कोरोना कहर पछि बागलुङमा फाइभ ए साइड फुटबल प्रतियोगिता सुरु

आदर्श अनलाइन,बागलुङ
जिल्लाको बांगेचौर खेलमैदानमा ९ महिना लामो कोरोना कहर पछि शुक्रबारदेखि फाइभ ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।

युवा खेलाडी र उत्साही युवाहरु सम्वद्ध पावर फिटनेश क्लबको आयोजनामा भएको प्रतियोगिता आगामी मंसिर १३ गते सम्म चल्नेछ । प्रतियोगितामा १९ समूहको सहभागिता छ ।

प्रतियोगिताको पहिलो दिनको उद्घाटन खेलमा आयोजक पावर फिटनेश क्लब ए र इन्सााइड नेपाल कुश्मा पर्वतले बिजयी सुरुवात गरेका छन् ।

पावर फिटनेश क्लबले नाग्लीबांग फुटबल क्लबलाई पराजित गरेको छ । इन्साइड नेपाललाई पराजित गर्दै कुश्मा फुटबल क्लब बिजयी भएका छन् ।

बिजयी समूहले खसी, मेडल र टर्फी प्राप्त गर्ने आयोजक पावर फिटनेश क्लबका सौगात खड्काले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *