । निमोनिया भनेको फोक्सोको अक्सिजन आउने ठाउँमा विषाणु, जिवाणुको संक्रमण भएर श्वास प्रश्वासमा गम्भीर अवरोध हुनु हो । जसको बेलैमा उपचार नभए मृत्यु हुने सम्भावना ज्यादै धेरै हुन्छ । रुघा,खोकी लाग्दा गलत खानपान र चिसोवाट बचाउन सकेन भने निमोनिया हुने समस्या बालबालिका र उमेर पुगेका बुढाबुढीहरुलाई सबभन्दा बढी हुन्छ । र रोग प्रतिरोधात्मक शक्ति कम भएका युवा, प्रौढहरुलाई पनि त्यतिकै हुन्छ । अहिले गत वर्षदेखि डरलाग्दो रुपमा फैलिरहेको कोरोना वा कोभिड भाइरसका कारण पनि निमोनिया भएका व्यक्तिहरुको ज्यान गएको हो ।

चिसोबाट निमोनिया मात्र होइन, व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता अनुसार कसैलाई घाँटी दुख्ने, पिनास हुने, छाती दुख्ने, खोकी लाग्ने ज्वरो आउने गरी आकस्मिक व्रँोन्काइटिस पनि हुन्छ । जसको बेलामा उपचार नभए निमोनिया, लामो समय सम्म वोन्काइटिस र अन्य समस्या पनि हुन्छ । त्यसैले चिसो मौसम र महिनामा जाडो, चिसोबाट बच्नु भनेको स्वास्थ्य समस्या हुनबाट बचाउने मात्र होइन, स्वास्थ्यलाई निरन्तरता दिनु सहयोग पु¥याउनु हो ।

प्रक्रियाः
हामीलाई जाडो लाग्ने गरी बाहिर चिसोमा बस्नु, चिसोमा चिसोपानीले नुहाउनु भनेको श्वासको माध्यमबाट चिसो हावा नाकमा ठोक्किदै नाकको प्वाल हँुदै फोक्सोमा पस्नु हो । जसले प्रायः विषाणुहरु virus संक्रमण हुने हुन्छ । कम प्रतिरोध क्षमता भएका, रुघा लागेका मान्छेहरुलाई नाकको भित्री भित्ताहरुमा, साइनसहरुमा चिसोले सुनिने, नाक टालिने हुँदै विस्तारै पछि केही दिनमा जिवाणुहरुको पनि bacteria संक्रमण भई पिनास हुने, कसैलाई व्रोन्काईटिस हुने, विशेष गरी बालबालिकाहरु र बुढाबुढीहरुलाई सिधै सुरुमा भाइरल निमोनिया भएर पछि त्यो भागको टिस्यू, कोषहरु कमजोर भएको अवस्थामा ब्याक्टेरियल संक्रमण भई ब्याब्टेरिल न्युमोनिया हुन्छ । virus विषाणुको संक्रमण हुँदा शरिरको धेरै भागका कोषहरु पनि सृजना गराउने काम गराउँछ । जबकी bacteria संक्रमण हुदा जहाँ सम्म हावा पस्छ, त्यो भागको बाहिरी भित्ताहरु मात्र प्रायः संक्रमण हुन्छ । त्यसैले virus विषाणुको संक्रमण आकस्मिक र कडा खालको हुन्छ ।

एकपटक म आफै धेरै वर्ष अघि चिसो मौसम वा महिनामा म्याग्दीको यात्राबाट विहान फर्किने क्रममा बिहान केही समय उकालो चढ्दा नाकमा बढी चिसो र पिरो हुँदै केही घण्टामा दिउँसोमा नाक टालिदै पिनास भएको छ । केही बढी समय चिसोपानीले नुहाउँदा पनि यस्तो समस्या भोगेको छु । बाहिर केही बढी लामो समय सम्म कम न्यानो कपडामा बाहिर बस्दा चिसोले ज्वरो आए जस्तो, नाकबाट पानी बग्ने रुघाखोकी लाग्ने जस्तो भएको सवैले महुशुस गरेको हुनुपर्छ जस्तो लाग्छ ।

