जीवनकुमार शाक्य
हाम्रो जस्तो अर्ध अविकसित, अर्ध सामन्ती, अर्ध पूजिवादी पैसाको महत्व बोलवाला बढी भईरहेको समाजमा सामान्यतः अधिक मान्छेको विचार, भावना, व्यवहार नकारात्मक, अशान्त तनावपूर्ण, उदास, दुःख वा कामवासनाको तिव्रता जस्ता नकारात्मक सोचले बढी ग्रसित छ । र काम क्रोध, लोभ, मोह डर, अहंकार, ईष्या, द्धेष, वासना जस्ता कुराहरुले मन आक्रान्त भईरहेको हुन्छ । सामाजिक संस्कारको बोझ एकातिर छ तर हाम्रो आर्थिक, सामाजिक, हैसियत कमजोर भएकोले हामीले धेरै विचार भावना, इच्छा कामनाहरु पुरा गर्न सक्ने अवस्था नभएकाले मन भित्र दबाएर बाँचिरहनु परेको अवस्था छ, । हाम्रा चाहना, कामना लगायत सामान्य गाँस, बास, कपडा जस्ता आवश्यकता पनि पुरा गर्न कठिन परिस्थितिहरुले विभिन्न काम क्रोध, लोभ, मोह, अहंकार, बासना आदिका दबिएका ग्रन्थिहरुले मन शरीरमा गुम्सिएर अपवित्र छ, हामी खुलेर प्रशन्न स्पष्ट रुपमा समाजमा हिँड्डुल गर्न, संघ संस्थामा र सामाजिक कामहरुमा निर्धक्क हात हाल्न नसकिरहेको अवस्था छ ।
हाम्रो मुटुका ढुकढुकीहरु, धड्कनहरु, कम्पन तरंगहरु स्वस्थ, लयवद्ध छैन । श्वासको गति पनि असामान्य छ । जसका कारण हाम्रा विचार भावहरु पनि स्वास्थ्य अनुकूल छैनन् । एकछिन शान्त र स्वीकार अवस्थामा हामीले हाम्रो मन शरीरलाई विना प्रतिक्रिया नियालेर हेर्ने हो भने हाम्रो शरीर भित्र सुरु सुरुमा ज्वालामुखिको रुपमा मुटुको धड्कनहरु एकदम गतिमान रुपमा चलिरहेको हुन्छ । श्वास, विचार भावहरु पनि हामीलाई पनि एकछिन सहन सक्ने अवस्थामा हुँदैन । यस्तो किन ? के कारणले भयो ? मुटुको धड्कन र श्वासको गति, तरंग, कम्पनको दबाब दिमाग, मुटुमा शरीरको भागहरुमा परिरहेको पनि महशुस गर्न सकिन्छ । जहाँ दबाब छ, दुखाई छ, त्यसलाई केहि समय विना प्रतिक्रिया निरीक्षण गरेर स्वीकार पुर्वक हेर्दा विस्तारै गति तरंग धड्कन शान्त, शिथिल हँुदै गईरहेको हामी पाउन सक्छौ । कुनै दिन कुनै समयमा शान्त अवस्थामा बसेर हेर्ने गरौ त । यो भनेकै शरीर मन अस्वस्थ छ, दबिएको छ भन्ने प्रमाण हो । भलै हामी शारीरिक रुपमा बिमार छैनौ तर मनको भाव, श्वास हाम्रो नियन्त्रण भन्दा बाहिर छ । हामीमा होश, चेत, अचेतन वा अर्धचेतन अवस्था छ ।
स्वास्थ्यको परिभाषा अनुसार हाम्रो मन प्रशन्न, सन्तुष्ट काम गर्न जागरुक, उत्सुक बोलीचाली निर्धक्क खुलेर गर्न सक्ने, सवै सँग मिल्न र सम्वन्ध कायम गर्न सक्ने हुनु मानसिक र भावनात्मक स्वास्थ्यको परिचय हो । हामी यस्तो छैनौ, त्यसैले मन र शरीरको सफाई आवश्यक छ भनिएको हो । यो सफाई नुहाएर हुँदैन, केहि दिन केहि महिना विना प्रक्रिया ध्यान गरेर पनि हँुदैन । यसको सरसफाईको लागि एउटा शान्त कोठा, शान्त ठाउँमा कोहि पनि नभएको ठाउँमा मनको दविएको भावहरु वाहिर निकाल्ने गरि मजाले रुनु, रिस, क्रोध निकाल्ने गरि कसैलाई पिट्ने मार्ने गरेको जस्तैः हात खुट्टा मन लाग्दो हिसावले चलाएर केहि समय पिट्नु मार्नु, गुम्स्याउनु, चिच्याउनु कराउनु पर्छ । हाँस्नु नाँच्नु रुनु पनि पर्छ । हामीहरुले कुनै केहि फिल्महरुमा मान्छेहरु पिपलको रुखमा गएर एक्लै कराएको चिच्याएको देखेका छौ होला । यसरी हामी गुम्सिएका भावहरुलाइ बाहिर निकालेर मानसिक रुपमा स्वस्थ हुन सकिन्छ । पहिलाका युगहरु पनि अशान्त मान्छेहरु घर छोडेर जोगी साधु हुनु जंगल पस्नु यसैको कारण हो पनि भनिन्छ ।
हामीले बालिका बलात्कार भएको घटनाहरु सुनेका छौ । कति किशोर किशोरी वा बुढाहरुको पनि बलात्कार भएको घटना सुनेका छौं । हामो शरीरको मुलधार चक्र भन्दा माथि नाभी भन्दा तल एउटा स्वाधिस्थान चक्र छ । त्यो चक्रको विकास नभएका, यौन विलासका भाव विचारहरु पुरा नभएर गुम्सिएका मान्छेहरुको यौन ग्रन्थिहरु दबिएका महिला पुरुषहरुमा यो चक्र विकास भएको हँुदैन । फलतः केहि मौका अलिकति सुरक्षित अवस्था पाउने वित्तिकै यिनीहरु बाघ झै मनस्थितिमा बलात्कार गर्न तयार हुन्छन् । त्यस्तै कसैको नाभिचक्र अर्थात् मणिपूर चक्र विकास नभएर हामी साहसी वीर निर्धक्क बोल्ने अगाडि सर्ने हिम्मत नहुनेहरु पनि हामी धेरै छौ । धेरैको हृदय चक्र अर्थात् दया मायाँ प्रेमको केन्द्र विकास भएकै हुँदैन । जसको कारण मान्छेहरु मर्न मार्न, पिट्न हामी मौका पाउने वित्तिकै अघि सरेका हुन्छौं । ओशो दर्शन अनुसार हामीमा दबिएका विभिन्न विचार भावहरुकै कारण हामी अशुद्ध छौ हाम्रा विचार भावहरु शुद्ध पवित्र छैनन् भन्ने भनाई छ ।
मानसिक शारीरिक सरसफाई
ओशो दर्शन अनुसार ध्यान बस्नु अघि उभिएर भास्तिका केहि मिनेट गरेर शरीरमा अक्सिजनको मात्रा भरिसके पछि मनपरि चल्ने नाँच्ने, चल्ने रुने कराउने चिच्याउने प्रक्रिया अपनाउने गरिन्छ । म पनि उनीहरुको यस्तै कार्यक्रममा सहभागी भएर ध्यान कार्यक्रममा सहभागी भएको छु । यस्तै प्रक्रिया हामीले एकलै ध्यान बस्नु अघि अपनाउन पनि सक्छौ । योगा व्यायाम प्रणायाम निर्धक्क गर्दा पनि शरीरमा गुम्सिएका केही भावहरु निस्केका हुन्छन् । तर भित्र भित्रै दबिएका डर, त्रास, यौन वासना, पुरा नभएका नाँच्ने हाँस्ने रुने भावहरु निकाल्न सक्छौ कोठामा एक्लै वसेर । ध्यान यस्तै प्रक्रिया अपनाइसके पछि मात्र बस्दा बढी फलदायी हुन्छ भनिन्छ । शुरुका जंगली युगहरु, बुद्ध कालिन समयमा मान्छेहरु खुलेर निर्धक्क बोल्ने ब्यवहार गर्ने अवस्था भएकोले यस्तो प्रकिया अपनाउनु पर्ने बारे कूनै सन्त बुद्धहरुले कतै सन्देश दिनु भएको देखिदैन । तर, ओशो रनजिशले “सम्भोगबाट समाधि सम्म“ भन्ने पुस्तकनै लेख्नु भएको छ । संगै मन, दिमाग र शरीरका दबिएका भावहरु र ग्रन्थीहरुलाई थप सजग सक्रिय बनाउन विहान उठ्ने र राती सुत्ने बेलामा सकारात्मक सन्देशहरु दिने र सकारात्मक, सफल सन्तोषपूर्ण सन्देश व्यवहारहरु गर्न सकेको कल्पना भिज्यूलाइजेसन गर्ने गरेमा पनि दिमागको सफाई हुन्छ ।