जीवन शाक्य
वि.एम.आई भनेको हाम्रो स्वास्थ्य स्थिती थाहा पाउन । उचाई अनुसार तौल ठीक, सन्तुलित छ छैन वा हामी कतिको मोटोघाटो दुब्लो छौ हिसाव गरि पत्ता लगांउने तरिका हो । शरीर स्वास्थ्य हुनलाई उचाई अनुसार तौल पनि ठीक हुनु पर्छ । धेरै मोटोघाटो हुनु वा दुब्लोपातलो हुनु रोगी विरामी हुने संकेत हो । शहरमा बस्नेहरु करिव २० प्रतिशत मोटो घाटो भईसकेका छन् । नेपालीहरु करिव ३० प्रतिशत होचा छन् । करिव २ प्रतिशत भन्दा बढी फरक क्षमताका हुन सक्छन् । तर दुब्ला पातला केहि कुपोषित ४० प्रतिशत भन्दा बढी छन् । तौल सन्तुलनमा राख्न सकियो भने स्वास्थ्य ठीक रहेको हुन्छ । स्वास्थ्य नै धन हो, सुखद स्थिती हो । यहि अवस्थामा मात्र काम धाम गर्न, कमाई गर्न र सेवा सहयोग गर्न सक्षम हुन्छौ हामी । अस्वस्थ रोगी भएर बाँच्नु जीवनमा असफलता अशान्त तनाव लिएर बाँच्नु सार्थकता हुुँदैन । अत शरीर स्वस्थ राख्न वि.एम.आई पनि सन्तुलनमा हुनु पर्छ ।
सन्तुलित वि.एम.आई वा तौल
शरीरको उचाई मिटरमा जति हुन्छ । त्यसलाई २ ले गुणा गरेर आएको संख्याले शरीरको केजीमा भएको तौललाई भाग गर्दा जति संख्या आउँछ त्यो वि.एम.आई हो । १८ भन्दा कम हुनु कम तौलको कुपोषित र २५ भन्दा बढी हुनुलाई बढी वि.एम.आई वा मोटो घाटो हुनु भनिन्छ । बीचमा भएको प्राय स्वास्थ्यको परिचायक हो । अर्थात स्वामी रामदेवको भाषामा उचाई फिटमा नाप्दा जति इन्च हुन्छ त्यति नै केजी तौल हुनु ठीक वि.एम.आई वा सन्तुलित तौल हुनु हो । तर वि.एम.आई सन्तुलित हुनु मात्रै रोगी नै नहुनु भन्ने नहुन सक्छ । शरिरको तौल ठीक वा बढी भएर पनि शरीरको लागि आवश्यक शुष्म पोषण तत्वहरु भिटामिन या खनिज पदार्थहरुको कमि भएर लक्षण नदेखिने स्वास्थ्य समस्या पनि हुन सक्छ । जस्तै शरीरको तौल ठीक छ तर बढी मादक पदार्थको सेवनले भिटामिन बी को कमी हुन सक्छ । त्यस्तै बढी जन्क फुड खानेहरुको तौल ठिक्क वा बढी भएर पनि स्मरण शक्ति कमजोर हुन सक्छ । शरीरको तौल ठीक वा वि.एम.आई बढी भएर पनि रक्त अल्पता भएको पनि हुन सक्छ ।
तर वि.एम.आई उच्च छ वा धेरै मोटोघाटो छ भने उसलाई विभिन्न नसर्ने रोग लागि सकेको हुन्छ वा पछि लाग्ने हुन्छ । नसर्ने रोग भन्नाले घुडा जोर्नी दुख्नुे बाथ रोग, चिनी रोग, मुटु रोग, कलेजोका रोग, क्यान्सर हुनु, थाइराईड, उच्च रक्तचाप, पक्षाघात हुनु, मृगौलाको रोगी हुनु, पाठेघरमा फाईव्राइड मासु पलाउनु, पत्थरी रोग हुनु वा पुरुषहरुमा प्रोस्टेट बढ्नु सबै नसर्ने रोगहरु हुन ।
अलिकति छिटो हिड्दा, दुई मिनेट उफ्रिदा, एकछिन उकालो चढ्दा स्याँ स्याँ हुन्छ, छाटी दुख्छ वा दुखे जस्तो महशुष हुन्छ वा जोर्नीहरु दुख्ने, काम गर्दा बढी थकित हुनु भनेको मुटुमा जाने रगत नलिहरुमा खराब चिल्लो पदार्थ जमेर पछि हर्ट एटयाक हुने संकेट हो । उस्लाई बराबर टाउको दुख्ने, चक्कर लाग्ने लक्षण पनि हुन सक्छ वा अलिकति ओरालो झर्न पनि कठिन हुन सक्छ । शरीरको खाना पचाउने दहन गर्ने अवस्था mभतबदयष्किm ढिलो ढालो हुन्े बढी चिसो वा थकाई लाग्ने थाईराइड पनि हुन सक्छ वा हुन जाने सम्भावना बढी हुन्छ ।
शरीरको तौल वा वि.एम.आई कमी हुनु भनेको काम गरे अनुसारका खाना खाजा कम खाएर हो । बढी दिर्घ रोग लागेर पखाला वा मानसिक रोग, साथै गर्भवति भएको पहिलो ३ महिनामा खाना खान मन नलाग्ने भएर पनि हुन सक्छ । वि.एम.आई कम वा बढी हुने मान्छेहरुलाई रोग प्रतिरोध शक्ति कम भएर रुघा खोकी टिवी न्युमोनिया, पखाला, टाईफाईड, आदि सरुवा रोगहरु पनि छिटो लाग्ने सम्भावना बढी हुन्छ ।
वि.एम.आई बढी हुनु भनेको व्यायाम प्राणायाम वा शारिरीक परिश्रम कम गर्नु वा ठीक मात्रामा गरेपनि आवश्यकता भन्दा बढी खानपान गरेर बढी मोटाउनु हो । यस्तो अवस्था शहरी मान्छेहरु जो कम व्यायाम, प्राणायाम गर्छन वा गरेपनि धेरै खानपान गर्छन् ।
उनीहरुको बढी हुन्छ । उनीहरुमा रक्सी सेवन सँगै माछामासु वा खानेकुरा बढी खानपिन गर्ने, बट्टे पोके जन्क खाना बढी खाने, चिसो पेय पदार्थहरु खाने, विवाह, पार्टीहरुमा धेरै खाने प्रवृति हुन्छ वा शाकाहारी नै भएपनि बढी खराव चिल्लो पदार्थ भएको तेल, वोसो वा घ्य्ूमा फ्राई गरेको खाना, बढी मसला, नुन वा चिनी भएको खानेकुरा धेरै खाएको हुन्छ र विस्तारै रोग लाग्ने खराब तत्वहरु शरिरमा बढी सञ्चीत भएर रोग निम्त्याउने कार्य भइरहेको हुन्छ र रोग लाग्छ पनि ।
बचावट वा सन्तुलित विएम आईः
– बचावट गर्नु भनेकै, खानपान बारे बुझेर शुरक्षित पोषिलो खानपान गर्नु, बढी चिल्लो भएको भुटेको टारेको, बढी चिनी भएको गुलिया मिठाईहरु, बढी मसला, टेष्ट मेकर जस्ता घातक खनिज पदाथहरु भएको बट्टे पोके चिसो पेय पदार्थहरु जस्मा बढी गुलियो चिनी र अनावश्यक खनिज पदार्थहर बढी हुन्छ तर आवश्यक भिटामिन वा आवश्यक खनिज पदार्थहरुको कमीे हुन्छ नखाएर सफा शुरक्षित पोषिलो खानापन गर्नु हो ।
– बिहान बेलुकी करिब आधा घण्टा सम्म कपालभाटी, अनलोम बिन्लोम र भाष्टिका गरेर फलफुलहरु विहान या बेलुकी खानु काँचो सलादहरु केहि काँचै खान मिल्ने सागहरु खाएर मात्र खाना खानु टुसा उमारिएको गेडागुडीहरु खादा शरिरको सबै पौषण तत्वहरु पुग्ने र शरिरले सजिलै पचाउने भई स्वास्थ्य आर्जन गर्न सकिन्छ । तर सरसफाईमा पनि ध्यान दिनै पर्छ ।
– राम्रो चिल्लो पदार्थ र प्रोटिनको मात्रा पु¥याउन छोकडा, किसमिस, पिष्ता बदाम, बदाम, काजु आदि एकमुठी बिहान भिजाएर अपरान्ह तिर धेरै गेडागुडी वा माछा मासु नखाएको दिनमा वा सट्टामा नाष्ताको रुपमा पनि खान सकिन्छ ।
– फ्रिजमा राखेर घरिघरी तताएर पनि खाने पनि गर्नु हुँदैन । खानाको पौष्टिकता घटने मात्रै होइन, खराब चिल्लो बढी विषजन्य क्यान्सरकारक र इन्सुलिनले रेसिस्टेण्ट हने वा काम नगर्ने सुगर रोग हुन्छ ।
भवतु सब्ब मंगलम ।