चिसोको सबभन्दा बढी असर
श्वास प्रश्वासको संक्रमण निमोनिया हुनबाट जोगाउन बालबालिका र बुढाबुढीलाई चिसो धुँवा धुलोबाट बढी जोगाउनु पर्छ । सबभन्दा बढी शिशुहरु जसको नाक देखि फोक्सो सम्मको बाटो छोटो हुन्छ । नाकमा रौं पनि आएको हुँदैन र बालबालिका र रोग प्रतिरोधात्मक शक्ति कम भएका, जन्मने बेलामा नरुने समस्या भई जन्मेका, जन्मेर चिसोका कारण वा कम शारिरको तौल भई निमोनिया भएका बालबालिकामा युवा, प्रौढ र बुढाबुढीमा पनि हुन्छ । कम तौल भएका रक्त अल्पताको समस्या भएका, चिनी रोग वा एचआइभी संक्रमण भएका ब्यक्तिहरु, दीर्घ रोग लागि कमजोर भएका व्यक्तिहरुमा पनि चिसोको असर बढी हुन्छ । त्यस्तै रोग प्रतिरोध शक्ति, कम गराउने औषधीहरु सेवन गरेका व्यक्तिहरुलाई पनि बढी समस्या हुन सक्छ ।

बच्ने उपाय ?
-न्यानो कपडा लगाउने, बिहान र रातको चिसो हावामा बाहिर नहिँड्ने, चिसो पानीले खुला हावा खेल्ने ठाउँमा ननुहाउने, भरसक तातोपानीले केहीबेर नुहाउने, नुहाएर न्यानो कपडा लाइसकेपछि १०० मि.लि मनतातो पानी पिउने । बिहान बेलुकी उठ्ने र सुत्ने बेलामा खाना खाएको डेढ २ घण्टा पछि तातोपानी पिउने ।

– चिसोवाट बच्न शरिरमा सवै भिटामिन र खनिज पदार्थ भएका साथै शरिर बनाउने शक्ति दिने प्रोटिन र कार्वाहाइडेट भएका पोषणयुक्त खाना खाने । वट्टे पोके शिशीको कुनै पनि खराब चिल्लो पदार्थ, गुलियो र नचाहिने खनिज पदार्थ बढी भएको कुनै पनि खानाले रोग प्रतिरोध शक्ति कमजोर पार्ने भएकोले नखाने, नखुवाउने । अर्थात् बिहान तातोपानीमा भिजाएर ३,४ थरी फलफुल करिब ५०० ग्राम जति खाऔ । खाइसकेर अलिकति तातोपानी पिउन पनि सकिन्छ वा तातोपानीले सफा गरेको बन्दा ब्रोकाउली, हरियो केराउ, धनिया, केही पाला वा मूलाका सागहरु राखेर पेलेको रस पनि खान सकिन्छ वा उसिनेर वा केही अलि काँचो रुपमा चपाएर खान पनि सकिन्छ । घिउ, तेलमा बनाएको बढी खराब चिल्लो भएको कुनै पनि खानाले शरिरको खाना पचाउने दहन गर्ने शक्ति कमजोर र ढिलो बनाउँछ । वा टुसा उमारेको गेडागुडी र अण्डा पनि खान सकिन्छ ।

– विहान कोठामा केही समय जगिङ गर्ने शरिर टन्किने फुकने एराविक कसरत ५÷१० मिनेट र केही मिनेट अक्सिजन शरिर भित्र भरिने प्राणायामहरु विशेष गरी कपालभाटी र अन्लोम विन्लोम गर्ने । सकिन्छ सजगता होश बढाउने, सकरात्मक सोच, भाव पैदा गराउने ध्यानहरु पनि सिक्ने निरन्तर गर्ने ।

– बिहान उठ्ने र राती सुत्ने बेलामा आफ्नोबारे सकरात्मक सोचहरु गुणहरु सन्देशहरु केही समय सोेच्ने, त्यसका फाइदाहरु, सकरात्मक सोँच ब्यवहारका लागि के गर्नुपर्छ । र सकरात्मक सोँच व्यवहारहरु गरेको सफल सन्तोष स्वास्थ्य आर्जन गरेको कल्पना र भिज्यूलाइजेसन गर्ने पछि मात्रै सुत्ने र विहान उठ्ने गर्ने । यस्ता कुराहरु विद्यालयमा सिकाउनु पर्ने पठन पाठन गराउनु पर्ने विषय हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *